श्वेतप्रदर (Leukorrhea)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D., Dermatologist & Venereologist

    परिचय :

    वास्तव मा ल्यूकोरिया अर्थात् श्वेतप्रदर भनेको रोग नभएर विभिन्न रोगहरु मा देखिने लक्षण हो ।  महिला को योनि बाट सेतो वा हलुका पहेंलो र बाक्लो गन्हाउने पानी बग्ने, चिलाउने र तल्लो पेट दुख्ने समस्या भयो भने त्यसलाई श्वेतप्रदर भएको भनिन्छ । अंग्रेजी मा ल्यूकोरिया, Leukorrhea का नाम ले चिनिने यो लक्षण महिलाहरु मा देखिने एक आम समस्या हो । विभिन्न यौन संक्रामक रोगहरु मा यो लक्षण देखिने गर्छ ।

    हुनतः योनि बाट सेतो पानी बग्नु भनेको एक सामान्य अवस्था हो । यदि त्यो अनावश्यक रुप ले बढ्ता छैन र दुख्ने गन्हाउने पनि गर्दैन भने त्यो श्वेतप्रदर भएको होइन भन्ने बुझ्नु पर्छ । किनकि योनि लाई चिप्लो पारिराख्न योनि को भित्तो तथा पाठेघर को भित्तो बाट सेतो चिप्लो पानी जस्तो पदार्थ निस्किरहेको हुन्छ जुन स्वाभाविक प्रक्रिया हो । यौन उत्तेजना का बेला अथवा डिम्ब निष्काशन का बेला अझै बढ्ता पानी बग्ने गर्दछ ।

    तर योनि मा यदि कुनै भाइरल वा ब्याक्टेरियल संक्रमण भयो भने अथवा ढुसी संक्रमण भयो भने योनि चिलाउने दुख्ने र गन्हाउने सेतो हलुका पहेंलो वा हलुका हरियो बाक्लो पानी बग्ने हुन सक्छ जुन श्वेतप्रदर को नाम ले चिनिन्छ ।

     

    कारण :

    योनि बाट सेतो पानी बग्ने, चिलाउने र तल्लो पेट दुख्ने समस्या हुनुका पछाडी विभिन्न कारण हुन सक्छन् । जुन एस प्रकार का छन् –

    • ट्राइकोमोनियासिस हुँदा हलुका पहेंलो दुर्गन्धित पानी बग्ने र चिलाउने हुन्छ ।
    • क्यान्डिडियासिस हुँदा सेतो गन्हाउने र चिलाउने पानी बग्ने गर्दछ ।
    • ब्याक्टेरियल भ्याजिनोसिस हुँदा मैलो एवं पहेंलो रंग को माछा को जस्तो गन्ध भएको खसखसाउने खालको पानी बग्ने हुन्छ ।
    • बच्चा जन्मँदा पाठेघर को मुख मा संक्रमण भयो भने पनि श्वेतप्रदर को समस्या देखा पर्दछ।
    • गनोरिया तथा क्लामिडियोसिस पनि श्वेतप्रदर का लागि जिम्मेवार मानिन्छन् । यो बेला पिसाब गर्दा पिसाब पोल्ने र अलि धेरै नै पानी बग्ने समस्या देखिन्छ ।
    • फन्जाई का कारण ले श्वेतप्रदर भएको हो भने हलुका पहेंलो दुर्गन्धित पानी बग्ने, पोल्ने र चिलाउने हुन्छ ।
    • सर्भिकल क्यान्सर हुँदा पनि श्वेतप्रदर को समस्या देखिन्छ ।
    • एस्ट्रोजेन हर्मोन को असन्तुलन का कारण पनि श्वेतप्रदर को लक्षण देखिन सक्छ ।

     

    लक्षण :

    महिला को योनि बाट सेतो वा पहेंलो वा खैरो वा हरियो पानी बग्ने चिलाउने पोल्ने र तल्लो पेट दुख्ने नै श्वेतप्रदर को प्रमुख लक्षण हो । यस किसिम को स्राव चिप्लो नभएर औंला मा लिएर चलाउँदा खटट्ट गर्ने खालको हुन्छ । तल लगाएका भित्री कपडा मा दाग लागेको देखिन्छ । यौन समागम का बेला पीडा हुन्छ ।

     

    निदान :

    यदि महिला मा श्वेतप्रदर को लक्षण देखिएको छ भने इलिमिनेशन विधि अपनाएर के का कारण ले सेतो मैलो पानी बग्ने र चिलाउने भएको छ त्यो पत्ता लगाउने कोशिश गरिन्छ । योनिबाट बगेको पानी को परीक्षण गरेर तेसमा सेता रक्तकोष भए नभएको पत्ता लगाइन्छ ।

     

    उपचार :

    जसका कारण ले गर्दा श्वेतप्रदर को लक्षण देखिएको तेसको उपचार गर्नासाथ श्वेतप्रदर को समस्या आफ से आफ निको भएर जान्छ ।

     

    रोकथाम :

    कसैसँग पनि यौन सम्पर्क राख्दा कण्डोम को उपयोग गरेर सुरक्षित विधि अपनाउनु राम्रो हुन्छ । योनि लाई बेला बेला मा मनतातो पोटाश पानी ले राम्रो सँग सफा गर्नु पर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper