पायल्स (Piles)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D.

    परिचय :

    मलद्वार वा गुदद्वार भित्र तथा गुदद्वार को वरिपरि सुन्निने, दिसा गर्न गाह्रो हुने, दिसा मा रगत देखिने आदि भयो भने पायल्स भएको आशंका गरिन्छ । पायल्स मा प्रायः दिसा बस्दा दुख्ने समस्या पनि हुने गर्छ । कतिपय लाई दिसा गर्दा बेरो निस्किए झैं मासु को डल्लो बाहिर निस्कने समस्या पनि सँगसँगै देखिन्छ । पायल्स हुँदा मलद्वार देखि भित्र रहेको रेक्टम मा मासु पलाउने, सुन्निने र झुप्पो झैं मासु को गुत्थो भित्रै झुण्डिरहने हुन्छ ।

    पायल्स लाई अंग्रेजी मा हेमोरवाइड्स- Hemorrhoids पनि भनिन्छ । तराई तिर एसलाई बवासिर का नाम ले पनि चिनिन्छ भने पहाड तिर हर्षा भएको पनि भनिन्छ । यो वंशानुगत रोग पनि हो । धेरैलाई पायल्स भइरहेको हुन सक्छ तर लक्षणहरु सबैमा देखिन्छ भन्ने हुँदैन । हाम्रो शरीर को ठूलो आन्द्रा गुदद्वार नजीक पुगे पछि रेक्टम का नाउँ ले चिनिन्छ । रेक्टम मा मासु पलाउने र सुन्निने देखि लिएर गुदा को मुख मा घाउ हुने र सुन्निने समस्या पायल्स का मुख्य समस्या हुन् ।

     

    लक्षण :

    पायल्स हुँदा कतिपय मा गुदद्वार देखि ३-४ सेमी माथी रेक्टम मा घाउ हुने र सुन्निने हुन्छ भने कतिपय मा गुदद्वार को मुख मा घाउ हुने र सुन्निने हुन्छ । रेक्टम गुदद्वार को मुख भन्दा कम संवेदनशील हुने हुँदा रेक्टम मा घाउ हुँदा भन्दा गुदद्वार को मुख मा घाउ हुँदा बढ्ता पीडा हुने गर्छ । गुदद्वार भित्र हुने पायल्स लाई आन्तरिक र बाहिर हुने पायल्स लाई बाह्य पायल्स भनेर चिनिन्छ ।

    आन्तरिक पायल्स लाई पनि पायल्स को अवस्था हेरेर चार अवस्था मा विभाजित गर्न सकिन्छ :

    • पहिलो अवस्था : यो सामान्य र आम समस्या हो । एसमा दुख्ने र चिलाउने हुँदैन तर दिसा गर्दा दिसा मा ताजा रगत देखिने गर्छ । यो खानपान मा सुधार गर्दै जाँदा आफ से आफ निको भएर जाने समस्या हो ।
    • दोस्रो अवस्था : एसमा रेक्टम सुन्निनु सँगै दिसा बस्दा मासु को ग्रन्थी बाहिर निस्कने समस्या हुन्छ । तर दिसा गरिसके पछि त्यो मासु को ग्रन्थी आफ से आफ भित्र जान्छ । दिसा गर्दा असिजलो महसूस हुन्छ तर दिसा मा रगत नदेखिन पनि सक्छ ।
    • तेस्रो अवस्था : एस अवस्था मा दिसा गर्दा बाहिर निस्किएको मासु को पिण्ड आँफै भित्र पस्दैन । दिसा गरिसके पछि घुचेटेर भित्र पसाल्नु पर्ने हुन्छ ।
    • चौथो अवस्था : यो पायल्स को अन्तिम तथा जटिल अवस्था हो । एस अवस्था मा दिसा गर्दा बाहिर निस्किएको मांसल पिण्ड घुचेटेर भित्र पसाले पछि पनि आफ से आफ बाहिर निस्केर बाहिरै रहिरहन सक्छ ।

    माथी भनिएका अवस्था मा देखिने लक्षण बाहेक दिसा कब्जियत हुनु, मलद्वार मा चिलाउनु तथा ओसिलो स्राव बग्नु, दिसा चुहिए जस्तो हुनु पनि पायल्स का लक्षण हुन् ।

     

    निदान :

    डाक्टर ले सजिलै सँग तपाईंलाई पायल्स भए नभएको पत्ता लगाउने छन् । तेसका लागि उनले निम्न जानकारी लिने छन्-

    • पारिवारिक इतिहास : तपाईं को परिवार मा वा नजीक को नाता सम्बन्ध मा पायल्स भए नभएको बुझ्ने छन् ।
    • दिसा मा रगत वा श्लेष्मा (म्यूकस) आउने गरेको छ छैन सो का बारे मा बुझ्ने छन् ।
    • एसका लागि दिसा को परीक्षण गरी दिसा मा भएको रगत तथा श्लेष्मा का बारे मा जान्ने छन् ।
    • केही समय देखि तौल घट्न थालेको भए सो पनि पत्ता लगाउने छन् ।
    • प्रोटोस्कोप को सहायता ले गुदद्वार को केही माथी सम्म को अवस्था हेर्ने छन् ।
    • रेक्टम मा भएको सानो कोशिका परीक्षण का लागि लिन सक्ने छन् ।
    • आवश्यक देखिएमा कोलोनोस्कोपी समेत गराउन सक्ने छन् ।

     

    उपचार :

    धेरैजसो पायल्स को समस्या आफ से आफ निको भएर जान्छ । सहजै निको हुने खालका पायल्स को पनि दुखाई कम गर्न तथा चिलाउने समस्या घटाउन सामान्य औषधि दिने गरिन्छ । पायल्स को प्रकृति र अवस्था हेरेर उपचार का निम्न उपायहरु अपनाउने गरिएको छ-

    • जीवनशैली मा परिवर्तन : पायल्स को एक प्रमुख कारण कब्जियत भएकाले सकेसम्म कब्जियत हुन नदिने खालको खानपान, बढ्ता रेशा भएका खानेकुरा को सेवन, फलफूल सेवन, चियाकफी को सेवन मा कमी तथा शारीरिक परिश्रमयुक्त जीवनशैली अपनाउनु लाभदायक हुन्छ ।
    • शरीर को तौल घटाउने कार्य : शरीर को मोटापा घट्नु सँगै पायल्स को जटिलता मा कमी आउने र पायल्स हुने सम्भावना पनि न्यून हुने हुँदा शरीर को तौल घटाउने दिशा मा यथोचित प्रयास गर्नु फाइदाजनक हुन्छ । एसका लागि केही व्यायामहरु का बारे मा डाक्टर ले सल्लाह दिने छन्।
    • औषधि को प्रयोग : दुखाई कम गर्ने औषधि, दिसा गर्दा सहज बनाउने क्रीम, सुन्निएको घटाउने मलम तथा औषधि कब्जियत हटाउने औषधि आदि को प्रयोग गर्न सकिन्छ ।
    • शल्यक्रिया : प्रायः दश जना पायल्स का रोगी मध्ये एक जना लाई शल्यक्रिया गर्नुपरेको अवस्था छ। पायल्स को शल्यक्रिया का विभिन्न प्रकार छन् । ती मध्ये पायल्स को अवस्था र बिरामी को समस्या हेरेर उपयुक्त शल्यक्रिया को छनोट गरिन्छ ।

     

    रोकथाम :

    पायल्स बाट बच्न का लागि जीवनशैली र खानपान मा ध्यान दिनु जरुरी हुन्छ । सकेसम्म बढी भन्दा बढी फाइबर भएका खानेकुरा खाने मैदा जन्य खानेकुरा तथा फास्ट फुड बाट परै रहने अल्कोहल धुम्रपान जस्ता आदत बाट मुक्त हुने र सक्रिय जीवनशैली अपनाउने गर्नाले पायल्स हुने सम्भावना न्यून हुन्छ । यदि कब्जियत भएको छ भने तेसको समय मै उपचार गरिहाल्नु आवश्यक हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper