- जीवन मा पहिला ठेउला को संक्रमण भइसकेको हुनु ।
- रोग प्रतिरोध क्षमता कमजोर हुनु ।
- शारीरिक परिश्रम तथा मानसिक तनाव बढी हुनु ।
- निद्रा को अभाव हुनु ।
- वातावरण मा उष्णता र आर्द्रता ज्यादा हुनु ।
- कतिपय औषधि को साइड इफेक्ट हुनु ।
- छाला मा हलुका चिलाउने र पोल्ने खालका राता डाबर र बिमिरा देखिनु ।
- ती मसिना बिमिरा ठूला हुँदै जानु र खटिरा को रुप लिनु ।
- खटिरा मा पानी भरिनु र असह्य पीडा हुनु ।
- सो घाऊ वरिपरि को छाला अत्यन्त संवेदनशील हुनु र छुँदा पनि दुख्नु ।
- ज्वरो आउनु । आँखा रसिला देखिनु । ज्वरो धेरै बढी नआउनु ।
- जोर्नीहरु दुख्नु ।
- थकान महसूस हुनु ।
- धेरै उज्यालो हेर्न नसक्नु ।
- टाउको दुख्नु ।
परिचय :
जनै खटिरो भनेको प्रायः गरेर छाती, पेट र पिठ्यूँ मा हुने एक प्रकार को छाला को रोग हो । एसलाई अंग्रेजी मा शिंगेल्स र स्वास्थ्य विज्ञान मा हर्पस जोष्टर का नाउँ ले चिनिन्छ । भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण बाट हुने यो रोग मा छाला मा मसिना बिमिरा देखिन्छन् । शुरु मा चिलाउने र पोल्ने खालका खटिराहरु निस्कन्छन् र पछि तिनमा पानी भरिन र एकदमै दुख्न थाल्छन् । ठेउला निस्कने पनि इनै भाइरस को संक्रमण ले हो । यो भाइरस लाई हर्पस जोष्टर पनि भनिन्छ । यो सबै उमेर का मानिस लाई हुने भए पनि पहिला ठेउला भइसकेका मानिस लाई हुने सम्भावना बढ्ता हुन्छ ।
यो भाइरस शरीर मा प्रवेश गरेर ठेउला को बिरामी बनाइसके पछि ठेउला निको भए पनि यो शरीर को स्नायु प्रणाली मा सुषुप्त अवस्था मा जीवनपर्यन्त रहिरहन्छ । जब शरीर को रोग प्रतिरोधात्मक क्षमता घट्छ वा सो भाइरस का लागि अनुकूल समय देखा पर्छ तब यो पुनः सक्रिय हुन्छ र राम्रो हेरविचार नगरेमा प्राणघातक हुन सक्ने जनै खटिरो को समस्या पैदा गर्दछ ।
कारण
यो रोग हुनुको मुख्य कारण नै भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण हुनु हो । हाम्रो शरीर को रोग प्रतिरोध क्षमता कमजोर भएको अवस्था मा यो भाइरस स्नायुमार्ग को बाटो हुँदै हाम्रो छाला सम्म पुग्छ । सामान्यतया यो रोग प्रौढ मानिस मा लाग्ने सम्भावना बढ्ता हुन्छ। यो रोग लाग्नुका कारणहरु लाई निम्न बुँदा मा टिप्न सकिन्छ –
लक्षण
हात, पाखुरा, छाती, पेट, पिठ्यूँ, खुट्टा, पाखुरा आदि कुनै पनि ठाउँ मा बिमिरा निस्कनु भन्दा अगाडी बिमिरा निस्कन आँटेको ठाउँ मा दुख्नु एसको प्रारम्भिक लक्षण हो एसका अन्य केही लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –
जोखिम
समय मा नै जनै खटिरा को उपचार भएन भने एसबाट आँखा को दृष्टि कमजोर हुने, श्रवण शक्ति नाश हुने, मुख बांगो हुने, स्वाद को चेतना गुम हुने र ब्रेन हेमोरेज भई बिरामी को मृत्यु हुने समेत सम्भावना हुन्छ । तर यो रोग को राम्रो उपचार भयो भने यो फेरि हुने सम्भावना न्यून भएर जान्छ ।
रोग को निदान
बिरामी का लक्षण हेरेर, छाला जाँचेर र परिवार का अन्य सदस्यहरु बाट सुनेर जनै खटिरो हो होइन निश्चय गर्न सकिन्छ । कतिपय अवस्था मा घाऊ बाट बगेको पानी मा भाइरस भए नभएको जाँच गरेर पनि हेर्न सकिन्छ ।
उपचार
औषधि सेवन द्वारा जनैखटिरो सजिलै निको पार्न सकिन्छ । एस्ता औषधि मा एन्टिभाइरल मा एसाइक्लोभिर, फ्याम्सिक्लोभिर तथा दुखाई कम गर्न का लागि इबुप्रोफेन, एसिटामिनोफेन आदि पर्दछन् । चिकित्सक को सल्लाह अनुसार नियमित रूप मा औषधि सेवन गर्ने र सरसफाई मा ध्यान दिने हो भने यो दुई तीन साता भित्रै निको भएर जान्छ । एक पटक जनै खटिरो भएर निको भइसके पछि पुनः हुने सम्भावना अत्यन्तै न्यून हुन्छ ।
जनै खटिरो मा गरिने घरेलु उपचार पनि लाभदायक भएको पाइएको छ । बिरामी ले पूर्ण रूप मा आराम गर्नु पर्छ । खटिराहरु लाई पातलो कपडा ले ढाकेर झिंगा भन्कन र धूलो मैलो ले प्रभावित हुन दिनु हुँदैन ।
रोकथाम
एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (Oct 20, 2017) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ । एसको नाम शिंग्रिक्स राखिएको छ र यो ५० वर्ष उमेर कटेका व्यक्तिहरु ले लगाउन सक्ने जनाइएको छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्