- भोजननली को तल्लो भागको सक्रियतामा कमी आउनुलाई अम्ल प्रतिवाह को प्रमुख कारण मानिएको छ ।
- बढ्ता धुम्रपान गर्नाले, मादक पदार्थ सेवन गर्नाले, क्याफिन बढी खानाले (चिया, कफीका रुपमा) र स्क्लेरोडर्मा नामक रोग हुनाले एस्तो अवस्था आउन सक्छ ।
- केही औषधिहरुले पनि अम्ल प्रतिवाहलाई जन्माउने वा भएको अम्ल प्रतिवाहलाई थप बल दिने काम गर्दछन् । जस्तै : नाइट्रेटहरु, क्याल्शियम च्यानल अवरोधकहरु, प्रोजेस्टिन
- पेटको आयतन बढेको वा पेटभित्र को चाप बढेको अवस्था पनि अम्ल प्रतिवाह को कारण बन्न सक्दछ । जस्तै धेरै खाना खानु, गर्भावस्थामा हुनु, मोटाउनु, पेटभित्र पानी सञ्चय हुनु, कस्सिएका कपडा लगाउनु, निहुरिनु आदिले पनि अम्ल प्रतिवाह लाई निम्त्याउँछन् ।
- हियाटल हर्निया, अर्थात् पेट डायफ्राम (छाती र पेटलाई छुट्याउने मांसपेशी) भन्दा माथी सर्ने अवस्था, ले पनि अम्ल प्रतिवाह को समस्या जन्माउन सक्छ ।
- मुटु पोले झैं हुनु अर्थात् छाती को बीच भाग मा पोलेको जस्तो पीडा हुनु
- निलेको खाना छातीमै अड्केको जस्तो अर्थात् गल लागेको जस्तो हुनु
- खाना खाए पछि वाकवाकी लागे जस्तो हुनु
- पेटमा पुगेको खानेकुरा पेटको अम्ल सँगै फर्कनाले मुखमा अमिलो पानी आएको महसुस हुनु
- पेटका कुराहरु भोजननली मा आउने समस्या खोकी, फ्यारेन्जाइटिस, ब्रोन्काइटिस र निमोनिया आदिको कारक पनि बन्न सक्छ ।
- खानेकुरा निल्न गाह्रो हुनु, हिक्का छुट्नु, आवाजमा धोद्रोपन आउनु, बढ्ता डकार आउनु तथा घाँटी दुख्नु जर्डका अरु आम लक्षणहरु हुन् ।
- गम्भीर किसिमको जर्ड को समस्यामा भोजननली को भित्री भाग मा क्षति पुग्न गई रक्तस्राव समेत हुन सक्दछ ।
- अम्ल प्रतिवाह को समस्या पटक पटक दोहोरिनाले भोजननली मा आघात पुग्न गई सो भोजननली को घाँटी (स्फिंक्टर) साँघुरिन गई खाएको खानेकुरा को केही अंश माथी नै अड्किने समस्या हुन सक्छ ।
- भोजननली को सतहलाई अम्लीय पदार्थ ले क्षति पुर्याउँदै गयो भने त्यहाँ घाउ भएर रक्तस्राव, खाना खाँदा दुख्ने समस्या आदि शुरु हुन्छ ।
- लामो समस्या पछि ब्यारेट्स इसोफ्यागस नामक अवस्था विकास हुन्छ । जसले क्यान्सर गराउने सम्भावनालाई बढाउँछ । एसका लागि इण्डोस्कोपी द्वारा परीक्षण गरेर अवस्था के कस्तो छ हेर्नु पर्ने हुन्छ ।
परिचय :
जब हामीले खानेकुरा खान्छौं तब त्यो खानेकुरा हाम्रो मुखबाट भोजन नलीको बाटो हुँदै पेटमा पुग्दछ । सामान्य र स्वस्थ अवस्थामा तेसरी पेटमा पुगेको खानेकुरा फर्केर पुनः भोजन नलीको बाटो हुँदै मुखमा आउन सक्दैन । भोजन नलीको तल्लो भागमा रहेको स्फिंक्टर जसलाई लोअर इसोफ्याजिअल स्फिंक्टर अर्थात् LES भनिन्छ, का कारण खानेकुरा माथी आउन नसकेको हो । LES मांसपेशीय तन्तुका चक्रहरुको तेस्तो समूह हो जुन भोजन नलीको तल्लो भागमा रहेर एकतर्फी भल्भ को काम गर्दछ । सामान्य अवस्थामा यो निकै खुम्चिएको हुन्छ जुन हामीले खानेकुरा निलेका बेलामा मात्रै खुल्ने र फुक्ने गर्दछ । जब स्फिंक्टर अक्षम हुन्छ र राम्रो सँग बन्द हुन सक्दैन तब पेटमा भएको अम्लीय कुराको केही अंश भोजननली मा छिर्दछ । यो अवस्थालाई अमिल्चुक आएको भनिन्छ । किनकि भोजननली मा आएको उक्र अम्लीय कुराको केही अंश मुखमै आइपुग्ने गर्दछ र हामीलाई हुचुक्क भएर मुखमा अमिलो कुरा आएको अनुभव हुन्छ । एसले भोजननली को भित्री सतहमा क्षति पुर्याउन र उद्वेजक भूमिका निर्वाह गर्न सक्दछ जसलाई ग्यास्ट्रो इसोफ्याजिअल रिफ्लक्स डिजिज अर्थात् GERD अथवा अम्ल प्रतिवाह रोग भनिन्छ । सम्पूर्ण जनसंख्या लाई आधार बनाएर हिसाब गर्दा १५ प्रतिशत मानिसहरुमा कम्तीमा साताको एक पटक र ७ प्रतिशत मानिसहरुमा दैनिक जसो यो समस्या रहेको पाइएको छ ।
अम्ल प्रतिवाह का कारणहरु :
अम्ल प्रतिवाह अर्थात् जर्ड का लक्षणहरु :
जर्ड को जटिल अवस्था :
जर्ड भए नभएको पत्तो कसरी लगाइन्छ ?
जर्ड भए नभएको निक्र्योल तपाईंले भनेका लक्षणहरु र सुनाएको वृत्तान्तका आधारमा गरिन्छ । यदि ती लक्षणहरु उपचार गर्दागर्दै पनि अरु जटिल हुँदै गए र लामै समयसम्म रहिरहे भने अरु रोगहरु छन् कि भनेर जाँच पडताल गर्नुपर्ने हुन्छ । एस्तो अवस्थामा इण्डोस्कोपी को सहायता लिइन्छ, जसले भोजनलीको, पेट, सानो आन्दा आदिको भित्री भागलाई हेर्न मद्दत गर्दछ । इसोफ्याजियल म्यानोमेट्री परीक्षण को एक अर्को प्रकार हो जसले भोजननली को तल्लो भागमा रहेको आन्तरिक चाप नाप्ने काम गर्दछ ।
अम्ल प्रतिवाह अर्थात् जर्ड को उपचार कसरी गरिन्छ ?
जर्ड मा उपचार को मुख्य उद्देश्य भनेकै बिरामीलाई भोगिरहेका लक्षणहरु बाट राहत दिनु र भोजननलीको भित्री सतहमा भएको क्षय वा अन्य कुनै पनि जटिलता लाई सञ्चो पार्नु हो । सामान्य लक्षणहरु लाई शरीरको तौल घटाएर, सुत्दा अग्लो शिरानी राखेर र पेटलाई दबाब पर्ने कामहरु नगरेर नै निको पार्न सकिन्छ । बिरामीले धुम्रपान र चिल्लो पदार्थ को सेवन गर्नु हुँदैन, कफी, चकलेट, रक्सी, शीतल मिठाईं, सुन्तलाको जुस तथा केही औषधिहरु जस्तो कि एस्पिरिन, इबुप्रोफेन, नाप्रोक्सेन, एन्टीकोलिनर्जिक एजेन्ट, क्याल्शियम च्यानल प्रतिरोधक जस्ता औषधि को सेवन लाई डाक्टर काे सल्लाह लिएर बन्द गर्नुपर्ने हुन सक्छ । एकैचोटि धेरै खाना खाने, धेरै पानी पिउने तथा खाना खाँदा पानी बढी खाने बानीलाई पनि नियन्त्रण गर्नु पर्दछ । पीडा कम गर्नका लागि जर्डका लागि दिइने औषधि भनेको प्यारासिटामोल हो ।
जर्ड को सामान्य अवस्थामा सिमेटिडिन र र्यानिटिडिन जस्ता पेटमा हुने अम्लस्राव लाई घटाउने औषधिहरुको प्रयोग गर्न सकिन्छ । प्रोटोन उत्तोलक अवरोधक (PPI) समूह मा पर्ने प्यान्टोप्राजोल, ओमिप्राजोल, ल्यान्सोप्राजोल र इसोमिप्राजोल पनि कुनै एन्टासीड को झोल औषधिसँगै दिँदा तत्कालीन समस्यालाई नियन्त्रण गर्न मा प्रभावकारी हुन सक्छन् । यी औषधिहरु खाना खानु भन्दा १५ देखि ३० मिनट अगाडी नै लिनु पर्दछ । यदि औषधिको प्रयोग गर्दा वा जीवनशैली मा परिवर्तन ल्याउँदा पनि समस्या ज्यूँ का त्यूँ रहिरह्यो भने शल्यक्रिया को आवश्यकता पर्न सक्छ, जसलाई एन्टीरिफ्लक्स सर्जरी भनिन्छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्