मांसपेशी मा ऐंठन (Cramps in muscle)

संपरीक्षक डा दमन पौडेल, एमबीबीएस, एमडी

    परिचय :

    माँसपेशी मा ऐंठन अर्थात् मांसपेशी अचानक बाउँडिएको जस्तो भएर आउने समस्या लाई हामी सबैले जीवन मा पटक पटक भोगेका हुन्छौं । निदाएका बेला पिँडुला मा ऐंठन भएर अचानक ब्यूँझिएको अनुभव पनि हामी धेरैलाई छ । तेसरी पिँडुला मा हुने ऐंठन लाई हामी पिँडुला फर्किएको भन्छौं । छाती को मांसपेशी मा हुने ऐंठन का कारण ले सुतेका बेला कसैले थिचे जस्तो महसूस हुने हुँदा हाम्रो समाज मा तेसलाई अन्धविश्वासपूर्वक बोक्सी वा कुनै प्रेतात्मा ले थिचेको मान्ने मान्छेहरु पनि हामीले देख्दै आएका छौं । ऐंठन भनेको मांसपेशी मा हुने एक प्रकार को अनैच्छिक प्रतिक्रिया हो जसमा माँसपेशी खुम्चन्छ । कहिलेकाहीं एति नराम्रोसित खुम्चन्छ कि त्यहाँ गाँठै परेको महसूस हुन्छ । सामान्यतया यो कुनै हानिकारक रोग होइन तर एसले शरीर मा कुनै पोषकतत्त्व को कमी तर्फ संकेत गर्नु सँगै कुनै मानसिक समस्या सँग जुधिरहेको तर्फ पनि संकेत गर्दछ ।

     

    कारण र समस्या :

    यद्यपि यो कुनै हानिकारक समस्या होइन तर कहिलेकाहीं एति धेरै पीडा हुन्छ कि खप्न पनि गाह्रो पर्छ । शरीर मा कुनै पोषकतत्त्व को कमी भएको छ या दिमाग कुनै मानसिक समस्या सँग जुधिरहेको छ भने पनि ऐंठन हुन सक्छ । पिँडुला मा हुने ऐंठन तथा छाती को मांसपेशी मा हुने ऐंठन निदाएका बेला हुन्छ । मांसपेशी मा भएका तन्तुहरु मा कुनै प्रकार को खराबी उत्पन्न हुनु नै ऐंठन को मुख्य कारण हो । केही प्रकार का औषधि तथा सप्लिमेन्टहरु पनि ऐंठन का कारण हुन सक्छन् । यदि मांसपेशी लामो समयसम्म एउटै स्थिति मा रहिरह्यो भने पनि ऐंठन हुन सक्छ । ऐंठन को समस्या केही सेकेण्ड देखि लिएर केही मिनट सम्म रहिरहन सक्छ । ऐंठन का कारण खुम्चिएको र कडा भएको मांसपेशी लाई सामान्य अवस्था मा आइपुग्न केही समय लाग्छ । समग्र मा ऐंठन का कारणहरु लाई एसप्रकार टिप्न सकिन्छ-

    • रगत को आपूर्ति मा कमी का कारण मांसपेशी मा पर्याप्त अक्सिजन नपुग्नु ।
    • खनिज तथा कुनै पोषक तत्त्व को कमी हुनु ।
    • शरीर मा पानी को कमी हुनु ।
    • मांसपेशी मा भएका तन्तुहरु मा खराबी उत्पन्न हुनु ।
    • सेवन गरिरहेका औषधिहरु को साइड इफेक्ट का कारण ।

     

    लक्षण :

    प्रायः सुतेका बेला मांसपेशी अचानक खुम्चिए जस्तो भएर डल्लो परेर आउनु र एकदमै अपठेरो अनुभव हुनु ऐंठन को मुख्य लक्षण हो । निम्नलिखित लक्षणहरु ले ऐंठन को संकेत गर्दछन् –

    • अचानक हुने क्षणिक पीडा ।
    • मांसपेशी खुम्चिएर मांसपेशी मा गाँठो पर्नु ।
    • केही समय मांसपेशी पुक्क उठेको देखिनु ।
    • ऐंठन पश्चात् मांसपेशी थाकेको महसूस हुनु ।

    ऐंठन शरीर को कुनै पनि मांसपेशी मा हुन सक्छ ता पनि निम्न अंगहरु मा यो बढ्ता देखिने गरेको पाइएको छ :

    • पिँडुला ।
    • साँप्रा ।
    • हात ।
    • छाती ।
    • पिठ्यूँ ।
    • गर्दन ।
    • पेट ।

     

    डाक्टर लाई कहिले देखाउने ?

    यदि ऐंठन निम्न समस्या सँग जोडिएको छ भने डाक्टर लाई देखाउनु जरुरी हुन्छ :

    • यदि ऐंठन को समस्या पटक पटक दोहोरिइरहन्छ भने ।
    • ऐंठन लामो समय सम्म रहिरहन्छ भने ।
    • ऐंठन पश्चात् दुख्ने र निदाउने हुन्छ भने ।
    • दुखेर रात मा निदाउन सकिँदैन भने ।
    • ऐंठन भएको ठाउँ रातो र सुन्निएको देखिएको छ भने ।
    • पर्याप्त मात्रा मा तरल पदार्थ पिउँदा पनि कम भएको छैन भने ।
    • मांसपेशी कमजोर हुँदै गएको छ भने ।
    • ऐंठन आफ से आफ ठीक हुँदैन भने ।

     

    निदान :

    डाक्टर ले विरामी को समस्या सुनेर र प्रभावित मांसपेशी को बाह्य परीक्षण गरेर ऐंठन को निदान गर्ने छन् ।

     

    उपचार :

    ऐंठन को कुनै स्पष्ट उपचार छैन । यो कुनै बोक्सी या प्रेत आदि ले गराएको समस्या होइन। ऐंठन भएका बेला ऐंठन भएको मांसपेशी मा हल्का मालिश गर्नु लाभदायक हुन्छ । एसका अन्य उपचार का विकल्प एसप्रकार छन् –

    • पर्याप्त मात्रा मा पानी पिउने ।
    • भिटामिन बी क्म्प्लेक्स को सप्लिमेंट लिने ।
    • मांसपेशी स्पाज्म कम गर्ने क्रीम लगाउने ।
    • विभिन्न खनिज पदार्थ को सप्लिमेंट लिने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper