पिलो (Carbuncle)

संपरीक्षक डा. परिमल कोइराला, MD

    परिचय :

    गर्मी मौसम को आगमन सँगै हाम्रो शरीर मा छाला का अनेक समस्या देखिन थाल्छन् । पिलो पनि छाला मा हुने एक प्रकार को संक्रमण कारण देखा पर्छ । शुरु मा छाला मा सानो बिमिरो का रुप मा निस्कने यो घाऊ पछि ठूलो हुँदै जान्छ । शुरु मा रातो फोको जस्तो देखिने तर पछि पीप ले भरिएर टन्कने समस्या हुन्छ । छाला को राम्रो सरसफाई भएन भने  पिलो हुने सम्भावना हुन्छ । यो प्रायः बालबालिका देखि युवावस्था मा देखिने समस्या हो । वयस्क र प्रौढहरु मा यो समस्या बिरलै हुने गरेको छ । पिलो हुँदा रौं को जरा मा भएको फोलिकल मा संक्रमण हुन्छ । जब वरिपरि रातो र बीच मा पहेंलो पीप भरिए जस्तो घाऊ देखिन्छ तब हामी पिलो पाकेको भन्छौं । एसलाई निचर्दा पीप सँगसँगै रगत र अन्त्य मा पिलो को जरो मा रहेको खील बाहिर निस्कन्छ । पिलो निचर्दा पीप निस्कने ठाउँ लाई पिलो को मुख भनिन्छ । पिलो मा एउटा वा धेरै मुख हुन सक्छन् । धेरै मुख हुनु भनेको धेरै रौं का जराहरु वा तेलग्रन्थीहरु मा संक्रमण हुनु हो ।

     

    कारण

    हाम्रो छाला मा भएका रौं को जरा सँगै का तेल ग्रन्थी मा ब्याक्टेरियल आक्रमण का कारण पिलो आउँछ । मुख्यतया सरसफाई मा ध्यान दिन नसकेको खण्ड मा ब्याक्टेरियल संक्रमण हुने खतरा रहिरहन्छ । बढ्ता ब्याक्टेरिया को आक्रमण हुन सक्ने नाक, गर्धन, काखी, नितम्ब तथा साँप्रा मा पिलो हुने गरेको देखिएको छ । महिलाहरु मा स्तन को फेद मा पनि पिलो हुन सक्छ । छाला मा रहेका तैलीय ग्रन्थीहरु बाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर भयो भने तेहाँ ब्याक्टेरियल संक्रमण हुने सम्भावना हुन्छ । कतिपय मानिसहरु लाई पिलो बारम्बार आइरहने पनि हुन्छ ।

     

    लक्षण

    शुरु मा पिलो आउँदा सानो बिमिरो निस्किएको र हलुका सुन्निएको देखिन्छ । शुरुशुरु मा हल्का चिलाए जस्तो र कन्याउँदा हल्का दुखे जस्तो महसूस हुन्छ । पछि बिस्तारै त्यो बिमिरो ठूलो र रातो देखिन थाल्छ । नचलाउँदा पनि हलुका दुख्ने र चलाउँदा अत्यधिक दुख्ने हुन्छ । अनि यो बिस्तारै पाक्न थाल्छ । करीब एक हप्ता देखि दुई हप्ता भित्र मा पिलो पूरै पाकिसक्छ । पिलो मा एउटा वा धेरै ससाना मुख देखिन्छन् । तिनै मुख बाट पिलो भित्र रहेको पीप बग्ने गर्छ ।

     

    रोग को निदान

    घाऊ हेरेर र घाऊ आएको ठाउँ लाई बाहिर बाटै जाँचेर पिलो हो होइन निश्चय गर्न सकिन्छ । छाला का अरु घाऊ भन्दा यो घाऊ छुँदा बढ्ता दुख्ने हुन्छ । सानो मा यो मुसुरा को दाना जत्रो हुन्छ भने ठूलो मा यो मझौला बिस्कुट जत्रो हुन्छ । पीप को नमूना लिएर तेसको परीक्षण गर्न पनि सकिन्छ ।

     

    उपचार

    • पिलो सानो भएमा दुई तीन दिन मै तथा ठूलो र जटिल भएमा दुई हप्ता सम्म मा निस्कने सुन्निने र पाक्ने भइसक्छ । पाके पछि बिस्तारै निचरेर पिलो मा रहेको पीप र खील दुवै निकालेर फाल्नु पर्छ । तेसरी निचरेको दुई दिन भित्रै त्यो घाऊ सञ्चो भएर जान्छ ।
    • तर नपाक्दै पिलो लाई निचर्ने र चलाउने गर्नु हुँदैन । एसो गर्दा पिलो ले थप दुःख दिने हुन्छ । बरु पिलो दुखेमा तातो पानी मा सफा रुमाल चोबेर र निचरेर पिलो सेक्ने गर्नु राम्रो हुन्छ । एसो गर्दा पिलो छिटो पाक्ने र छिटै निचर्न मिल्ने हुन्छ ।
    • कतिपय अवस्था मा डाक्टर ले एन्टिबायोटिक औषधि दिन सक्छन् । सामान्य शल्यक्रिया गरेर पीप निकाल्न सक्छन् र दुखाई कम गर्ने औषधि दिन सक्छन् ।

     

     

    रोकथाम

    • छाला लाई सफा र स्वच्छ राख्ने । तेसका लागि राम्रो साबुन पानी को प्रयोग गर्ने ।
    • छाला मा कुनै घाऊ खटिरा भएमा तेसको तत्कालै उपचार गरी हाल्ने ।
    • लगाउने कपडा तथा बिस्तरा लाई सफा राख्ने । मिलेसम्म तातो पानी ले धुने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper