तालुखुइले रोग (Alopecia)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छाला रोग विशेषज्ञ

    परिचय :

    परिपक्व हुँदै जाँदा तीन जना पुरुषहरु मध्ये एक जना मा टाउका को अगाडी को कपाल झर्दै गएर एकदमै पातलो हुँदै जाने र बुढेसकालमा पुगिसक्दा खुइलै भएको देखिने गर्छ । एसलाई तालुखुइले भएको भनिन्छ । यो समस्या केटीहरु मा विरलै देखिने गरेको छ । कतिपयलाई उमेरावस्था मै पनि अत्यधिक रुप मा कपाल झर्ने र तालु खुइलो देखिने वा ठाउँठाउँ मा कपाल झरेर टाटा देखिने हुन्छ । यो पनि एकप्रकारको तालुखुइले रोग हो । एसलाई नेपालीमा खोइरो लागेको भन्ने चलन पनि छ । यो शरीर मा भएका विभिन्न हर्मोनहरुको उत्परिवर्तन वा कपाल का कोषहरुमा पौष्टिक तत्त्व को आपूर्ति मा कमी का कारण ले हुने गर्छ ।

    तालु खुइलेका विषय मा हाम्रो समाज मा अनेक किम्वदन्तीहरु प्रसिद्ध भएका छन् । कोही भन्छन् तालुखुइले हुनु बुद्धि छिप्पिएको संकेत हो । कोही भन्छन् तालुखुइलिनु भनेको धेरै पैसा कमाउने लक्षण हो, तालुखुइले मान्छे गरीब भएको देखिएको छैन । फेरि कोही भन्छन् तालुखुइले हुनु भनेको परिपक्व र विवेकशील भएको संकेत हो । तर वास्तव मा यी कुनै पनि कुरा सत्य होइनन् । तालु खुइलिनु भनेको एक किसिमको रोग वा शारीरिक समस्या हो ।

     

    कपाल खुइलिनुका कारण :

    हामीले समय समय मा विभिन्न पत्रपत्रिका मा कपाल झरेर तालु खुइलिने समस्या र एसको उपचार भन्दै फोटा सहित छापिएका विज्ञापनहरु प्रशस्तै देख्दै आइरहेका छौं । तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल । सिकाट्राइसियल मा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन–सिकाट्राइसियल मा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे वा खोइरो भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण पनि देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिए पछि रौंका जरा नै नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । यो सिकाट्राइसियल अन्तर्गत पर्दछ । नन सिकाट्राइसियल रोग मा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।
    उपचार :

    • एलोपेसिया एरेटा : टाउको मा सानो सानो भाग मा केही कपाल झरेर चिल्लै देखिने वा दाद भए झैं खोइरो लागे जस्तो देखिने समस्या लाई एलोपेसिया एरेटा भनेर चिनिन्छ । यो रोग थाइरोइडका रोगहरु, दुबी तथा मानसिक तनावको कारण सँग सम्बन्धित छन् । यदि सम्बन्धित रोगहरु को उपचार भयो भने खाली भएको ठाउँ मा विस्तारै कपाल उम्रन थाल्दछ । स्टेरोइड, सोरालिन आदि उपचारमा प्रयोग गरिने औषधिहरु हुन् । पूरै कपाल झरेमा नक्कली कपाल भएको टोपी (विग) प्रभावकारी देखिन्छ।
    • एन्ड्रोजेनिक एलोपेसिया : एसलाई पुरुष प्रकार को खुइले रोग पनि भनिन्छ । यो प्रायःजसो वंशाणुगत रुपमा आउने गरेको पाइएको छ । तथापि पुरुष हर्मोन बढी हुने महिला मा पनि यो देखिएको छ । पुरुष मा कुनै परीक्षण आवश्यक नभए पनि महिलामा भने पुरुष हर्मोन निकाल्ने ट्युमर छ कि छैन भनी परीक्षण गर्नु पर्दछ । पुरुष को हकमा मिनोजिडिल (२–५ प्रतिशत) नामक औषधि को प्रयोग ले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा एसकै प्रभाव ले नयाँ कपाल पलाएको पनि पाइएको छ तर यो दीर्घकालीन भने देखिएको छैन किनकि औषधि बन्द गर्ने बित्तिकै फेरि कपाल झर्न थाल्छ । तेसैले प्रयोगकर्ता ले जीवनभर यो औषधि प्रयोग गर्नुपर्ने हुन्छ । फिनासटराइड नामक औषधि को पनि प्रयोग लाभदायक देखिन्छ । विग तथा सर्जरी अन्य विकल्प हुन सक्छन् ।
    • टेलोजेन इफ्लुभियम नामक कपाल झर्ने समस्या मुख्यतया संक्रमण (टाइफाइड, औलो, डेँगु), तालु को अप्रेशन, चोटपटक, परीक्षा को तनाव, तनावयुक्त वैवाहिक सम्बन्ध, प्रसव पीडा आदि सँग सम्बन्धित देखिएको छ । ती समस्या को मानवीय निराकरण पहिलो उपचार हो । २ – ३ महिना पछि कपाल झर्न बन्द हुन्छ तर कतिपय मा पनि पहिले कै अवस्थामा नआउने पनि हुन सक्छ ।
    • ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वात्तै बढेको पाइएको छ । कपाल सिधा पार्न प्रयोग गरिने प्रविधि हट कम्बिङ एसको मुख्य दोषी हो । कपाल कोर्ने स्टाइल परिवर्तन नै एसको उपचार हो ।
    • ट्राइकोटिलोम्या निया नामक कपाल झर्ने समस्या युवा अवस्था का केटीहरु मा बढ्ता पाइएको छ । दुखाई कम गर्न कपाल उखाल्ने यो एक मानसिक समस्या हो । बिरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ ।
    • छालाका संक्रमण जस्तैः रौंका जराहरुको संक्रमण, ढुसीको संक्रमण, सोरियासिस तथा कुष्ठरोगमा पनि यो देखिएको छ । कारणहरुको उपचार पश्चात् स्वतः कपाल पलाएको पाइन्छ ।
    • बच्चाहरुमा कुपोषणका कारण पनि कपाल झरेर तालु खुइलिएको पाइएको छ । यदि उनीहरु लाई पोषणयुक्त सन्तुलित खाना दिने हो भने बिस्तारै कपाल पलाउँदै तालु खुइलिएको बाट राहत मिल्न सक्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper