दुर्गन्धित सास (Offensive Breath)

संपरीक्षक डा. नमराज शर्मा पण्डित, MD, DTCD

    परिचय :

    दाँत राम्ररी माझेर मुख सफा नगरेका बेला वा लसुन, प्याज, मूला र पुरानो अचार खाएका बेला मुख बाट दुर्गन्धित सास आउनु स्वाभाविक कुरा हो । तर दाँत मुख सफा गरे पछि पनि र कुनै गन्ध आउने खानेकुरा नखाँदा पनि मुख बाट दुर्गन्धित सास आउँछ भने त्यो शरीर मा भएको अन्य समस्या को द्योतक हो भन्ने कुरा बुझ्नु पर्छ । मुख गन्हाउनु लाई हामी सामान्य समस्या का रुप मा लिन्छौं तर यो गम्भीर समस्या को संकेत पनि हुन सक्छ । एसलाई अंग्रेजी मा अफेन्सिभ ब्रेथ (Offensive Breath) तथा डाक्टरी भाषा मा ह्यालिटोसिस (Halitosis) का नाम ले जानिन्छ ।

     

    कारण :

    मुख गन्हाउनुका पछाडी निम्नलिखित कारणहरु हुन सक्छन् –

    • दाँत सफा नहुनु । राम्ररी दाँत नमाझ्नु । मुख कुल्ला नगर्नु ।
    • केही समय अगाडी मूला, प्याज, लसुन, पुरानो अचार, चीज, रक्सी जस्ता खानेकुरा खाएको हुनु ।
    • मुखभित्र घाऊ खटिरा आउनु ।
    • साइनस मा संक्रमण हुनु अर्थात् पिनास हुँदा पनि सास गन्हाउन सक्छ ।
    • दाँत कीरा ले खानु तथा दाँत का बीच मा फोहोरमैला अड्किएर बस्नु ।
    • गिँजा को समस्या हुनु । गिँजा पाक्ने जिन्जिभाइटिस तथा गिँजा मा पिलो आउने रोग मा मुख भित्र को पीप का कारण सास गन्हाउने हुन्छ ।
    • र्‍याल ग्रन्थी ले राम्रो सँग काम नगर्नु र मुख सुख्खा हुनु ।
    • मुख को क्यान्सर हुनु । चुरोट खैनी वा सुपारी को अम्मल का कारण हुने मुख को क्यान्सर मा पनि सास गन्हाउने समस्या हुन्छ ।
    • पेट को समस्या हुनु । पुरानो एसिडिटी वा कब्जियत को समस्या हुनु ।
    • मधुमेह हुनु ।
    • श्वासनली मा समस्या हुनु ।
    • टन्सिलाइटिस हुनु ।
    • मृगौला मा समस्या उत्पन्न हुनु ।
    • चुरोट वा खैनी जस्ता कुरा को अम्मली हुनु ।
    • फोक्सो को संक्रमण हुनु ।
    • कलेजो को संक्रमण हुनु । कलेजो ले खानेकुरा पचाउने पाचनरस बनाउने काम गर्दछ । यदि कलेजो संक्रमित छ भने पाचनरस मा असन्तुलन आई खानेकुरा राम्री पच्न पाउँदैन र मुख गन्हाउने समस्या देखा पर्छ ।

     

    लक्षण :

    मुख गन्हाउनुको लक्षण भनेकै मुख गन्हाउनु हो । कुरा गर्दा वा सुत्दा सँगैको मान्छे लाई सास गन्हाएको महसूस भयो भने तेसले माथी उल्लेख गरिएका कुराहरु मध्ये कुनै समस्या भएको संकेत गर्दछन् ।

     

    निदान र उपचार :

    जो कसैलाई पनि आफ्नो मुख नगन्हाओस् भन्ने चाहना हुन्छ । मुख गन्हाएको अवस्था मा मानिस ले आँफूमा हीनताबोध भएको महसूस गर्दछ । यदि आँफू सँगैको साथी ले मुख गन्हाएको प्रतिक्रिया दिएको छ भने सर्वप्रथम दाँत को डाक्टर लाई देखाउनु आवश्यक हुन्छ । डाक्टर ले दाँत वा गिँजा को कारण ले सास गन्हाएको हो वा पेट को समस्या वा अन्य रोग का कारण सास गन्हाएको हो भन्ने यकीन गर्ने छन् । जुन कारण ले गर्दा सास गन्हाएको हो तेसको उपचार हुनासाथ सास गन्हाउने समस्या बाट पनि छुटकारा मिल्दछ । सामान्यतया सास गन्हाउँदा निम्नलिखित उपाय अवलम्बन गर्नाले सास गन्हाउने समस्या घट्न सक्छ –

    • दाँत कीरा ले खाएको छ भने वा गिँजा सम्बन्धी कुनै रोग छन् भने दाँत को डाक्टर लाई देखाएर तिनको उपचार गर्ने ।
    • पिनास को समस्या छ भने सो को उपचार गर्ने ।
    • बिहान उठेपछि र बेलुका सुत्नु अगाडी दाँत, जिब्रो राम्ररी सफा गर्ने ।
    • समय समय मा मुख नूनपानी ले कुल्ला गर्ने ।
    • जाँड, रक्सी जस्ता दुर्गन्ध फिँजाउने खाल का खानेकुरा नखाने ।
    • मुख सुख्खा नहोस् र र्‍याल आइरहोस् भन्नका लागि गुलियो रहित वा गुलियो कम भएको मिन्ट को चकलेट चुस्ने ।
    • पर्याप्त मात्रा मा पानी पिउने ।
    • दिनको एकपटक एन्टिस्प्टिक माउथवाश ले मुख कुल्ला गर्ने ।
    • समय मै सुत्ने र पूरा निद्रा सुत्ने ।
    • ताजा फलफूल तथा सागसब्जी खाने ।
    • लसुन, प्याज, मूला तथा चीज खाए पछि मुख राम्ररी सफा गर्ने र ल्वाङ सुकुमेल जस्ता बास्ना आउने कुरा चबाउने ।
    • गुलिया खानेकुरा मा कमी गर्ने ।
    • कब्जियत, एसिडिटी, अपच जस्ता पेट का समस्या को उपचार गर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper