ठेउला (Chicken pox)

संपरीक्षक डा. संगीता बराल, छाला तथा यौनरोग विशेषज्ञ

    परिचय :

    गर्मी मौसम सँगै एक प्रकार को भाइरस को संक्रमण का कारण ठेउला देखा पर्छ । भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण बाट हुने यो रोग को शुरु मा छाला मा मसिना बिबिरा देखिन्छन् । यो प्रायः गरेर अनुहार, घाँटी, छाती, पेट र पिठ्यूँ मा हुने एक प्रकार को खतरनाक छाला को रोग हो । एसले अनुहार लाई दागी बनाएर छोड्न पनि सक्छ । यो रोग विशेष गरी स-साना केटाकेटीहरु मा बढ्ता देखिने गर्दछ । यो रोग लागेका बिरामी लाई जहाँ पायो उहीं हिँड्ने, जसको पायो उसैको बिस्तरा मा सुत्ने, अरु का कपडा लगाउने गर्न दिनु हुँदैन । यो हावा तथा प्रयोग गरेका लत्ताकपडा आदि का माध्यम बाट अरु व्यक्तिहरु लाई सर्ने गर्दछ ।

    एसलाई अंग्रेजी मा चिकन पक्स (Chicken Pox) का नाउँ ले चिनिन्छ । ठेउला को रोकथाम का लागि खोप लगाउने प्रचलन भए पनि कतिपय खोप नलगाएका र खोप लगाएका पनि मध्ये पनि केही प्रतिशत मा ठेउला निस्कने गरेको पाइएको छ । यो अत्यन्त छिटो फैलने संक्रामक रोग हो । भेरिसेला जोष्टर भाइरस को संक्रमण भएको १० देखि २१ दिन भित्र एसका लक्षणहरु देखा पर्छन् ।

     

    कारण

    एसको मूल कारण भनेकै भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण हुनु हो । यो भाइरस ले तिब्रतर रूप मा एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने क्षमता राख्दछ । गर्मी मौसम एस भाइरस का लागि अनुकूल मौसम हो । राम्रो सरसफाई नगर्नु, ननुहाउनु, बाह्य हावा को संसर्ग मा बढ्ता आउनु तथा ठेउला का बिरामी सँग को उठबस यो रोग लाग्नु को कारण बन्न सक्छ ।

     

    लक्षण

    शरीर मा बिबिरा निस्कनु भन्दा अगाडी तलका लक्षण देखिन सक्छन्-

    • जीऊ भारी हुनु ।
    • ज्वरो आउनु ।
    • मांसपेशी दुख्नु ।
    • भोक नलाग्नु ।
    • बान्ता हुन खोज्नु ।

    बिबिरा देखिन थाले पछि का लक्षणहरु एस्ता हुन्छन्-

    • शरीर का केही भाग देखि लिएर शरीर भरि मसिना बिबिराहरु छरिएर निस्कन्छन् ।
    • प्रायः गरेर अनुहार, घाँटी, छाती, पेट र पिठ्युँ मा बिबिरा बढ्ता देखिन सक्छन् ।
    • बिबिरा साना, राता र चिलाउने खालका हुन्छन् ।
    • बिबिरा ले डाब्रा को रूप पनि लिन सक्छ ।
    • दुई दिन मा बिबिरा को मुख मा सुकेका पाप्रा देखिन थाल्छन् ।
    • पाप्रा परेको १० दिन मा पाप्राहरु आफ से आफ झरिसक्छन् ।
    • पुराना बिबिरा सुक्ने र नयाँ बिबिरा आउने क्रम चलिरहन सक्छ ।
    • रोग ले गम्भीर रूप लिएको खण्ड मा श्वासप्रश्वास मा असहजता हुन सक्छ ।

     

    रोग को निदान

    चिकित्सक ले छाला मा भएका बिबिरा को अवलोकन गरेर तथा बिरामी का लक्षणहरु का बारे मा अवगत गरेर ठेउला को निदान गर्न सक्छन् । एसका लागि कुनै विशेष जाँच को आवश्यकता पर्दैन ।

     

    जोखिम

    एक वर्ष भन्दा साना बालबालिका तथा वयस्क मानिसहरु लाई यो रोग ले समस्या मा पार्न सक्छ भने गर्भवती महिला तथा रोग प्रतिरोध क्षमता शक्ति कमजोर भएका व्यक्तिहरु यो रोग लाग्ने उच्च जोखिम मा हुन्छन् । ठेउला लाग्दा राम्रो हेरविचार गरिएन भने ठेउला का कारण कतिपय मा न्यूमोनिया, इन्सेफ्लाइटिस तथा छाला का अन्य रोगहरु निम्तिने जोखिम रहिरहेको हुन्छ ।

     

     

    उपचार

    ठेउला का लागि विशेष औषधि छैन । यो भाइरस बाट हुने भएकाले एन्टिबायोटिक ले एसमा काम गर्दैन । तर चिकित्सक को सल्लाह लिएर ठेउला बाट हुने जोखिम न्यूनीकरण गर्न एन्टिबायोटिक को प्रयोग गर्न सकिन्छ । ठेउला हुँदा बढ्ता झोलिला कुरा खाने, सरसफाई मा ध्यान दिने गर्नु राम्रो हुन्छ । दुखाई कम गर्न तथा ज्वरो घटाउन एस्पिरिन बाहेक का प्यारासिटामोल, इबुप्रोफेन जस्ता औषधि दिन सकिन्छ । चिलचिलाहट घटाउन का लागि क्यालामिन लोशन, एन्टिहिस्टामिन औषधि आदि उपयोगी हुन सक्छन् ।

     

    रोकथाम

    ठेउला का कारण ले पनि कतिपय को ज्यानै जाने भएकाले यो रोग लाग्न दिनु भन्दा पहिल्यै एसको रोकथाम गर्नु बुद्धिमानी ठहर्छ । तेसैले आफ्ना बालबच्चा लाई एसको रोकथाम होस् भनेर दुई पटक खोप लगाउनु पर्छ । पहिलो खोप १२ देखि १५ महिना भित्र र दोस्रो खोप ४ देखि ६ वर्ष को उमेर मा दिने गरिन्छ । नेपाल सरकार ले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप लगाउँदा पनि ठेउला आउन सक्ने सम्भावना भए पनि खोप लगाएका मानिस लाई ठेउला ले कडा रूप लिन पाउँदैन ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper