ढाड दुख्नु (Back Pain)

संपरीक्षक दिनेश धरेल

परिचय :

समान्यतयाः गर्दनको पछाडी (घिच्रो) नितम्ब (चाक) बीचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ मेरुदण्डको निर्माणमा सहभागी हड्डी मांसपेशी लाई असर गर्ने रोग अवस्थाले ढाड दुख्छ यस्तो दुखाई मेरुदण्ड मा जहाँ कहिँ पनि हुन सक्दछ तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ । मांसपेशी कडा भए झैँ अथवा घाऊ भए झैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाई दुखेको ठाउँ बाट अन्यत्र सरे झैं अनुभव हुन्छ

 

ढाड दुख्नु का कारणहरू :

  • शारीरिक एवं चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु ।
  • वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारण ले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्या ले ढाड दुख्न सक्छ । तेस्तै  हड्डी को संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता (osteomalacia) आदि ले पनि ढाड दुख्न सक्छ ।
  • पछाडिको मांसपेशीमा तनाव: जुन अत्यधिक भारोत्तोलन, भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन नियमित व्यायामको कमीका कारण हन्छ
  • मूत्रनलीको समस्या: जस्तै मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा  दुखाई हुन सक्दछ
  • गर्भावस्था, महिनावारीमा   महिनावारी पछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ

 

चिकित्सक कहाँ कति बेला जाने ?

धेरैजसो ढाडको दुखाई छोटो हुन्छ घरेलु उपचार दुखाई कम गर्ने औषधीबाट निको हुन्छ । तर निम्न अवस्थामा भने  चिकित्सकीय सल्लाह लिनु जरुरी हुन्छ-

  • दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा
  • ज्वरांश सामान्य विसंचो सँगै ढाड दुखेमा
  • ढाडको दुखाई कडा भएमा, केही समय पछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा
  • खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा
  • यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा यो स्नायुगत समस्या वा उपचारको अवस्थाको कारण हुन सक्दछ जसको उपचार उचित तवरले गर्नुपर्दछ

 

उपचार को विकल्प :

ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्दछ ढाडको दुखाईको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे, सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु हिडडुलमा सहयोग पुरयाउनु हो

  • दुखाई जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन/सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ तातो वा बरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन दुखाई लाई कम गर्न सक्दछ
  • ओछ्यान मा सुतेर गरिने पूर्ण आरामलाई राम्रो मानिदैन । सहन सकिने हलुका काम गर्नु राम्रो हुन्छ चिसो वा तातो ले सेक्ने जस्ता घरेलु उपचार ले कम नभएमा चिकित्सक ले दुखाई कम गर्ने औषधी दिन सक्दछन्
  • हड्डी खिइने रोगबाट ढाड दुख्ने भएमा पर्याप्त क्याल्सियम सहितको भोजन सँगै हर्मोन को उपचार गर्नुपर्दछ
  • हाडमासी को संक्रमण को उपचार सही एण्टिवायोटिकद्वारा गरिन्छ
  • मूत्रनली को समस्याका कारण ढाड दुख्ने भएमा कारण समस्या अनुरूप एण्टिवायोटिक वा शल्यक्रिया वा दुबै द्वारा उपचार गरिन्छ

 

घरेलु उपचार :

  • भूईमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने
  • मनौबैज्ञानिक तनाव थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ
  • ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ मांसपेशीमा संचो हुन्छ दुखाई मार्न मल्हमसँगै मालीसले पनि दुखाइमा काम गर्छ
  • मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ संचो हुन मद्दत पुग्दछ मनतातो पानीले बाउँडिएको तन्किएको मांसपेशीमा संचो हुन्छ पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहुँदैन
  • नरम तकिया सँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ
  • यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधी प्रयोग गर्नुपर्दछ दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ
  • लामो समयसम्म कुप्रिएर बस्न हुँदैन प्रत्येक २० देखि ३० मिनटसम्म उठबस गर्ने खुट्टा तन्काउने गर्नुपर्दछ बस्दा डँडाल्नोलाई सिधा राखी सामान्य बसाई हुनुपर्दछ
  • छोटो कुर्कुच्चा भएको आरामदायक जुत्ता लगाउनुपर्दछ अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो असर पार्न सक्दछ साथै तल्लो डँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ
  • विशेषतः गर्भावस्थामा बच्चा जन्मिसकेपछि केही महीना लामो समयसम्म उभिनु हुँदैन
  • लामो समय उभिएर गर्ने काम नगर्ने
  • खानासँगै पर्याप्त मात्रामा क्याल्सियम भिटामिन डी लिने

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper