हाइड्रोसिल (Hydrocele)

संपरीक्षक डा. परिमल कोइराला, MD

     

    परिचय :

    दुइटा साँप्रा का बीच मा झुण्डिएको थैलो लाई नेपाली मा अण्डाशय र अंग्रेजी मा scrotum भनिन्छ । यही अण्डाशय भित्र दुई तिर दुइटा डल्लाहरु हुन्छन् जसलाई हामी अण्डकोष भन्छौं । इनलाई अंग्रेजी मा testicles भनिन्छ । अण्डकोष पुरुष को प्रजनन ग्रन्थी हो । एसले शुक्रकीट बनाउने तथा हर्मोन को उत्पादन गर्ने काम गर्दछ । यही अण्डकोष कहिलेकाहीं पानी भरिएर सुन्निन्छ र अण्डाशय सामान्य भन्दा ठूलो देखिन्छ जसलाई हामी हाइड्रोसिल भएको भन्छौं । यो पुरुष लाई मात्र हुने समस्या हो । जुन अण्डहरु तल झुण्डिएका देख्छौं ती गर्भावस्था को सातौं महिना भन्दा अगाडी अण्डाशय भन्दा माथी पेट को तल्लो भाग मा रहेका हुन्छन् । गर्भको सातौं महिना मा ती तल अण्डाशय मा झर्छन् । तेसरी झर्दा बनेको पेरिटोनियम नाम को एक किसिम को पत्र अण्डकोष र केही पानी सँगै तल झर्दछ । एसरी तल झर्दा बनेको प्वाल पछि बिस्तारै बन्द भएर जान्छ । पेरिटोनियम भित्र को पानी पनि सोषिएर सकिन्छ । तर कहिलेकाहीं यही प्वाल बाट पानी झर्ने र अण्डकोष मा पानी भरिने समस्या देखा पर्न सक्छ । यो बच्चाहरु मा बढ्ता देखिने समस्या हो । दश प्रतिशत बच्चाहरु जन्मँदै अण्डाशय मा केही पानी लिएर जन्मन्छन् । तिनीहरु मा यो कुनै ठूलो समस्या होइन । त्यो बिस्तारै सुक्दै जान्छ र आफसेआफ निको हुन्छ । तर अल्लि ठूलो भए पछि बाल्यावस्था मै अण्डाशय मा पानी जम्यो भने उपचार गर्नुपर्ने पनि हुन सक्छ । कतिपय लाई ४० वर्ष पछि हाइड्रोसिल को समस्या देखिने गरेको छ ।

    हाइड्रोसिल दुई प्रकारका हुन्छन् –

    • कम्यूनिकेटिङ, Communicating : अण्डकोष तल झर्दा बनेको प्वाल राम्ररी बन्द नभएको अवस्था मा माथी बाट पानी चुहेर हुने हाइड्रोसिल लाई कम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ ।
    • ननकम्यूनिकेटिङ, Non-communicating : अण्डकोष तल झर्दा बनेको प्वाल बन्द भए पनि पेरिटोनियम पत्र भित्र पानी जमेर हुने समस्या लाई ननकम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ।

     

    कारण :

    अण्डकोष सुन्निने सबै कारणहरु हाइड्रोसिल होइनन् । हाइड्रोसिल बाहेक अण्डकोष संक्रमण, हर्निया, ट्यूमर, चोटपटक, भ्यारिकोसिल, हात्तीपाइले आदि अनेक कारणहरु अण्डकोष सुन्निनु सँग जिम्मेवार हुने गर्छन् । अण्डकोष सुन्निनु का विभिन्न कारण मध्ये हाइड्रोसिल सबैभन्दा सामान्य कारण हो । यो अरु कारणहरु जस्तो गम्भीर समस्या होइन । पुरुषहरु ले कुनै न कुनै समय मा हाइड्रोसिल का कारण अण्डकोष सुन्निएको महसूस गरेका हुन सक्छन् । हाइड्रोसिल हुनुका कारणहरु निम्न छन् –

    • बच्चाहरु मा हाइड्रोसिल हुने मुख्य कारण भनेकै अण्डकोष पेट बाट तल झरेको प्वाल पुनः खुलेर वा राम्ररी बन्द नभएर त्यहाँबाट पानी चुहुनु हो । यसलाई Congenital Hydrocele भनिन्छ ।
    • वयस्क मा वा अन्य उमेर समूह का पुरुषहरु मा पनि बच्चाहरु मा जस्तै पेरिटोनियम पत्र भित्र पानी जम्नाले हाइड्रोसिल हुने गर्दछ ।

    लक्षण :

    एसको मुख्य लक्षण भनेकै दुवै तर्फ वा एकातर्फ को अण्डकोष सुन्निएर अण्डाशय ठूलो र पोटिलो देखिनु हो । हाइड्रोसिल का कारण सुन्निएको अण्डकोष ले गर्दा हिँडडुल गर्न सामान्य अपठेरो महसूस भए पनि यो दुख्ने वा टन्कने गर्दैन । छुँदा वा चलाउँदा पनि सामान्य अवस्था मा जस्तै कुनै पीडा दिँदैन । बढी ठूलो भयो भने हिंडडुल गर्दा अण्डकोष गह्रौं भए जस्तो आभास हुन्छ ।

    यदि कम्यूनिकेटिङ प्रकार को हाइड्रोसिल रहेछ भने अण्डकोष लाई अँठ्याउँदा पानी पेट तिर सर्छ र केही समय का लागि आकार घट्न जान्छ । तेसैगरी एस प्रकार को हाइड्रोसिल दिउँसो मा केही ठूलो हुने साँझ मा घट्ने गर्दछ । तर नन कम्यूनिकेटिङ प्रकार को हाइड्रोसिल दिनभरि नै समान आकार को रहन्छ ।

    हाइड्रोसिल को निदान :

    डाक्टर ले सुन्निएको अण्डकोष लाई राम्ररी हेर्ने छन् र हलुका थिच्दा दुख्ने नदुख्ने पत्ता लगाउने छन् । टर्च बालेर हेर्दा प्रकाश को केही भाग वारपार भए नभएको पनि हेरेर केबल हाइड्रोसिल हो वा अन्य समस्या हो निदान गर्ने छन् । हर्निया वा ट्यूमर का कारण पो अण्डकोष सुन्निएको हो कि भन्ने शंका निवारण का लागि रक्त परीक्षण तथा अल्ट्रासाउण्ड गरेर हेर्न सक्ने छन् ।

     

    हाइड्रोसिल को उपचार :

    यदि भर्खरै जन्मेको बच्चा मा हाइड्रोसिल को समस्या भएको हो भने र यो सामान्य किसिम को छ भने वर्ष दिन सम्म मा यो विस्तारै हराएर जान्छ । तर यदि यो समस्या वयस्क पुरुषहरु मा भएको हो भने र सामान्य किसिमको छ भने छ महिना सम्म मा आफसेआफ निको हुन सक्छ । यदि हाइड्रोसिल का कारण पीडा को अनुभव भएको छ भने अथवा यो कम्यूनिकेटिङ प्रकार को हो भने शल्यक्रिया द्वारा भित्र जमेको पानी हटाउनु सँगै पानी चुहुने प्वाल बन्द गर्नुपर्ने हुन्छ । यो शल्यक्रिया गरेको केही घण्टा पछि नै बिरामी घर जान सक्ने हुन्छ । यदि नन कम्यूनिकेटिङ प्रकार को हाइड्रोसिल बाट पानी निकाल्नु पर्यो भने एक प्रकार को सिरिन्ज को प्रयोग गरिन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper