आँखा रातो हुनु (Red Eye)
परिचय :
आँखा को सेतो भाग रातो भएमा यसलाई आँखा रातो भएको मानिन्छ । सामान्यतयाः स्थानीय रक्त वाहिनी नलीहरू को संक्रमण वा सूजन भई यो अवस्था हुन्छ । आँखा को कुनै ठाउँ विशेष को विकृति को अभिव्यक्ति को वा सम्पूर्ण शरीरसँग सम्बन्धित रोगको संकेतको रुपमा आँखा रातो हुन सक्दछ । चिलाउने, आँखाका परेला सुन्निने, दुख्ने, बग्ने, आँखा को जलन वा दृष्टि सम्बन्धी व्यवधान सँगै आँखा रातो हुन सक्दछ । यसले एउटा मात्र वा दुबै आँखा मा असर पार्न सक्दछ । यो सामान्य अवस्था हो र सँधै जसो गम्भीर हुँदैन । यद्यपी तुरून्त उपचार नगराए केही कारणहरू ले दृष्टि मा असर पार्न सक्दछन् ।
सामान्य कारणहरू :
- आँखा पाक्ने रोग: सूक्ष्म जीवाणु वा विषाणु द्वारा उत्पन्न संक्रमण को अवस्था वा एलर्जी पैदा गर्ने तत्त्व द्वारा आँखा लाई चारैतिर घेरेर राखेको श्लेष्मिक झिल्ली रातो हुन्छ। एसका लक्षणहरू मा आँखा मा अप्ठेरो महसूस हुनु, उज्यालो मा हेर्न गारो हुनु, आँखा को ढकनी चिपचिपे हुनु र पीप निस्कनु आदि पर्दछन् ।
- आँखा सुख्खा भएर : आँशु को अपर्याप्त निर्माण द्वारा हुने आँखा को सुख्खापन ।
- चोटपटकसँग सम्बन्धितः आँखा को झिल्ली मुनि हुने रक्तश्राव (आँखा मा भएको घातक चोट पछि हुने खप्पर टूटेको वा भाँचिएको) वा आँखा को झिल्ली वा नेत्रपटल मा वाह्य पदार्थ ले चोट पुर्याएर ।
- आँखाको श्वेतपटल र आँखाको गेडीको सूजनः श्वेतपटलमा वा नेत्रश्लेष्म मुनि हुने रक्तनलीहरु मा असर गर्ने रोगहरु ले आँखा रातो हुन सक्छ ।
- नेत्रपटल को सूजन र अल्सरः यो सुक्ष्म जीवाणुहरू (हर्पिस नामक विषाणु), चोटपटक (कन्ट्याक्ट लेन्स समेत), वा रसायनिक जलन बाट हुन्छ ।
- मोतीबिन्दुः आँखाको लेन्स र कोर्निया बीच हुने अत्यधिक चाप तथा आँखाको पुतली बीचको सामुन्नेको ठाउँ भर्ने सफा तरल पदार्थको अपर्याप्त विकासले हुने आँखाको भित्री भागमा बढ्दो दबाब । कडा मोतीबिन्दु आँखाको आपतकालीन अवस्था हो र तुरून्तै उपचार नगरिए अन्धोपन हुन सक्दछ ।
- आँखाको बीचको वर्णकयुक्त पत्रको सूजनः आँखाको नानी, नेत्रपटलको अगाडीको मोटो भाग र रक्तपटल समेतको आँखाको नानीको बाहिरी झिल्लीको सूजन ।
- यूभीटिस: आँखाको भित्री भागमा हुने संक्रमण वा चोट को असर ।
- आँखाभित्र हुने कडा संक्रमण : इन्डोफ्थलमिटिस
- आँखाको परेलामा हुने रोगः आँखाको परेलाको किनारा सुन्निने, आँखाको परेला बाहिर निस्कने वा भित्र पस्ने ।
- सम्पूर्ण शरीरलाई प्रभाव पार्ने रोगः बाथजन्य रोग, जोग्रीन सिन्ड्रोम र अन्य स्वप्रतिरोधक अवस्थाले पनि आँखा रातो हुन सक्दछ ।
- वातावरणीय प्रदूषणः धूलो, सवारीसाधनबाट निस्कने फोहोर, स्विमिङ्गपुलमा हुने क्लोरीनको सम्पर्कमा आएमा ।
- मादक पदार्थ/लागु पदार्थ सेवनः अत्याधिक मदिरापान, लागू औषधि सेवन ले पनि आँखा रातो हुन्छ
चिकित्सक लाई कहिले भेट्ने ?
रातो आखाँ सँगै निम्न लक्षणहरू देखिएमा तुरून्त चिकित्सक को सहयोग लिनु पर्दछ ।
- दृष्टि गुमेमा
- आँखा दुखेमा
- चोटपटक सँग सम्बन्धित वा आँखा मा बाह्य पदार्थ परेको भएमा
- आँखा को शल्यक्रिया भएको भए वा मोतीबिन्दु जस्तो रोग भएमा
- कन्ट्याक्ट लेन्स प्रयोग गरेमा
- गम्भीर टाउको दुखाई भएमा
- आँखा खोल्न गाह्रो भएमा/अत्यधिक पीप निस्केमा
- लिङ्ग वा योनी बाट पनि स्राब भएमा
- रोग प्रतिरोधक क्षमता कम भएमा
- नवजात शिशु भएमा
उपचार को विकल्प :
बिरामीको वृतान्त सुनेर र शारीरिक परीक्षण गरेर आँखा रातो भएको धेरै जसो अवस्था पहिचान गर्न सकिन्छ। धेरै गम्भीर र निदान नभएका अवस्थामा आँखा विशेषज्ञको आवश्यकता पर्दछ । विशेष खालको ल्याम्प मा आँखा को परीक्षण, नेत्रकोषदर्शी द्वारा आँखा को अग्रकोश को कोण को परीक्षण (गोनिओस्कोपी), नेत्रगोल को भित्र को कालो भाग को परीक्षण (फन्डस्कोपी), चाप मापन (टोनोमेट्री) आँखा को परीक्षण गर्ने विशिष्ट प्रविधिहरू हुन् ।
- ब्याक्टेरिया को संक्रमण ले गर्दा आँखा रातो भएमा एन्टिबायोटिक्स नेत्र थोपा (एन्टिबायोटिक आई ड्रप) द्वारा गरिन्छ । ७ देखि १४ दिनभित्र आफै निको हुने भाइरस का कारण आँखा रातो हुने समस्या का लागि कुनै विशेष उपचार चाहिदैन।
- एलर्जीजन्य र वातावरणीय प्रदूषणबाट बच्नुपर्दछ ।
- सुख्खा आँखा को उपचार आँशु जस्तै हुने लुब्रिकेन्ट आई ड्रप पटक पटक आँखा मा राखेर गर्न सकिन्छ ।
- संक्रमण बाट हुने कोर्निया को अल्सर को उपचार उपयुक्त एन्टिबायोटिक्स औषधि बाट गरिन्छ । यो जोखिमपूर्ण अवस्था भएकाले आँखा को विशेषज्ञ लाई देखाएर थप औषधि पनि लगाउनु पर्छ ।
- आँखा भित्र को दबाब कम गर्न जलविन्दु को उपचार नेत्रथोपा बाट गरिन्छ । केही अवस्था मा शल्यक्रिया गर्नु पर्दछ ।
- सम्पूर्ण शरीर को कुनै रोग सँग रातो आँखा को सम्बन्ध भएमा सम्बन्धित रोग को विशेषज्ञ को परामर्श मा आँखा विशेषज्ञ ले व्यवस्थापन गर्नुपर्दछ ।
- माथिल्लो श्वासप्रश्वास प्रणाली को संक्रमण सँग सम्बन्धित आँखा रातो हुने समस्या संक्रमण रोकिनु सँगै निको हुन्छ ।
- गर्भावस्था मा भएको रातो आँखा शिशु को जन्म पश्चात हर्मोनको स्थिरतासँगै निको हुन्छ ।
- पौडी खेल्दा पौडी खेल्ने चस्मा लाउनु पर्दछ ।
- आँखा रातो हुनुको सम्बन्ध कुनै पदार्थ सँग भएमा सो पदार्थ को निर्विषीकरण द्वारा उपचार गरिन्छ।
Send us your feedback on this article