सिजोफ्रेनिया

संपरीक्षक डा. अरुण कुँवर

    परिचय :

    बहुसंख्यक नेपालीहरुले यसको उच्चारण सिजोफ्रेनिया का रुप मा गर्ने गरे पनि एसको वास्तविक उच्चारण स्किजोफ्रेनिया हो । यो दुइटा ग्रीक शब्द मिलेर बनेको छ- स्किजो र फ्रेनिया । स्किजो को अर्थ टुक्रिएको र फ्रेनिया को अर्थ मन हो । दुवैको समष्टिगत अर्थ टुक्रिएको मन हो । यसलाई विभ्रम, भ्रान्ति वा मतिभ्रम पनि भन्न सकिन्छ ।

    सिजोफ्रेनिया गम्भीर प्रकृति को मानसिक समस्या हो । यस रोगको शिकार भएका मानिसहरु ले नभएको आवाज सुन्ने र नभएको दृश्य देख्ने गर्छन् । उनीहरुले आँफूलाई अरु ले दुःख दिन खोजेको महसुस गरिरहन्छन् । सिजोफ्रेनिया का रोगीहरु मा सामान्यतया द्वैध चरित्र को समस्या देखिँदैन तर अपवाद का रूप मा कुनै कुनै मा द्वैध चरित्र को समस्या पनि भेटिएको छ जसलाई जटिल प्रकार को सिजोफ्रेनिया का रूप मा लिइन्छ ।

    सिजोफ्रेनिया सामान्यतया १३-३० वर्ष का व्यक्ति मा हुने गरेको पाइन्छ । महिला मा भन्दा पुरुष मा एसका लक्षणहरु चाँडो देखिन्छन् । ३० वर्ष नाघेका मान्छे मा यो समस्या विरलै भेटिएको छ र ४५ वर्ष कटे पछि यो समस्या जन्मने सम्भावना हुँदैन । विश्व का झण्डै १ प्रतिशत मानिस यो रोग बाट पीडित छन् । केही अनुसन्धानहरु ले एसको कारण भ्रूण अवस्था मै भएको असन्तुलित मस्तिष्क विकास तर्फ संकेत गरेका छन् ।

     

    लक्षणहरु :

    सिजोफ्रेनिया का लक्षणहरु लाई निम्न तीन भाग मा बाँड्न सकिन्छ-

    • मनोगत लक्षणहरु : नभएका आवाजहरु सुन्नु, नभएका दृश्यहरु देख्नु । नहुँदा कुरा माथि बढ्ता विश्वास जाग्नु । विचार र आफ्नो चाल मा सन्तुलन ल्याउन नसक्नु ।
    • नकारात्मक लक्षणहरु : कुनै कुरा को प्रतिक्रिया जनाउँदा अनुहार भावविहीन हुनु।
    • संज्ञानात्मक लक्षणहरु : तनाव मा रहनु । सामाजिक चरित्र गुमाउँदै जानु । कुनै कुरा मा ध्यान केन्द्रित गर्न नसक्नु तथा कुनै निर्णय लिन गाह्रो हुनु ।

     

     सिजोफ्रेनिया का कारक तत्त्वहरु :

    मनोविज्ञहरु सिजोफ्रेनिया का पछाडि अनेक कारणहरु रहेको विश्वास गर्दछन् तर आजसम्म पनि यसै हो भनेर यकीन गर्न सकेका छैनन् । उनीहरु यसका पछाडि आनुवंशिक तथा वातावरणीय प्रभाव को ठूलो भूमिका भएको ठान्दछन् । यी कुराहरु लाई निम्न बमोजिम सूचीबद्ध गर्न सकिन्छ-

    • आनुवंशिक कारण : यदि बुबा आमा मध्ये कुनैमा सिजोफ्रेनिया को समस्या छ भने बच्चालाई सिजोफ्रेनिया हुने सम्भावना अत्यधिक हुन्छ ।
    • मस्तिष्कमा भएको रासायनिक असन्तुलन : प्रायः गरेर सिजोफ्रेनिया का रोगीहरुको मस्तिष्कगत रसायनहरु को घटबढ हुने गरेको भेटिएको छ । जस्तो कि डोपामिन ग्लुटामेट र सेरोटोनिन को उतारचढाव हुनु ।
    • पारिवारिक सम्बन्ध : यदि परिवार का बीच मा सुसम्बन्ध छैन भने पनि सिजोफ्रेनिया को विकास हुन सक्छ ।
    • बाह्य कारण : कुनै भाइरल संक्रमण भयो वा रोग प्रतिरोध क्षमता मा कमी आयो भने पनि सिजोफ्रेनिया को समस्या अरु मुखरित हुन्छ ।
    • औषधि को दुरुपयोग : औषधि को दुरुपयोग वा लागू पदार्थ को दुर्व्यसन पनि सिजोफ्रेनिया को समस्या लाई बढावा दिने कारण हुन् ।

     

    रोग को निदान तथा जाँच :

    कसैलाई सिजोफ्रेनिया भए नभएको पत्ता लगाउने सबैभन्दा भरपर्दो उपाय भनेको रोगी ले देखाउने लक्षण हो । यदि रोगी कुनै लागू पदार्थ को दुर्व्यसनी वा अन्य मानसिक विकार को समस्या ले पीडित छैन भने मनोविज्ञ ले निम्न जाँच गरेर रोगी लाई सिजोफ्रेनिया भए नभएको पत्ता लगाउँछन्-

    • भौतिक जाँच : रोगी को सम्पूर्ण इतिहास जानिसके पछि र रोगी लाई ध्वनि भ्रम, दृष्टि भ्रम, संवाद मा असहजपना भएको देखियो भने उसलाई सिजोफ्रेनिया भएको ७० प्रतिशत यकीन गरिन्छ ।
    • छायाँचित्र जाँच : एमआरआई (MRI) वा सीटी स्क्यान (CT scan)
    • मानसिक परीक्षण : डाक्टर ले बिरामी का व्यवहार को अध्ययन गरेर तथा बिरामी सँग आत्महत्या को सोच का बारे मा जानकारी लिएर बिरामी को हाउभाउ हेरेर उसलाई सिजोफ्रेनिया भए नभएको यकीन गर्ने छन् । यस क्रम मा बिरामी को पारिवारिक अवस्था तथा व्यक्तिगत इतिहास को पनि खोजी गरिन्छ ।

    उपचार :

    आजसम्म पनि सिजोफ्रेनिया हुनुका पछाडिका कारणहरु के के हुन् भन्ने बारेमा यकीन नभएकाले सिजोफ्रेनिया को उपचार गर्नु भनेको बिरामी मा देखिएका लक्षणहरु लाई कम गर्दै लैजानु हो । ती एसप्रकार छन् :

    • एन्टीसाइकोटिक औषधि- सिजोफ्रेनिया का लक्षणहरु लाई घटाउन मद्दत गर्ने खाल का थुप्रै औषधि पाइन्छन् । दैनिक रूप मा सेवन गर्नुपर्ने ती औषधिहरु चक्की वा झोल र कहिलेकाहीं महिनाको एक वा दुई पटक लगाइने सूई द्वारा दिइने खालका पनि हुन सक्छन् । शुरु शुरु मा यी औषधि का अनेक साइड इफेक्ट देखिने भए पनि ती बिस्तारै कम भएर जान्छन् । तेस किसिम का औषधिहरु मा क्लोरोप्रोमाजिन ह्यालोपेरिडोल क्लोजापिन जिप्रासिडोन आदि पर्दछन् ।
    • मनोसामाजिक उपचार- बिरामी लाई सामाजिक क्रियाकलाप मा सरीक गराएर उसलाई समाज मा घुलमिल हुन सिकाउनु यस उपचार को उद्देश्य हो । जब बिरामी विस्तारै निको हुन थालेको देखिन्छ तब उसलाई स्कूल कलेज पठाउने, जागीर खान लगाउने आदि कुराहरु यस भित्र पर्दछन् ।
    • योगा तथा ध्यान- बिरामी मा मन लाई कुनै कुरा मा केन्द्रित गर्न सक्ने स्वभाव को विकास गर्न तथा मन बलियो पार्न का लागि योगा तथा ध्यान को आवश्यकता भएको महसूस गरी केही समय यता योगा तथा ध्यान को पनि उपयोग गर्न थालिएको छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper