- रातो र दुख्ने किसिमको सानो डल्लो देखिनु
- सो डल्लोमा पानी अथवा पीप भरिनु
- बढ्ता आँशु निस्कनु
- परेला सुन्निनु
- आँखा पाक्ने रोग
- दुख्ने र ज्वरो आउने
- उज्यालो हेर्न नसक्ने
- कोषहरु मा राता हुनु र सुन्निनु
- नदुखे पनि आँखा का परेलाहरु दह्रा हुनु
- छोटै समय मा निकै ठूलो भएमा
- रगत बगेमा वा दृष्टि मा असर परेमा
- पूरै आँखा रातो भएमा वा सुन्निएमा
- सुन्निएको अवस्था गाला हुँदो सर्दै गएमा
- अवस्था तारन्तार दोहोरिएमा
- एन्टिबायोटिक्स : यदि संक्रमण आँखाका अन्य भाग तथा अनुहारमा फैलियो भने
- परेलाका रौं उखेल्नु : अन्नोको उपचारमा भित्र रहेको पीप तथा फोहोर फाल्न यसले सघाउँछ ।
- शल्यक्रिया : सानो घाउ हुने गरी काटेर अन्नो फोर्न र कोष सुन्निएको अवस्था मा मसिनो गरी काट्न एवं खुर्कन सकिन्छ ।
- स्वच्छ र सफा पानीले आँखा धुनु
- आँखा धुनु अगाडी राम्रो सँग हात धुनु
- यदि तपाईंले कन्ट्याक्ट लेन्स को प्रयोग गर्नुभएको छ भने तिनलाई सफा गर्नुहोस् र राख्नु अघि राम्ररी हात धुनुहोस् ।
- सुत्नु अगाडी आँखा को श्रृंगार हटाउनु होस् ।
- आँखा का सौन्दर्य प्रशाधन का सामग्री अरुसँग साझेदारी नगर्नुहोस्
- आँफूलाई अन्नो भएको छ भने आफ्नो रुमाल, तौलिया तथा कपडा अरुलाई प्रयोग गर्न नदिनुहोस् ।
- आँखा को परेला छोए पछि हात राम्ररी साबुन पानी ले धुनुहोस् ।
आँखा को अन्नो तथा परेला को कोष सुजन
परिचय :
आँखा मा अन्नो आउनु तथा परेलाको कोष सुन्निनु लाई अंग्रेजी मा क्रमश: स्टाई र कलेजियन भनिन्छ। अन्नो आउँदा छोटो समय मै पिलो झैं दुख्ने र पाक्ने हुन्छ भने कोष सुन्निँदा तेस्तो दुखाई को अनुभव हुँदैन तर लामो समय सम्म रहिरहन्छ । अन्नो लाई बाह्य होर्डिलम पनि भनिन्छ । यो परेला का रौं को जरा मा स्टाफिलोकोकस औरस नामक ब्याक्टेरियल संक्रमण का कारण ले हुन्छ । छाला बाहिर पाइने यो ब्याक्टेरिया जब छाला भित्र प्रवेश गर्छ तब यस्तो समस्या देखिन्छ । यो आँखा को माथिल्लो वा तल्लो दुवै परेला मा हुन सक्छ । अन्नोले आँखा को दृष्टिमा कुनै असर गर्दैन। सामान्यतया यो केही दिनमै आफ से आफ ठीक भएर जान्छ । तातोले सेक्नाले दुखाई मा कमी आउन सक्छ र यसलाई फुट्न सघाउ पुर्याउँछ ।
आँखा का परेला का कोष मा रहेका तेल ग्रन्थि मा भएको अवरोध का कारण कलेजियन हुने सम्भावना हुन्छ । अन्नो भन्दा अलग कोषको भित्री भाग मा देखिने कलेजियन कुनै संक्रमण ले गर्दा हुने होइन।
जोखिम का कारणहरु :
अन्नो वास्तव मा कुनै निश्चित कारणले हुने होइन । ब्लेफ्यारिटिस भनिने आँखा का परेलाहरु सुन्निने अवस्था मा अन्नो हुने सम्भावना हुन्छ भने डण्डीफोर मा निस्कने ‘एक्नी रोजासी’ का कारण ले कोष फुल्ने सम्भावना हुन्छ ।
लक्षणहरु :
अन्नो का लक्षणहरु यसप्रकार छन्–
यदि जटिल हुँदै गयो भने अन्नो निम्न समस्या उत्पन्न हुन सक्छन्–
कलेजियन का लक्षणहरु यसप्रकार छन्–
के भएमा डाक्टर लाई देखाउने ?
तपाईंको अन्नो र कोष सुन्निएर निम्न अवस्था आएको खण्डमा डाक्टर लाई देखाउनु पर्छ–
उपचार का विकल्पहरु :
पूर्व विवरण तथा आँखा को जाँचका आधार मा उपचार गर्नुपर्ने हुन्छ । यसको परीक्षण त्यति जटिल खालको हुँदैन ।
सामान्यतया अन्नो र कोष सुन्निएको अवस्था विना उपचार पनि हप्ता–दुई हप्ता भित्रै निको भइसक्छ । तातो पानी मा रुमाल डुबाएर राम्ररी निचर्ने र ५–१० मिनट को अन्तरालमा दिनको ३–४ पटक सेक्ने हो भने अन्नो को दुखाई कम हुन्छ भने कोष सुन्निएर भएको अपठेरोपन सहज हुन सक्छ । यसले सुन्निएका ठाउँ बाट भित्रको पानी वा पीप निस्कन मद्दत पनि गर्छ । तर तपाईंले कोष सुन्निएको खण्डमा आँफैले निचोर्नु हुँदैन।
यदि यसमा कुनै सुधार भएन र अरु जटिलता थपियो भने थप उपचारको खाँचो पर्दछ :
रोकथाम तथा बचावट :
सफाई र स्वच्छता अन्नो तथा कोष सुन्निनुलाई रोक्ने राम्रो उपाय हो-
आफ्नो संक्रमण लाई अरु फैलिन नदिन–
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्