बालतोड (Furuncles / Boils)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    काखी, गर्धन, घाँटी, ढाड, पाखुरा, काछ, चाक, साँप्रा, पिँडौला आदि ठाउँ मा पिलो झैं भएर निस्कने र कहिलेकाहीं पिलो भन्दा पनि ठूलो भएर सुन्निने छाला को समस्या लाई बालतोड का नाम ले चिनिन्छ । एसलाई अंग्रेजी मा फुरुन्कल्स वा ब्वाइल्स (Furuncles or Boils) भनेर चिनिन्छ । यो छाला भित्र रौं का जरा मा स्टाफाइलोकोक्कस नामक ब्याक्टेरिया को संक्रमण का कारण सुन्निने र पीप जम्मा हुने समस्या हो । शरीर का रौं भएका र बढ्ता घर्षण हुन सक्ने स्थान मा यो समस्या देखा पर्दछ । शुरु मा रातो र सुन्निएको गाँठो जस्तो देखिने यो घाऊ बढ्दै गएर बीच मा पहेंलो पीप जम्मा भएको स्वरुप मा देखा पर्दछ ।

     

    लक्षण

    झण्डै आधा इञ्च वा सो भन्दा ठूलो आकार को गाँठो का रुप मा देखिने एसले निम्न लक्षणहरु देखाउँछ –

    • गाँठो का चारैतिर छाला रातो देखिनु ।
    • दुख्नु र सुन्निनु ।
    • पिलो जस्तो देखिने सो ठाउँ छाम्दा अन्यत्र भन्दा तातो हुनु ।
    • ज्वरो आउनु ।
    • लिम्फ नोडहरु पनि सुन्निनु ।
    • पीप भरिनु । बाहिर बाट हेर्दा बीच मा पीप र वरिपरि रातो घेरा जस्तो देखिनु ।

     

    कारण

    बालतोड स्टेफाइलोकोक्कस औरियस (Staphylococcus aureus) नामक ब्याक्टेरिया को संक्रमण का कारण हुन्छ । छाला मा भएको सानो घाऊ वा कोतरिएको ठाउँ बाट यो जीवाणु शरीर मा प्रविष्ट हुन्छ र रौं को जरा मा भएको चिल्लो पदार्थ खाएर वृद्धि हुन थाल्दछ । निम्नलिखित स्वास्थ्य समस्याहरु छाला को संक्रमण का लागि जिम्मेवार हुन्छन्  –

    • चिनी रोग ।
    • रोग प्रतिरोध क्षमता मा कमी ।
    • असन्तुलित आहारविहार ।
    • सरसफाई मा कमी ।
    • छाला लाई नोक्सान पुर्याउने रसायन ।

     

     

    रोग को निदान

    बालतोड को निदान सरल हुन्छ । किनभने एसको परीक्षण गर्ने डाक्टर यो घाऊ हेरेरै निश्चय गर्न सक्छन् । यदि घाऊ बाट पीप बगिरहेको छ भने सो को परीक्षण गर्न सक्ने छन् ।

     

    उपचार

    • एसको उपचार गर्दा डाक्टर ले शुरु मा सानो स्टेरिलाइज्ड सियो को सहायता ले सुन्निएर पाकेको घाऊ को मुख मा कोप्ने छन् र बालतोड मा भएको पीप निचरेर बाहिर फ्याँक्ने छन् । जति रौं का जरा मा यो संक्रमण भएको छ तेति रौंहरु उखेलिन पनि सक्छन् ।
    • पीप निचरी सकेपछि सो ठाउँ लाई तातो पानी मा सफा कपडा भिजाएर सेक्नु राम्रो हुन्छ । तेसरी सेके पछि पिभोडिन पाउडर दल्नाले घाऊ चाँडो निको हुने सम्भावना हुन्छ ।
    • समस्या अन्यत्र पनि फैलन खोजेको देखिएमा आवश्यक देखिएमा डाक्टर ले एन्टिबायोटिक औषधि समेत खाने सल्लाह दिने छन् ।

     

    बालतोड बाट बच्ने उपाय

    • शारीरिक स्वच्छता मा ध्यान दिने ।
    • बालतोड लगायत अन्य छाला सम्बन्धी रोग लागेका मानिस ले प्रयोग गर्ने गरेका रुमाल रेजर आदि को साझा प्रयोग नगर्ने ।
    • आफ्नो वरपर को वातावरण सफा राख्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper