मोतीबिन्दु (Cataract)
- बूढ्यौली चढ्दै जानु
- धुम्रपान तथा रक्सी सेवन गर्नु
- घाम तथा विकिरण को बढी संसर्ग मा रहनु
- मधुमेह हुनु
- स्टेर्वाइड औषधिहरु को लामो समय सम्म प्रयोग गर्नु
- परिवार का अरु सदस्यहरु मा मोतीविन्दु हुनु
- आँखा मा पहिले चोटपटक लागेको वा सुन्निएको हुनु
- पीडा नभईकन आँखा को देख्ने शक्ति मा ह्रास आउँदै जानु
- दृश्य मा मसिना थोप्लाहरु देखिनु
- उज्यालो प्रकाश को वरिपरि प्रभामण्डल देखिनु जस्तो कि बाटा को बत्ती
- चर्को उज्यालो मा हेर्न अपठ्यारो हुनु
- बाटा का यातायात संकेत राम्ररी नदेख्नाले तथा मसिना अक्षर पढ्न नसक्नाले राती मा
गाडी वा बाइक चलाउन गाह्रो हुनु - रंगीन दृश्य हेर्दा समस्या हुनु
- देख्न मा समस्या भएको अवस्था मा डाक्टर ले आँखा को विस्तृत जाँच गर्ने छन् । जाँचहरु मा नजीक र टाढा देख्न सक्ने क्षमता, आँखा को बीच मा र छेउछाउ मा फोकस गर्ने क्षमता, आँखा भित्र को चाप तथा कुनै प्रकार को स्नायविक क्षति भए नभएका कुरा पर्दछन् ।
- आँखा को नानी लाई फुलाएर गरिने परीक्षण ले पनि आँखा को दृष्टि मा आएको कमी लाई अन्य कुनै समस्या हो कि भनेर छुट्याउन मद्दत गर्ने छ ।
- धुम्रपान नगर्नु
- नियमित र फलफूल हरियो सागपात, दूध, चिल्लो पदार्थ र सोडियम युक्त स्वस्थकर खाना खानु
- रजोनिवृत्ति पछि एस्ट्रोजेन को प्रयोग गर्नु
परिचय :
आँखा को नानी (लेन्स) धमिलिनु र दृश्यहरु बादलिएका देखिनु लाई मोतीबिन्दु भएको भनिन्छ । विश्वभरि भएका अन्धोपना का आधा जसो मानिसहरु लाई मोतीबिन्दु भएको अनुमान गरिएको छ । विकासोन्मुख मुलुकहरु मा यो आँखा को एउटा मुख्य समस्या हो ।
यो आँखा को नानी मा हुने क्रमिक परिवर्तन हो । त्यसैले यो प्रायः बढी उमेर भएका मानिसहरु मा देखा पर्छ र यसलाई उमेर सँग सम्बन्धित मोतीबिन्दु भनेर चिनिन्छ । तर जन्मजातै मोतीबिन्दु भएका तथा आँखा मा चोटपटक लाग्नाले या अन्य जटिलता का कारण पनि मोतीबिन्दु भएका उदाहरणहरु पाइन्छन् । तर यिनको संख्या उमेर सँगै भएका मोतीबिन्दु का तुलना मा धेरै न्यून छ ।
मोतीबिन्दु का कारक तत्वहरु :
धेरैजसो अवस्था मा मोतीविन्दु का पछाडी त्यस्ता किटेर भन्न सकिने र उल्लेखनीय कारणहरु छैनन् र पनि कतिपय कारक तत्वहरु जसले मोतीविन्दु हुने क्रम लाई बढावा दिन्छन्, ती यसप्रकार छन् :
मोतीविन्दु का लक्षणहरु :
निदान :
आँखा को परीक्षण गरेर डाक्टर ले तपाईंको आँखा मा मोतीविन्दु भए नभएको पत्ता लगाउन सक्छन् । यो नियमित आँखा को परीक्षण का बेला पनि कुनै लक्षण देखिनु भन्दा अगावै पत्ता लाग्न पनि सक्छ।
उपचार :
मोतीविन्दु को अवस्था हेरेर चिकित्सक ले शल्यक्रिया वा कुनै थोपा औषधि को प्रयोग गरेर मोतीविन्दु को उपचार गर्ने छन् । शल्यक्रिया मा धमिलिएको नानी (लेन्स) लाई निकालेर कृत्रिम नानी (लेन्स) लाई प्रतिस्थापन गरिन्छ भने थोपा औषधि ले पनि विस्तारै लेन्स मा टाँसिएको जालो लाई पगाल्दै लगेर सफा गर्ने काम गर्दछ । यदि दृष्टि मा निकै कमी आएको छ र दैनिक काम गर्न नै अपठेरो हुन थालेको छ भने शल्यक्रिया नै सर्वोत्तम पद्धति हो ।
रोकथाम :
यसै गरेर मोतीविन्दु हुन बाट जोगिन सकिन्छ भन्ने निश्चित उपाय नभए पनि तल का केही उपायहरु को अवलम्बन ले फाइदा हुन सक्छ :
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्