- मिर्गौला मा हुने रक्त प्रसारण मा कमी हुन सक्ने कारणहरू ले-
- रगत को कमी
- शरीर मा अत्यधिक रुप ले पानी को कमी
- मुटु को रोग
- न्यून रक्तचाप
- मिर्गौला मा क्षति
- निमोनिया, रक्त संक्रमण, औलो जस्ता संक्रामक रोग
- मिर्गौला सुन्निनु– मुख्य गरेर छाला या मुटु रोग मा
- औषधि सेवन– एस्पिरिन, इबूप्रोफेन जस्ता दुखाई कम गर्ने औषधि,, क्यान्सर मा प्रयोग गरिने औषधि तथा एन्टीबायोटिक
- विषैला कुरा– कोकेन, लीड जस्ता धातु, लिथियम, प्रोपाइलिन ग्लाइकोन
- लुपस, भ्यास्कुलिटिस जस्ता शरीर ले आफ्नै तन्तु आफै नस्ट गराउने रोगहरु
- धमनी र शिराहरु मा रगत जमेर फाल्सा बन्नु
- मल्टिपल माइलोमा
- मूत्र विसर्जनमा अवरोध
- मूत्राशय, मूत्रनली या पेल्भिक अंगको क्यान्सर
- प्रोस्टेट ग्रन्थीको सुजन
- मिर्गौलामा पत्थर
- मूत्रनलीमा रगतका फाल्सा
- दीर्घ रोगहरु
- मधुमेह
- रक्तनशा सम्बन्धी रोग
- उच्च रक्तचाप
- मुटु को खराबी
- पिशाब कम हुँदै जानु
- हात खुट्टाहरु सुन्निनु
- दिगमिग हुनु तथा वान्ता गर्नु
- फोक्सो मा पनि पानी संचित हुन जानाले श्वासप्रश्वास मा असहजता हुनु
- जब मिर्गौला समस्या अरु बढ्छ
- तन्द्रा तथा भ्रम
- छाती को दुखाई, रक्तचाप र हृदयाघात
- थकान
- बेहोश
- रक्त परीक्षण :
- ग्लोमेरुलर फिल्ट्रेशन दर (जीएफआर) : निश्चित समय को अन्तरालमा मिर्गौला को सूक्ष्म एकाईले छानेको रगतको परिमाण पत्ता लगाउने
- सिरम युरिया, क्रियटिनिन जाँच
- चिनी को मात्रा, नून, क्याल्शियम, इन्जाइम आदि को जाँच
- रक्तकोषहरु को गणना सेता रक्तकण (WBC), राता रक्तकण (RBC), र हेमोग्लोबिन
- पिसाब परीक्षण : पिसाब को रुटिन जाँच, पिसाब मा प्रोटीन को मात्रा, पिसाब मा रगत को मात्रा
- छाया चित्र : पेट को एक्स–रे, मिर्गौला को अल्ट्रासाउण्ड, सीटी स्क्यान (CT Scan) र एमआरआई (MRI)
- ईसीजी र इको
- बायोप्सी– मिर्गौलाबाट केही टिस्सू निकालेर परीक्षण गर्नु
- प्रारम्भिक चरण मै मिर्गौला को समस्या थाहा भयो र त्यसलाई बढावा दिने मधुमेह, उच्च रक्तचाप तथा पिसाब को अवरोध सम्बन्धी समस्या हुन दिइएन भने मिर्गौला को उच्च खराबी हुने समस्या आउंदैन ।
- आफुले खाइरहेका औषधिहरु मिर्गौला लाई हानि तथा मिर्गौला को काम मा अवरोध पुर्याउने खालका छन् छैनन् सो बारे मा डाक्टर सँग परामर्श गर्नु पर्छ । डाक्टर को प्रेस्क्रिप्सन बिना लिइने औषधि तथा दुखाई कम गर्ने औषधिहरु यसका लागि जिम्मेवार हुन सक्छन् ।
- आफ्नो जीवनशैली मा परिवर्तन । रक्तनली सम्बन्धी रोग नहोस् भन्ने उद्देश्य ले स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, धुम्रपान र रक्सी सेवन नगर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि बानी बसाल्नु पर्छ ।
परिचय :
मिगौला को खराबी भन्नाले मिर्गौला ले राम्ररी रगत छान्न नसक्नाले रगत मा भएको विकार पदार्थ तथा पानी बाहिर फ्याँकिन नसक्नु हो । मिर्गौला को एस प्रकार को खराबी केही घण्टा वा केही दिन या लामै समय पनि देखिन सक्छ । जब मिर्गौला ले अचानक काम गर्न छाड्छ त्यसलाई मिर्गौला को तत्कालीन वा तीव्र खराबी मानिन्छ । जब मिर्गौला ले सुस्तसुस्तै काम गर्न नसक्ने हुँदै जान्छ र खराबी बढ्दै जान्छ त्यसलाई दीर्घ मिर्गौला रोग भनिन्छ । तीव्र मिर्गौला खराबी मुख्य गरेर अस्पताल मा भर्ना भएका र आइसीयू मा उपचाररत विरामीहरु मा देखिन सक्छ । यदि तपाईं स्वस्थ र जवान हुनुहुन्छ भने त्यस किसिम को मिर्गौला खराबी राेग हेरेर सहजै निको हुन पनि सक्छ र कुनै कमजोरी छ भने विस्तारै बढ्दै जाने मिर्गौला रोग का रुप मा देखा पर्न पनि सक्छ । मिर्गौला रोग हुने सम्भावना मा उमेर र अन्य शारीरिक समस्या को महत्त्वपूर्ण भूमिका हुन्छ । जब मिर्गौला ले काम गर्न पूरै बन्द गर्यो भने विरामी को डायलिसिस उपचार द्वारा शरीर मा भएका अनावश्यक पदार्थ लाई बाहिर फालेर नून–पानी को सन्तुलन मिलाउने काम गरिन्छ ।
मिर्गौला खराब हुनुका कारणहरू :
मिर्गौला खराबी का पछाडी तल उल्लेख गरिएका विभिन्न कारणहरु हुन सक्छन्–
लक्षणहरु :
यस रोग को प्रारम्भिक चरण मा कुनै विशेष लक्षणहरु देखिँदैनन् । तर जब रोग बढ्न थाल्छ तब तलका लक्षणहरु देखिन सक्छन्–
अक्सर गरेर कुनै लक्षण नदेखिए पनि मिर्गौला खराबी रुटिन रक्त परीक्षणबाट पत्ता
लाग्दछ ।
रोग को निदान :
डाक्टर ले तलका आवश्यक जाँचहरु गरेर मिर्गौला को कार्यक्षमता, रोगको अवस्था र सो रोगका कारण र जटिलता का बारेमा पत्ता लगाउने छन्–
उपचार :
उच्च मिर्गौला खराबी मा उपचार का निम्न उपायहरु अवलम्बन गरिन्छन्–
१. मिगौला को खराबी मा अन्तर्निहित कारण को निदान गरी सो को उपचार गर्नु
२. मिर्गौला खराबी को जटिलता समाधान नहुन्जेल निम्न उपचार गर्न सकिन्छ :
अ. शरीर को पानी लाई सन्तुलित राख्न पिसाब लाग्ने औषधि को प्रयोग गरेर तथा पिउने पानी को मात्रा लाई घटाएर ।
आ. रगत को उच्च पोटाशियम को मात्रा लाई विभिन्न औषधि द्वारा सन्तुलनमा राखेर ।
इ. आखिर मा जबसम्म मिर्गौला ले काम गर्न सक्दैन तबसम्म तपाईंको मिर्गौला लाई हेमोडायलिसिस द्वारा सहारा दिनुपर्ने हुन्छ ।
ई. मिर्गौला फेल हुने धेरै जसो दीर्घ रोगहरु को उपचार को अन्तिम विकल्प भनेको मिर्गौला प्रत्यारोपण हो ।
रोकथाम तथा बचावट :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्