दृष्टि धमिलिनु (Blurry Vision)

संपरीक्षक दिनेश धरेल

परिचय :

 

दृष्टि को तीक्ष्णता मा कमी हुँदै जानु र सबै कुरा स्पष्ट सँग देख्न नसक्नु लाई दृष्टि धमिलिनु भनिन्छ आँखा का संरचनाहरू- लेन्स, (नानी), cornea (पुतली), पारदर्शक तरल पदार्थ, दृष्टिपटल, स्नायुहरू मांसपेशीहरू जसको सामूहिक क्रिया द्वारा हामीले कुनै पनि वस्तु देख्दछौं, ती मध्ये कुनै मा पनि खराबी भएमा दृष्टि मा समस्या आउँछ । यद्यपि आँखा देखि बाहेक का संरचना मा हुने समस्या मा पनि दृष्टि धमिलो हुन सक्दछ जस्तैः माइग्रेन मस्तिष्काघात धमिलो दृष्टि भएको अवस्था मा टाउको दुख्ने, आँखा दुख्ने, सुख्खापना, चिलाउने, प्रकाश सहन नसक्ने, अत्यधिक आँसु बग्ने हुँदै गएर पूरै  दृष्टि गुम्ने हुन सक्दछ यस्तो अवस्था मा एउटा मात्र वा दुवै आँखा मा असर पर्न सक्छ कतिपय लक्षणहरू अन्तर्निहित अवस्थानुसार हानिरहित  पनि हुन  सक्दछन्

 

सामान्य कारणहरू :

आँखा को दृष्टि धमिलो हुनुका पछाडी आँखा को कुन भाग को संग्लनता छ त्यो अनुसार मुख्य कारण पत्ता लगाउन सकिन्छ-

. आँखा को लेन्स (नानी) मा समस्या : एसलाई परावर्तन सम्बन्धी त्रुटि भनिन्छ

() अदूरदर्शिता (नियरसाइटेडनेस) : टाढा को बस्तु स्पष्टसँग हेर्न नसक्ने । जस्तो कि टिभी हेर्न, सवारी साधन हाँक्न गाह्रो हुनु ।

() सामान्य दृष्टिदोष (प्रेसबायोपिया) : आँखा को केन्द्र मा लचिलोपन कमी का कारण ले टाढा को कुरा राम्रोसँग नदेख्नु, जुन बुढ्यौली उमेर मा हुन्छ

() दूरदर्शिता (फारसाइटेडनेस) : नजीक का वस्तुहरू स्ष्पट संग हेर्न नसक्ने अवस्था जस्तैः किताब पढ्नु, कम्प्यूटर चलाउन गाह्रो हुनु आदि

() मोतीबिन्दु : आँखा को लेन्स लाई ढाक्नु साधारणतया यो बुढ्यौली उमेर मा हुन्छ तर अन्य रोगहरू ले गर्दा यो कम उमेर मा पनि हुन सक्दछ

. आँखा को  पुतली (कर्निया) को समस्याः

() दृष्टिदोष (एस्टिग्मेटिज्म): कुनै पनि दूरी मा स्पष्ट सँग देख्न नसक्ने अवस्था । यसो हुनाका कारण आँखा को पुतली को आकार समान नहुनु हो आँखा को नानी को आकार असामान्य भएमा पनि एस प्रकार को दृष्टिदोष हुन सक्दछ जसलाई आँखा को केन्द्र (लेन्स) सम्बन्धी दृष्टिदोष भनिन्छ जुन आँखा को पुतली को दृष्टिदोष भन्दा सामान्यतयाः कम हुन्छ

() आँखा को पुतली ढकनीहरू को सूजन (आँखा को पुतली को चिपचिपे झिल्ली को रोग)। कर्निया मा चोट लागेमा वा सुन्निएमा त्याे दृष्टि को लागि खतरनाक हुन सक्दछ

() नेत्रश्लेष्म को त्रिभुजाकार मोटाई (टेरिजियम्) जसले आँखा को पुतली मा अतिक्रमण गर्न सक्दछ

 

. दृष्टिपटल (रेटिना) का रोगहरूः

() धब्बायुक्त अपकर्षः उमेरसँग सम्बन्धित परिवर्तनहरू

() मधुमेह सम्बन्धी दृष्टिपटल को रोगः अनियन्त्रित मधुमेह बाट क्षति भएको

() नेत्रपटल छुट्टिनुः आपत्कालीन

() नेत्रपटल को नसा छुट्टिनुः आपत्कालीन

() नेत्रपटल को धमनी छुट्टिनुः आपत्कालीन

 

. आँखा को गेडी भित्र रहने पारदर्शक तरल पदार्थ (भाइट्रस फ्लूड) को समस्या : चोटपटक वा डी.एम. बाट रक्तस्राव हुनु

. आँखा को मांसपेशी मा समस्या : जसले प्रायः जसो दोहोरो दृष्टि उत्पन्न गर्दछ

. स्नायु मस्तिष्क को समस्या :  माइग्रेन (अर्द्धकपाली) आघात

. अन्य कारणहरूः

(क) औषधी को दुष्प्रभाव जस्तैः एण्टिहिस्टामाइन्स (एलर्जी मा प्रयोग हुने), एण्टिकोलीनेर्जिक्स् (संवेदना अवरोधक)

(ख) गर्भावस्थाः गर्भावस्था मा हुने हर्मोन को परिवर्तन ले पनि आँखा को पुतली को आकार वाक्लोपना मा घटबढ भई धमिलो दृष्टि हुन सक्दछ

(ग) आँखा मा लाउने कुनै कुनै औषधी को थोपाः

(घ) संवेदना अवरोधक (एट्रोपिन), उच्चरक्तचाप प्रतिरोधक, नशालु औषधि, कर्टिसन (एक प्रकार को हर्मोन) गर्भनिरोधक गोली को प्रयोग  

(ङ) परावर्तनीय त्रुटिहरू को शल्यक्रियाः परावर्तनीय त्रुटिहरू को शल्यक्रिया लगत्तै धमिलो दृष्टि हुन सक्दछ जस्तै लासिक (दृष्टि दोष वा टाढाको दृष्टि वा नजीक को दृष्टिका लागि लेजर प्रयोग गरी गरिने शल्यक्रिया विधि)

(च) फाल्नु पर्ने कन्ट्याक्ट लेन्स नफाली तोकिए भन्दा बढी समय सम्म प्रयोग गरेमा धमिलो दृष्टि हुन सक्दछ

(छ) अत्यधिक मात्रा मा भिटामिन लिएमा पनि अस्थायी रूपमा दृष्टि धमिलो हुन सक्दछ । हुनत: सामान्यतया भिटामिन ए को कमी भएमा दृष्टि मा कमी अाउने हुन्छ ।

 

चिकित्सक लाई  कहिले  भेट्ने ?

यदि पटकपटक धमिलो दृष्टि भएमा र धमिलो दृष्टि सँगै निम्न समस्याहरू भएमा अबिलम्ब आँखा को चिकित्सक सँग परामर्श लिनुपर्दछः

  • आँखा रातो भएमा
  • दोहोरो दृष्टि
  • प्रकाशका झिल्काहरु देखिएमा
  • आँखा दुखेमा
  • दैनिक क्रियाकलापहरू मा विशेष अवरोध भएमा
  • पुरानो विकार/गडबडी ले पनि दृष्टिपटलमा विकृति ल्याउन सक्दछ (मधुमेह, उच्च रक्तचाप, रक्त अल्पता ।)

 

उपचार का  विकल्प :

स्नेलेन चार्ट, स्लिट ल्याम्प परीक्षण, टोनोमेट्री, परावर्तन जाँच अन्य सम्बन्धित जाँच परीक्षणद्वारा आँखा को विस्तृत अध्ययन मार्फत् नेत्र चिकित्सक ले धमिलो दृष्टि को कारण पत्ता लगाउँछन् तेसपछि कारण अनुसार उपचार गरिन्छ

. जीवाणुजन्य चिपचिपे झिल्ली का कारण धमिलो दृष्टि भएमा आँखा मा राख्ने एन्टिबायोटिक थोपा

. आँखा को पुतली को संक्रमण द्वारा आँखा को पुतली मा अल्सर भएमा आँखा मा खसाल्ने एण्टिभाइरल थोपा

. कृत्रिम आँशु द्वारा आँखा को सुख्खापन को उपचार

. सही लेन्स (चश्मा, कन्ट्याक्ट लेन्स) वा शल्यक्रिया द्वारा परावर्तनीय त्रुटिहरू को उपचार

. मोतीबिन्दु को शल्यक्रियाः नयाँ लेन्स द्वारा पुरानो लेन्स विस्थापन।

. भिटामिन ए को कमी भएमा भिटामिन ए को अौषधि खानु तर अत्यधिक मात्रा नलिनु

. चिकित्सक ले सुझाएको समयावधि सम्म मात्र डिस्पोजेवल लेन्स प्रयोग

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper