चिलाउने रोग (Itching)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D., Dermatologist

     

    परिचय :

    छालाको बाहिरी सतह मा असहज अनुभव हुने र कन्याउन मन लाग्ने समस्या लाई चिलाउने रोग लागेको भनिन्छ । यसरी चिलाउनुका धेरै कारण हुन सक्छन् । कतिपय चिलाउने समस्या एकदमै सामान्य पनि हुन सक्छन् कन्याइदियो सक्कियो । तर कतिपय एस्ता समस्या अन्य रोग को लक्षण का रुप मा हामीले अनुभव गरेका हुन्छौं । ती सामान्य देखि असामान्य सम्मेन् हुन सक्छन् । सामान्यतया चिलाउनुको प्रमुख कारण छाला सम्बन्धी रोग नै हो तर छाला बाहेक अन्य रोग लाग्दा एक प्रकार को लक्षण का रुप मा चिलाउने समस्या देखा पर्ने पनि हुन्छ ।

     

    चिलाउनुको कारण :

    शरीर चिलाउनुका अनेक कारण हुन सक्छन् । तिनलाई छोटकरीमा एसरी टिप्न सकिन्छ –

    • छाला सुख्खा हुनु : छाला मा तैलीय पदार्थ को कमी भयो भने वा दैनिक रुप मा सामान्य किसिमका साबुन ले नुहाउने बानी छ भने छाला सुख्खा हुन्छ र चिलाउने गर्छ । छाला सुख्खा हुने समस्या जाडो याम मा बढ्ता देखिन्छ ।
    • छालासँग सम्बन्धित रोगहरु लाग्दा : छालासँग सम्बन्धित रोगहरु एक्जिमा, दाद, लुतो, चायाँ, घमौरा आदिमा पनि चिलाउने गर्छ ।
    • अन्य समस्या तथा रोगहरु हुँदा : मिर्गौला ले काम नगर्दा, कजेजो कमजोर हुँदा, फलाम को कमीका कारण हुने रक्ताल्पता मा, रक्त क्यान्स मा, थाइरोइड सम्बन्धी समस्या मा, चिनीरोग, ठेउला, जनै खटिरा आदि हुँदा पनि छाला चिलाउने सम्भावना हुन्छ ।
    • परजीवीहरु ले टोक्दा : जुम्रा, उडुस, उपियाँ, जुका आदि का कारण पनि चिलाउँछ ।
    • टोकाई : लामखुट्टे कीरा फट्यांग्रा आदि ले चिल्दा पनि चिलाउँछ ।
    • एलर्जी : शृंगार का सामान घाम धूलो साबुन औषधि ऊन आदिको सम्पर्क मा आउँदा पनि चिलाउँछ ।
    • गर्भावस्था : गर्भावस्था मा शरीर मा हुने हर्मोनल परिवर्तन ले पनि चिलाउने गर्छ भने तल्लो पेट को मांसपेशी अत्यधिक फुक्नु पर्दा पनि त्यो ठाउँ मा चिलाउँछ ।

     

    जिउ धेरै चिलाएमा के नगर्ने ?

    १. कन्याउँदा छाला लाई क्षति पुग्ने गरी कोतर्नु हुँदैन ।

    २. कन्याउँदा छाला मा घाउ लाग्ने गरी नङ गाड्नु वा अन्य सफा नगरिएका वस्तु को प्रयोग गर्नु हुँदैन।

    ३. ऊनी, नाइलन वा अन्य खस्रो लुगा सिधै छाला मा टाँसिने गरेर लगाउनु हुँदैन ।

    ४. लामो समयसम्म घाम वा धूलो धुवाँ भएको वातावरण मा बस्नु हुँदैन ।

    ५. हरेक दिन नुहाउने र नुहाउँदा साबुन प्रयोग गर्ने गर्नु हुँदैन ।

    निदान कसरी गरिन्छ ?

    सामान्य रुपमा चिलाएको छ र कन्याए पछि आराम मिलेको छ भने यो डाक्टरको मा पुग्नु पर्ने समस्या नहुन सक्छ तर पूरै जिउ चिलाउने, जिउमा डाब्रा देखिने, ज्वरो आउने, दुब्लाउने जस्ता लक्षण देखिएमा डाक्टर लाई देखाउनु आवश्यक हुन्छ । डाक्टर ले रक्ताल्पता भए नभएको जान्न, रगत मा सेता रक्तकोष को संख्या पत्ता लगाउन, चिनी को मात्रा हेर्न रगत को जाँच गराउने छन् । थाइरोइड को फंक्शन टेष्ट तथा कलेजो को फंक्शन टेष्ट पनि गराउने छन् ।

     

    उपचार :

    चिलाउनुको कारण पत्ता लागिसके पछि सो कारण को उपचार गरेपछि चिलाउने समस्या आफसेआफ हराएर जान्छ । यदि एलर्जी का कारण चिलाउने समस्या भएको हो भने डाक्टर ले एन्टिहिस्टामिन दिन सक्ने छन् । तेसै गरेर रक्ताल्पता का कारण भएको चिलाउने समस्या हटाउन फलाम को चक्की खान दिने छन् ।

     

    रोकथाम :

    चिलाउने समस्या नआओस् भन्नका लागि निम्न कुराहरु अपनाउनु जरुरी छ –

    • जाडो समय मा तथा नुहाए पछि म्वाइस्चराइजर को प्रयोग गर्नुहोस् ।
    • छाला लाई सुख्खा हुन नदिनुहोस् ।
    • ऊनी, नाइलन वा अन्य खस्रा लुगा सोझै छाला मा टाँसिने गरेर नलगाउनुहोस् ।
    • भित्री वस्त्र का रुप मा कटन को कपडा लगाउनुहोस् ।
    • जस्तोपायो उस्तै कस्मेटिक नलगाउनुहोस् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper