स्वाइन फ्लू (Swine Flu)

संपरीक्षक डा. परिमल कोइराला, MD, General Medicine

    परिचय :

    सन् २००९ मा सुँगुर, मानिस र चरा मा पाइने  इन्फ्लुएन्जा भाइरस बीच triple re-assortment भएर पहिलो पटक मानिस मा “स्वाइन फ्लू”  देखा परेको थियो । तेसको १ वर्ष भित्रै २१४ देशमा स्वाइन फ्लू फैलन गई  करीब १८ हजार मानिस को ज्यान लिएको थियो । नेपाल मा सन् २०१५ को बर्खायाम मा स्वाइन फ्लू को भाइरस देखिए पनि एस पटक निकै अगाडी उक्त  रोग को भाइरस देखिएको छ ।

    स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुर को कारण फैलिने गर्दछ । एसलाई कतै-कतै सुँगुरे ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार मानिएको छ ।

    ‘म्यूटेसन’ का कारण हाल एस भाइरस ले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस H1N2, H3N2, H3N1 आदि रुप मा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ ।

    यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।

    लक्षण :

    • ज्वरो आउने ।
    • एकदमै जाडो भएको महसूस हुने ।
    • रुघा-खोकी तथा घाँटी खस् खस् भएर पोले जस्तो हुने ।
    • छाती दुख्ने ।
    • थकान को महसूस हुने ।
    • भोक नलाग्ने ।
    • पखाला लाग्ने ।
    • वाकवाकी हुने ।
    • चक्कर आए जस्तो महसूस हुने ।

    रोग लाग्नु को कारण :

    स्वाइन फ्लू सरुवा रोग हो । यो रोग सर्नुका पछाडी केवल तीनवटा कारण हुन सक्छन् –

    • स्वाइन फ्लू लागेको सुँगुर सँग कुनै प्रकारको सम्पर्क का कारण ।
    • स्वाइन फ्लू प्रभावित व्यक्तिहरु को सम्पर्क का कारण हावा का माध्यम बाट ।
    • स्वाइन फ्लू का भाइरस भएको दानापानी सुँगुर को दिसापिसाब आदि सँग सम्पर्क का कारण ।

    जोखिमयुक्त अवस्था :

    हुनत स्वाइन फ्लू को समय मै उपचार नहुँदा जो कोही लाई पनि प्राणघातक हुन सक्छ । तै पनि एस रोग को जोखिम मा पर्ने व्यक्तिहरु एसप्रकार छन् –

    • ६५ वर्षभन्दा माथीका वृद्धवृद्धा ।
    • ५ वर्षमुनि का बालबच्चा ।
    • कुनै रोग का दीर्घरोगी ।
    • गर्भवती महिला ।
    • लामो समय देखि एस्पिरिन खाइरहेका व्यक्तिहरु ।
    • रोग प्रतिरोध क्षमताशक्ति कमजोर भएका मानिसहरु ।

    रोग को निदान :

    रोगी मा देखिएका लक्षणहरु लाई रोग निदान को पहिलो आधार मानिन्छ । तेसपछि नाक को पानी मा भाइरस A अथवा B छ कि छैन भन्ने जाँच गरिन्छ । तेसपछि टाइप A हो कि टाइप B हो भन्ने पत्ता लगाइन्छ । टाइप A हो भने स्वाइन फ्लू हुने सम्भावना हुन्छ र टाइप B हो भने स्वाइन फ्लू हैन भन्ने पक्का हुन्छ । तेसपछि RT-PCR आदि गरेर स्वाइन फ्लू हो होइन निर्क्यौल गरिन्छ ।

    उपचार :

    सामान्यतया बिरामीहरु सफासुग्घर वातावरण मा तातो पानी पिएर र रुघाखोकी लाग्दा लिइने सामान्य औषधि सेवन गरेर सञ्चो हुन सक्छन् । तर बिरामीको अवस्था गम्भीर रहेछ भने अस्पताल मै भर्ना भएर उपचार गराउनु पर्ने हुन्छ । त्यो बेला डाक्टर ले बिरामी को समस्या हेरेर निम्न औषधि प्रयोग गर्न सक्छन् –

    • एडाम्यान्टिन्स : एम्यान्टाडिन र रिम्यान्टाडिन ।
    • इन्फ्लुएन्जा प्रोटिन इन्हिबिटर : ओसेल्टामिभिर तथा जानामिभिर ।

    रोकथाम का उपाय :

    • खाना खानुभन्दा अगावै साबुन पानी ले राम्रो सँग हात धुने ।
    • सुंगुर को मासु खानु परेमा राम्रोसँग पकाएर खाने ।
    • पूरा निद्रा सुत्ने ।
    • यथेष्ट शारीरिक परिश्रम गर्ने बानी बसाल्ने ।
    • कुनै पनि कुरा मा धेरै चिन्ता नलिने ।
    • समय समय मा पानी पिई राख्ने ।
    • सन्तुलित आहार लिने ।
    • सुँगुर को सम्पर्क बाट जोगिने ।
    • रोग लागेका मानिस सँग सीधा सम्पर्क नगर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper