टाउको दुखाई (Headache)

संपरीक्षक दिनेश धरेल

परिचय

गर्दन देखि माथी टाउका को कुनै पनि भागमा महसूस गरिने दुखाई लाई टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसूस हुदैन तर वरिपरि का संरचनाहरू जस्तैः मस्तिष्क को आवरण, धमनी मांसपेशीहरू  पीडा सँग संवेदनशील हुन्छन् तेसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु सूजन वा उद्वेजनाका कारणले दुखनु हो । टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिम को हुन सक्दछ यो टाउका को एकापट्टि वा दुवैपट्टि तथा अगाडी वा पछाडी को भागमा हुन सक्दछ

टाउको दुखाई प्राथमिक वा अन्य राेग का कारण (Secondary)  हुन सक्दछन्

प्राथमिक टाउको दुखाई पीडाबोधक स्थानहरूको अति सक्रियता बाट हुन्छ यसमा अन्तर्निहित संरचनागत समस्या हुँदैन उदाहरणका लागि माइग्रेनबाट हुने टाउको दुखाई, तनावबाट हुने टाउको दुखाई टाउको को एकातिर एक्कासी शुरु हुने दुखाई लाई लिन सकिन्छ ।

माध्यमिक टाउको दुखाई कुनै रोगको कारण बाट हुन्छ जसले मस्तिष्क आवरण वा धमनीमा सूजन पैदा गर्दछ टाउको दुखेको अनुभूति गरिन्छ जस्तो कि मेनिन्जाइटिस, इन्सेफ्लाइटिस बाट हुने टाउको दुखाई ।  यस समूह अन्तर्गत वरिपरिका संरचनाहरू बाट सरी आएको दुखाई, अत्यधिक औषधी सेवन (प्रतिक्रियात्मक प्रभाव) द्वारा हुने टाउको दुखाई पीडा समेत पर्दछ

 

टाउको दुखाई का प्रकार/कारणहरु

प्राथमिक टाउको दुखाई :

. तनाब बाट हुने टाउको दुखाईः प्राथमिक टाउको दुखाई को यो समस्या आम रूपमा देखिएको छ यद्यपि तनाव बाट हुने टाउको दुखाई को ठोस कारण थाहा पाइएको छैन तथापि भावनात्मक तनाव बाट टाउको गर्दन को भाग मा हुने मांसपेशीहरू को तन्काई बाट यो हुन सक्ने मानिएको छ तनाव पीडाको बढ्दो ग्रहण क्षमताको रूपमा तनाव टाउको दुखाई को संलग्नता लाई व्याख्या गरिन्छ जुन सामान्यतयाः फैलिने हुँदैन यसलाई टाउको गर्दन को पछाडी महसुस गर्न सकिन्छ मस्तिष्क, गर्दन काँधका मांसपेशीहरू छुँदा कोमल हुन सक्दछ शारीरिक क्रियाकलाप ले तनाव बाट हुने टाउको दुखाई बढ्ने हुँदैन वाकवाकी बान्ता र उज्यालाे मा हेर्दा गारो हुने (फोटोफोबिया) सँग पनि सम्बन्धित हुँदैन जसले यसलाई माइग्रेन बाट छुट्याउँछ तनाब बाट हुने टाउको दुखाई प्रासंगिक वा पुरानो हुन सक्दछ

. माइग्रेनः यो प्राथमिक टाउको दुखाई को आम रूप मा अत्यधिक पाइने  दोश्रो समस्या हो यो दुखाई सामान्यतयाः सहन सकिने देखि कडा किसिम सम्म को हुन्छ एसलाई निष्क्रिय पार्न पनि सकिन्छ यसको विशेषता वाकवाकी बान्तासँगै एकतर्फी रूपमा टन्किरहने टाउको दुखाई हो यो प्रकाश आवाजमा अत्यन्त संवेदनशील हुन्छ यसको लक्षण केही घण्टासम्म वा दिनसम्म रहन्छ कसैकसैले पीडा हुनु भन्दा अघिको पूर्वाभाष जस्तै चेतावनीयुक्त लक्षण अनुभव गर्दछन् जसलाई औरा भनिन्छ । यो सामान्यतयाः महिला मा बढी हुन्छ र वंशानुगत रुप मा परिवार मा  सर्न सक्दछ ठ्याक्कै कारण थाहा नभएता पनि जन्मजात वा वातावरणीय तत्वहरू एसका कारक हुन सक्दछन् मस्तिस्क को रसायन  सेरोटोनीन ले एसमा भूमिका खेल्ने मानिएको छ

. क्लस्टर  टाउको दुखाईः यो अत्यन्त कम हुने तर टाउको दुखाई को गम्भीर अवस्था हो यो टाउका को आधा भाग (अर्द्धकपाली) आँखाको पछाडी पट्टी समूहगत रूपमा हुन्छ हप्तौं महिनौ सम्म पनि रहिरहन सक्दछ दुखाई यति घनिभूत हुन्छ कि दुखाईको बेला नचलीकन स्थिर भएर विरामी बस्न सक्दैन पीडा  (मुख्य रूपले टाउको को एकापट्टि)  हुने बेलामा नाक टालिने वा नाक बाट तपतप पानी बग्ने, आँखा रातो हुने लक्षण देखा पर्दछ। यस्तो प्रकार को टाउको दुःखाईको कारण थाहा पाउन सकिएको छैन तर घुम्रपान कारक  तत्व मादकपदार्थ तेसलाई उक्साउने पदार्थका रूपमा सोचिएको छ

 

माध्यमिक (secondary)  टाउको दुखाई :

. मस्तिष्क मा हुने संक्रमण (इन्सेफेलाइटिस), यसको आवरणमा हुने संक्रमण (मेनिन्जाइटिस), मस्तिष्क को घाउ, स्नायु कोषमा हुने संक्रमण (बंगुरबाट हुने फित्ते जुका)

. मस्तिष्क को ट्यूमर

. आघात  वा मस्तिष्काघात

. मस्तिष्क को आवरण बीच को ठाउँको रक्तश्राव

. उपल्लो श्वासप्रश्वास प्रणाली को संक्रमणः जस्तैः पिनास

. आँखा का समस्याहरू जस्तैः मोतियाविन्दु, परावर्तित त्रुटीहरू

. औषधीजन्य कारणहरूः नाइट्रेट्स,निफेडीपाइन

. मस्तिष्क मा चोटपटक

. उच्च रक्तचापसम्बन्धी आपतकालीन अवस्था

१० रक्तवाहिनी को सूजनः कञ्चटको धमनी (वृहत् कोषिका धमनी)

११. प्रारम्भिक रक्तश्राव युक्त उच्च रक्तचाप

१२. मनोरोग को अवस्थाः चिन्ता, तनावयुक्त अवस्था

१३. शरीर सम्बन्धी कुनै गम्भीर रोग वा लक्षण (जस्तै ज्वरो) ले पनि टाउको दुख्न सक्दछ

 

चिकित्सक लाई  कहिले भेट्ने ?

टाउको दुखाई सँगै निम्न लक्षणहरू देखिएमा चिकित्सकीय  परामर्श लिनु पर्दछ

  • मूर्छा पर्नु, अलमलिनु, बोल्न गाह्रो हुनु
  • अकस्मात हुने गम्भीर टाउको दुखाई वा पूर्व टाउको दुखाई को अवस्था मा परिवर्तन
  • केन्द्रित हुन नसक्नु वा दैनिक क्रियाकलाप गर्न नसक्नु
  • उच्च ज्वरो जस्तैः १०२ डिग्री फरेनहाइट भन्दा माथी
  • पाखुरा, खुट्टा वा अनुहारमा कमजोरी वा पक्षघात
  • घाँटीको अरर्रोपना
  • गर्भावस्था
  • मस्तिष्कको चोटपटक
  • दृष्टि क्षय
  • ज्वरोसँगै वा ज्वरो बिना वान्ता हुनु
  • शरीर सम्बन्धी रोगसँगै टाउको दुखाई जस्तैः क्यान्सर, एच.आई.भी. वा औषधीको सेवन जसले प्रतिरोधक प्रणालीलाई दवाउँछ (स्टेरोइडस, एण्टिक्यान्सर)

 

उपचार का विकल्प

निदान का लागि टाउका को सीटी स्क्यान वा मस्तिष्क को एम.आर.आई. वा लम्बर पंक्चर (मेरूदण्ड मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षण का लागि) सँगै शारीरिक परीक्षण विगतका कुराहरू को जानकारी को आवश्यकता पर्दछ विशेषज्ञ (स्नायुविज्ञ, आँखा विशेषज्ञ) कहाँ पठाउनु पर्ने पनि हुन सक्छ

माइग्रेन द्वारा हुने टाउको दुखाई को उपचार निम्नानुसार गरिन्छ-

  • एनाल्जेसिक्स पारासिटामोल वा इवुप्रोफेन वा न्याप्रोक्सेन को प्रयोग माइग्रेन मा टाउकाे दुखेकाे कम गर्न का लागि गरिन्छ
  • माइग्रेन बाट हुने गम्भीर टाउको दुखाई का लागि ट्रिप्टान्स (सुमाट्रीप्टन) लाई विशिष्ट औषधीको रूपमा हेरिन्छ
  • कडा माइग्रेन का लागि सुईद्वारा एण्टिएमाटिक्स को प्रयोग सहायक उपचार को रूपमा गर्न सकिन्छ
  • माइग्रेन को रोकथामः उत्तेजक पदार्थ (अत्यधिक चिया, कफी, रक्सी) सेवन नगर्ने, जीवनशैली मा परिवर्तन (स्वस्थकर सुताई), टीभी, कम्प्यूटर, चलचित्र जस्ता स्क्रीन को प्रकाश बाट बच्ने औषधीहरू को सेवन (रक्तचाप कम गर्ने औषधी, क्याल्सियम आयोन लाई मांसपेशीमा जाने कार्य मा ढिलो बनाएर आफ्नो काम गर्ने औषधी, काम गर्न कमजोर तथा शिक्षिल हुने अवस्था विरूद्ध प्रयोग गरिने औषधि वा रिंगटा लाग्न रोक्ने औषधि

तनाव बाट हुने टाउको दुखाई को उपचार निम्नानुसार गरिन्छ-

  • पारासिटामोल, इबुप्रोफेन वा न्याप्रोक्सेन द्वारा कडा टाउकाे दुखेकाे कम गर्ने
  • निवारक उपचारः अवसाद प्रतिरोधक ट्राइसाइक्लिक (एमिट्रिपटाइलिन) वा कम्पन प्रतिरोधक    (गाबापेन्टिन)

 

क्लस्टर (Cluster) टाउको दुखाई उपचार निम्नानुसार गरिन्छ-

  • शत प्रतिशत अक्सिजन सुमाट्रिप्टन (छाला मुनी सुई का रूपमा) प्रथम चरणका उपचार हुन्
  • निवारक उपचारः एसका लागि भेरापामिल राम्रो औषधी हो

 

अन्य राेग का कारण हुने टाउको दुखाई को उपचार सम्बन्धित  रोग अनुसार गरिन्छ जस्तैः ब्याक्टेरीया बाट हुने मेनिन्जाइटिस पिनास का लागि एन्टिबायोटिक उच्च रक्तचाप का लागि रक्तचाप नियन्त्रण, मस्तिष्क मा जमेको पीप वा टयूमरका लागि शल्यक्रिया

 

सामान्य उपचारः

  • पर्याप्त मात्रा मा पानी   पर्याप्त आराम
  • चिन्ता, मदिरापान, सूर्ति सेवन वा निषेधित औषधी नलिने/प्रयोग नगर्ने
  • दुखाई कम गर्ने औषधीहरू को अत्यधिक प्रयोग नगर्ने

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper