स्कर्भी (Scurvy)

संपरीक्षक डा. परिमल कोइराला, MBBS, M.D.

    परिचय :

    लामो समय देखि भिटामिन सी को गम्भीर कमी का कारण हुने समस्या लाई स्कर्भी (Scurvy) भनिन्छ । स्कर्भी का कारण रक्ताल्पता, अक्षमता, थकान तथा कमजोरी को समस्या, हात खुट्टा दुख्ने समस्या, रक्तस्राव को समस्या, शरीर सुन्निने समस्या, घाऊ चोटपटक चाँडो निको नहुने समस्या, गिँजा मा घाऊ हुने समस्या तथा दाँतै झर्ने समस्या जस्ता अनेक समस्या देखा पर्न सक्छन् ।

    कनेक्टिभ टिस्यू मा हुने कोलाजेन को निर्माण मा भिटामिन सी को महत्त्वपूर्ण भूमिका हुन्छ। रगत का नसा मांसपेशी आदि को निर्माण मा कनेक्टिभ टिस्यू चाहिन्छ । भिटामिन सी को कमी ले रोग प्रतिरोध क्षमता शक्ति मा समेत असर पुग्छ । कोलेस्टेरोल को मेटाबोलिज्म मा पनि भिटामिन सी को आवश्यकता हुन्छ । भिटामिन सी का कामहरु लाई एसप्रकार टिप्न सकिन्छ-

    • कोलाजेन को निर्माण मा । कोलाजेन एक प्रकार को प्रोटीन हो जसले कनेक्टिभ टिस्यू लाई एउटा स्वरुप र स्थायित्व दिन्छ ।
    • कोलेस्टेरोल तथा प्रोटीन को मेटाबोलिजम मा मद्दत गर्दछ ।
    • रगत का लागि आवश्यक फलाम को शोषण गर्नमा सहयोग गर्दछ ।
    • एन्टिअक्सिडेन्ट का रुप मा काम गर्दछ ।
    • घाऊ लाई चाँडो भन्दा चाँडो निको बनाउन सहयोग गर्दछ ।
    • डोपामिन र एपिनेफ्रिन जस्ता न्यूरोट्रान्समिटर को निर्माण मा सहयोग गर्दछ ।

     

     

    कारण :

    भिटामिन सी को कमी नै स्कर्भी को समस्या को मुख्य जड हो । भिटामिन सी को रासायनिक नाऊँ एस्कर्बिक एसिड हो ।

     

     

     

    कारक तत्त्वहरु :

    हाम्रो शरीर ले भिटामिन सी को निर्माण गर्न सक्दैन । तेसैले भिटामिन सी का लागि हामी बाहिरी स्रोत मा निर्भर रहनु पर्छ । अमिला फलफूल र सागसब्जी भिटामिन सी का प्रमुख स्रोत हुन् । भिटामिन सी को कमी हुनु मा निम्न कारक तत्त्वहरु हुन सक्छन् –

    • ताजा फलफूल तथा सागसब्जी रहित भोजन ।
    • एनोरेक्जिया तथा त्यो जस्तै अन्य मानसिक रोगहरु ।
    • एलर्जी का कारण खानपान मा रोकतोक ।
    • बढ्ता मोटोपना ।
    • बूढापा ।
    • अत्यधिक रक्सी सेवन ।

     

     

    लक्षण

    फलाम लाई पचाउन र कोलाजेन निर्माण गर्न का लागि भिटामिन सी अत्यावश्यक हुन्छ । यदि शरीर मा कोलाजेन को निर्माण मा कमी आयो भने टिस्यूहरु टुक्रन थाल्छन् । डोपामिन को निर्माण तथा नरएपिनेफ्राइन, एपिनेफ्राइन र कार्निटिन को निर्माण मा पनि भिटामिन सी को दरकार पर्दछ । भिटामिन सी को कमी भएका लक्षणहरु कमी भएको ८ साता देखि १२ साता मा देखिन थाल्छन् । आरम्भिक लक्षण मा भोक नलाग्नु, तौल घट्नु, कमजोरी को अनुभव हुनु र अल्छी लागिरहनु आदि पर्दछन् । अन्य लक्षणहरु मा –

    • रक्ताल्पता ।
    • हाड दुख्ने समस्या ।
    • शरीर सुन्निनु तथा अनुहार फुल्नु ।
    • छाला मा मसिना राता टीका देखिनु ।
    • कपाल रुखो हुनु ।
    • गिँजा को रोग लाग्नु र दाँत झर्नु ।
    • घाऊ खटिरा छिटो निको नहुनु ।
    • श्वासप्रश्वास मा तिब्रता हुनु ।
    • डिप्रेशन को लक्षण देखिनु ।
    • रक्तस्राव नरोकिनु ।
    • ज्वरो आउनु ।

     

    स्कर्भी को निदान

    बिरामी का लक्षण हेरेर र रगत मा भिटामिन सी को परीक्षण गरेर स्कर्भी भए नभएको पहिचान गरिन्छ । आन्तरिक क्षति भएको छ भने विभिन्न एमेजिङ परीक्षण गर्नु पर्ने हुन्छ ।

     

    उपचार

    स्कर्भी को उपचार भनेकै शरीर मा भिटामिन सी आपूर्ति गर्नु हो । बिरामी को समस्या र अवस्था हेरेर बिरामी लाई मुख बाट या इन्जेक्शन बाट भिटामिन सी दिइन्छ । स्कर्भी का बिरामी लाई दिइने भिटामिन सी को मात्रा एस प्रकार छ –

    • १ देखि २ ग्राम प्रति दिन २ देखि ३ दिन सम्म ।
    • तेसपछि का सात दिन सम्म ५०० मिग्रा प्रति दिन ।
    • तेसपछि तीन महिना सम्म १०० मिग्रा प्रति दिन ।

     

    स्कर्भी बाट बचावट

    पर्याप्त मात्रा मा भिटामिन सी खाने गर्नाले स्कर्भी को समस्या देखिन पाउँदैन । तेसका लागि साइट्रस परिवार का फलफूल लाभदायक हुन्छन् । अमला, कागती, सुन्तला आदि फलफूल तथा गोलभेंडा, हरिया सागसब्जी, हरियो खुर्सानी आदि सागसब्जीहरु भिटामिन सी का उल्लेखनीय स्रोत हुन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper