अनिद्रा (Insomnia)

संपरीक्षक डा. देशराज बहादुर कुँवर, वरिष्ठ मानसिक रोग विशेषज्ञ

     

    परिचय :

    अनिद्रा भनेको नींद नलाग्नु अर्थात् सुत्न नसक्नु हो । ओछ्यान मा पल्टे पनि ब्यूँझै हुनु वा राम्ररी ननिदाउनु भनेको एक दुई रात का लागि खासै ठूलो समस्या होइन तर यही अवस्था लामो समय सम्म रहिरह्यो भने तेस्तो अवस्था लाई अनिद्रा अर्थात् इन्सोम्निया भएको भनिन्छ । अनिद्रा भनेको कतिपय रोग को लक्षण हो भने कतिपय रोग को जननी । तेसैले अनिद्रा लाई सामान्य रुप मा हेर्नु हुँदैन ।

    अनिद्रा का कारण बिरामी लाई आवश्यकतानुसार विश्रान्ति मिल्दैन र मानसिक स्वास्थ्य माथी नकारात्मक असर पर्न थाल्छ । मानसिक स्वास्थ्य बिग्रँदै गए पछि तेसको प्रभाव शरीर माथी पनि पर्न थाल्छ । सामान्यतया थोरै अनिद्रा हुँदा पनि रोगी का मन मा चिंता उत्पन्न हुन्छ र रोग मा अरु वृद्धि हुने सम्भावना रहन्छ । अनिद्रा सँग सम्बन्धित समस्या का तीन तह हुन्छन्-

    १. अस्थायी अनिद्रा : जब अनिद्रा दुई तीन रात भन्दा बढी रहँदैन तेसलाई अस्थायी अनिद्रा भनिन्छ ।

    २. एक्यूट अनिद्रा : जब अनिद्रा केही हप्ता सम्म जारी रहन्छ तेसलाई एक्यूट अनिद्रा भनिन्छ ।

    ३. क्रोनिक अनिद्रा : जब अनिद्रा महिनौं वा वर्षौं सम्म रहन्छ तेसलाई क्रोनिक अनिद्रा भनिन्छ ।

    अनिद्रा रोग जुनसुकै उमेर का व्यक्ति लाई लाग्न सक्छ । यो वयस्क पुरुष का तुलना मा वयस्क महिला मा अधिक देखिन्छ । अनिद्रा ले गर्दा मानिस मा चिडचिडापन, एकाग्रता को समस्या, स्मरण सम्बन्धी समस्या देखिन थाल्छन् । अनिद्रा का कारण प्रतिरक्षा प्रणाली को कार्यक्षमता मा समेत ह्रास आउँछ ।

     

    अनिद्रा का प्रकार :

    अनिद्रा चार प्रकार का हुन्छन् –

    • ढिलो सम्म नींद नआउनु ।
    • सुतेका बेला समय समय मा निद्राभंग हुनु ।
    • सुतेको केही बेर पछि नै ब्यूँझनु र पुनः ननिदाउनु ।
    • बिलकुलै नींद नलाग्नु ।

     

    कारण :

    अनिद्रा का कारणहरु विभिन्न हुन हुन्छन् –

    • बाह्य कारण : सुत्ने बिस्तरा तथा ओड्ने लुगाको असहजता, बढ्ता गर्मी वा जाडो को समस्या, हल्लाखल्ला, चर्को उज्यालो आदि का कारण निद्रा नलाग्न सक्छ ।
    • विभिन्न शारीरिक रोग : बहुमूत्रता, खोकी तथा चोटपटक लाग्नु, पोल्नु जस्ता शारीरिक समस्या ।
    • मानसिक अवस्था : आवेग, तनाव क्रोध, मनस्ताप, निराशा, परीक्षा, नूतन प्रेम, अतिहर्ष, अतिखेद आदि । आत्मीय व्यक्ति को मृत्यु, जागीर को समस्या, पारिवारिक सम्बन्ध मा कटुता आदि ले निद्रा मा नकारात्मक प्रभाव पार्ने गर्छन् । जसका कारण अनिद्रा को समस्या देखा पर्छ ।
    • सुत्ने खराब आदत : प्रायः पल्टिरहने बानी, दिन मा सुत्ने आदत, सुत्नुभन्दा पहिले निद्रा प्रतिकूल गतिविधि, सुत्नु भन्दा पहिले स्क्रीन मा गेम खेल्नु तथा मोबाइल को अत्यधिक प्रयोग गर्नु पनि अनिद्रा का कारक तत्त्व हुन् ।
    • शारीरिक परिश्रम को कमी : निष्क्रिय जीवनशैली पनि अनिद्रा को एउटा कारण हुन सक्छ ।
    • विभिन्न मानसिक रोग : पागलपन, विकृत चेतना तथा उन्माद जस्ता मानसिक रोग ।
    • औषधि तथा हर्मोन को प्रभाव : कतिपय औषधि को सेवन तथा शरीर मा हर्मोन को उतारचढाव का कारण पनि मानिस मा अनिद्रा को समस्या देखिन सक्छ ।

     

    अनिद्रा का लक्षण :

    • अक्सर रात मा नीँद नआउनु का कारण मानिस मा अनेक मानसिक समस्या देखिन सक्छन् ।
    • दैनिक क्रियाकलाप लाई व्यवस्थित रुप ले सम्पन्न गर्न नसक्नु ।
    • बढ्ता रिसाउने, झर्कने स्वभाव देखिनु ।
    • स्मरण शक्ति मा ह्रास आउनु ।
    • सामाजिक हुन नसक्नु ।
    • प्रायजसो थाकेको जस्तो पल्टिरहने स्वभाव को विकास हुनु ।

     

    अनिद्रा को निदान :

    चिकित्सक ले बिरामी को अनिद्रा को समस्या बुझ्न का लागि जीवनशैली को पूर्व इतिहास का बारे मा सोध्ने छन् र आवश्यक परेमा शारीरिक परीक्षण समेत गराउने छन् ।

    • शारीरिक परीक्षण : शरीर मा भएको हर्मोन को उतारचढाव का कारण पनि अनिद्रा हुने तथा अनिद्रा का कारण हर्मोन को स्तर मा उतारचढाव हुने देखिएको हुनाले डाक्टर ले थाइरोइड को जाँच तथा विभिन्न हर्मोन को स्तर मापन गर्न गराउन सक्छन् ।
    • बिरामी को निद्रा को अवस्था का बारे मा जानकारी लिएर अनिद्रा को समस्या अल्पकालीन हो वा दीर्घकालीन हो पत्ता लगाउन सक्छन् ।
    • स्लीप डायरी बनाउन लगाउँछन् वा एक रात स्लीप सेन्टर मा राखेर मस्तिष्क का तरंग, श्वासप्रश्वास को गति, मुटु को धडकन आदि को रिकर्ड गराउन सक्छन् ।

     

    अनिद्रा को उपचार :

    • निद्रा लगाउने औषधि को प्रयोग : डाक्टर ले केही औषधि छोटो समय का लागि र केही औषधि लामो समय का लागि प्रेस्क्राइब गर्न सक्छन् । तर निद्रा लगाउने औषधि का अनेक दुष्प्रभाव हुन सक्छन् । एक त बिरामी इनको आदी हुन सक्छ र अर्को बिरामी दिउँसो पनि अर्धचेतनावस्था मा रहने खतरा बढ्न सक्छ । तेसैले डाक्टर ले बिरामी लाई पूर्ण रुप ले औषधि मा निर्भर गराउँदैनन् ।
    • संज्ञानात्मक व्यावहारिक उपचार : मन मा उठ्ने नकारात्मक विचारहरु तथा क्रिया लाई नियन्त्रण गर्न यो उपचार ले मद्दत गर्दछ । नियमित योग तथा ध्यान को प्रयोग ले पनि अनिद्रा बाट बच्न सकिन्छ ।

     

    अनिद्रा को समस्या बाट बचावट :

    • सुत्ने र उठ्ने समय लाई सकेसम्म नियमित बनाउने प्रयास गर्ने ।
    • बिस्तरा मा बसेर मोबाइल चलाउने, टीभी हेर्ने, खाने आदि काम नगर्ने ।
    • सक्रिय जीवनशैली अपनाउने ।
    • कफी तथा अल्कोहल को सेवन घटाउने वा बन्द गर्ने ।
    • सुत्नु भन्दा अगाडी तातो दूध सेवन ले छिटो र मीठो नीँद लाग्ने सम्भावना हुन्छ ।
    • केरा खानु तथा हर्बल चिया पिउनु पनि मीठो नीँद का लागि सहयोगी हुन सक्छन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper