गर्भावस्था (Pregnancy)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    वयस्क युवायुवति का बीच यौन समागम पश्चात् युवति को पाठेघर मा शुक्रकीट र डिम्ब का बीच मिलन भई युवति मा गर्भ रहन सक्छ । एसरी गर्भ रहना साथ युवति को महिनाबारी रोकिन्छ । शुरु का दिन मा युवति लाई वाकवाकी लाग्ने र अमिलो खान मन लाग्ने हुन्छ । झण्डै ९ महिना १० दिन वा ४० हप्ता सम्म सो गर्भ युवति को पाठेघर भित्र हुर्कंदै जान्छ । युवति को पेट ठूलो हुँदै जान्छ । युवति को यही अवस्था लाई गर्भावस्था भनिन्छ । पेट भित्र हुर्किएको गर्भ लाई भ्रूण भनिन्छ । भ्रूण पूर्ण रूप ले हुर्किए पछि अर्थात् ४० हप्ता को वरिपरि मा बाहिर निस्कन्छ जसलाई हामी सुत्केरी भएको वा प्रसूति भएको भनेर जान्दछौं ।

    गर्भावस्था का बेला गर्भवती महिला लाई राम्रो हेरचाह गर्नु आवश्यक हुन्छ । उनको पेट भित्र हुर्कंदै गरेको बच्चा लाई समेत पौष्टिक आहार चाहिने हुँदा महिला लाई त्यो समय मा धेरै पौष्टिक आहार चाहिने हुन्छ । रगत बढाउने खानेकुरा को आवश्यकता पर्छ । धेरै परिश्रम गर्दा वा गह्रौं वस्तु उचाल्दा वा चोटपटक लाग्दा गर्भ खस्ने सम्भावना हुन्छ । त्यो बेला मा मृत भ्रूण बाहिर निस्कन्छ । महिला लाई धेरै शारीरिक समस्या निस्कन सक्छन् । जसलाई हामी गर्भ तुहेको भन्छौं । एसो नहोस् भन्नका लागि गर्भावस्था मा बढ्ता परिश्रम पर्ने खाल का कामहरु नगर्नु जाति हुन्छ ।

     

    सामान्य लक्षणहरु

    ९ महिना १० दिन लामो गर्भावस्था लाई पहिलो दोस्रो र तेस्रो गरी तीन त्रैमासिक मा बाँड्न सकिन्छ । प्रत्येक त्रैमासिक मा गर्भवती का लक्षणहरु फरक फरक हुन्छन् । यी लक्षणहरु स्वाभाविक भएकाले इनको अनुभव हुँदा डराउनु पर्दैन ।

    पहिलो त्रैमासिक (गर्भावस्था को शुरु को समय)

    पहिलो त्रैमासिक मा पनि गर्भ रहेको पहिलो साता महिला का लागि निकै महत्त्वपूर्ण हुन्छ । कतिपय लाई असुरक्षित यौन सम्बन्ध का कारण गर्भ रह्यो कि भन्ने आशंका हुन्छ भने कतिपय लाई बच्चा पाउने रहर ले गर्भ रहिदिए हुन्थ्यो भन्ने चाहना हुन्छ । तेसैले यहाँ प्रथमतः पहिलो साता मा हुने लक्षणहरु दिइएका छन्

    • टाउको भारी हुनु । दुख्नु । तर यो लक्षण पछि पछि हराएर जान्छ ।
    • चक्कर आउन खोजे जस्तो महसूस हुन्छ ।
    • कम्मर वा ढाड दुख्न सक्छ ।
    • योनी को मुख मा हलुका रगत देखिन सक्छ ।
    • वाकवाकी लाग्ने वा मुख बाट भुलुक्क वान्ता आउन सक्छ ।
    • मुख को स्वाद अनौठो हुन्छ । कसैलाई खाना बढ्ता रुच्न थाल्छ भने कसैलाई कम रूच्न थाल्छ ।
    • अनौठा सपना देखिन्छन् ।
    • अनुहार उज्यालो देखिन्छ ।

    एसरी पहिलो साता बित्नुसँगै शुरु का तीन महिना मा थप अनेक लक्षण देखिन्छन् ।

    • कुनै कुनै खानेकुरा को गन्धै मन नपर्ने पहिला भन्दा गन्ध सुँघ्ने क्षमता बढेको महसूस हुन्छ ।
    • बढ्ता पिसाब लाग्न सक्छ ।
    • कुनै कुरा खान मन नलाग्ने र कुनै कुरा अति धेरै खान मन लाग्ने हुन सक्छ ।
    • शरीर को तापक्रम सामान्य भन्दा बढ्ता हुन्छ ।
    • महिनाबारी रोकिन्छ ।

    दोस्रो त्रैमासिक (गर्भावस्था को मध्य को समय)Related image

    • पेट ठूलो हुन थाल्छ ।
    • स्तन को आकार पनि बढ्दै जान्छ र कोमल बन्दै जान्छ ।
    • दूध का मुन्टा बढ्न थाल्छन् ।
    • दूध का मुन्टा वरिपरि को रङ थप गाढा देखिन्छ ।
    • शरीर को तौल करीब १ देखि ५ किलो ले बढ्छ ।
    • पेट पोल्ने र कब्जियत हुने हुन सक्छ ।
    • जीऊ भारी भएको महसूस हुन्छ ।
    • पेट मा बच्चा चलेको आभास हुन्छ ।
    • श्वासप्रश्वास मा तिब्रता आउँछ ।

    तेस्रो त्रैमासिक (गर्भावस्था को अन्तिम समय)

    • हात गोडा सुन्निन सक्छन् ।
    • छाला तन्कन र फाटेको देखिन थाल्छ ।
    • अनुहार मा पोतो देखिन सक्छ ।
    • हाच्छ्यूँ गर्दा वा हाँस्दा थोरै पिसाब चुहिन सक्छ ।
    • सुत्न गाह्रो हुन्छ ।
    • पिसाब रोक्न गाह्रो हुन्छ ।
    • तल्लो पेट थोरै तल झरेको महसूस हुन्छ । एसपछि भने कब्जियत र छाती पोल्ने समस्या केही कम हुन्छ ।

     

     

    असामान्य लक्षणहरु

    गर्भावस्था मा हुँदा राम्रो ध्यान दिइएन र जीवनशैली मा सुधार गरिएन भने असामान्य लक्षणहरु देखिन सक्छन् । तल दिइएका लक्षणहरु देखिनासाथ तुरुन्त डाक्टर को सल्लाह लिनु उचित हुन्छ –

    • पेट को मध्य या माथिल्लो भाग मा पीडा हुनु । शुरु का ४ महिना सम्म एस्तो हुनु एसिडिटी तथा अपच को संकेत हो भने पछिल्ला महिना मा एस्तो हुनु प्री-एक्लेमप्सिया को संकेत हुन सक्छ ।
    • पेट को तल्लो भाग मा पीडा हुनु । गर्भावस्था को मध्य पार गरिसके पछि यदि पेट को तल्लो भाग मा पीडा भयो भने त्यो समय भन्दा पहिल्यै बच्चा हुने संकेत सँगै अन्य चिन्ताजनक कारण पनि हुन सक्छन् ।
    • ज्वरो आउनु ।
    • दृष्टि अथवा आँखा सँग जोडिएका समस्या देखिनु ।
    • लगातार लामो समय सम्म कडा किसिम को टाउको दुखाई हुनु ।
    • योनि बाट ज्यादा रक्तस्राव हुनु ।
    • अचानक धेरै तिर्खा लाग्नु । गर्भावस्था मा धेरै तिर्खा लाग्यो र पिसाब पहेंलो रंग को देखियो भने तपाईं को शरीर मा पानी को कमी भएको छ भन्ने बुझिन्छ । अर्को यो गर्भावधि मधुमेह अर्थात् जेस्टेशनल डायबिटिज को संकेत पनि हुन सक्छ ।
    • पिसाब गर्दा पीडा हुनु ।
    • धेरै उल्टी हुनु ।
    • बेहोश हुनु वा चक्कर आउनु ।
    • पेट को बच्चा कम चल्नु । २१ साता नाघे पछि यदि २४ घण्टा भन्दा बढी समय सम्म पनि पेट को भ्रूण चलेको महसूस भएन भने भ्रूण कुनै समस्या मा भएको थाहा हुन्छ ।

     

    स्वयं को हेरचाह र अपनाउनु पर्ने जीवनशैली

    गर्भावस्था भनेको एउटा संवेदनशील समय हो । यदि ध्यान दिन सकिएन भने एसले जटिल अवस्था सिर्जना गर्न सक्छ । शुरु देखि नै अनुभवी प्रसूति डाक्टर सँग जँचाउने र डाक्टर को सल्लाह मुताबिक फलाम तथा अन्य पोषक तत्त्व को सप्लिमेन्ट खाने र नियम मा रहने गर्नु आवश्यक हुन्छ । धुम्रपान नगर्ने, मद्यपान त्याग्ने, बढी परिश्रम हुने काम नगर्ने, सन्तुलित पौष्टिक खानेकुरा खाने जस्ता कुराहरु मा ध्यान दिनु पर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper