लुतो (Scabies)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    लुतो छाला मा लाग्ने र अत्यधिक चिलाउने एक प्रकार को सबैमा देखिने सरुवा रोग हो । एसलाई अंग्रेजी मा स्केबिज भनिन्छ । यो बच्चा बूढा जो कोही लाई पनि लाग्न सक्छ । यो सार्कोप्टेस स्क्याबी नामक परजीवी द्वारा लाग्दछ । १५ देखि २० वटा परजीवी लुतो को समस्या ल्याउनका लागि पर्याप्त हुन्छन् । एसको समस्या विश्व का सबैजसो गर्मी ठाउँहरु मा देखिएको छ । परिवार मा एकजना लाई यो रोग भयो र समय मै उपचार गरिएन भने परिवार का सबै सदस्य लाई यो रोग सर्दछ । लुतो धेरै जसो काछ मा, ‍औंला को काप मा, पुरुष को अण्डकोष एवं महिला को योनि को वरिपरि, हत्केला तथा पैताला मा, काखी मा, कुहिना मा, स्तन को तल्लो भाग मा, चाक मा तथा काँध मा हुने गर्छ । लुतो लाई बढ्ता कन्याइयो भने छाला मा घाऊ समेत हुन सक्ने र तेसले अन्य संक्रमण निम्त्याउने र पाक्ने पनि हुन्छ ।

     

    प्रकार

    लुतो लाई हाम्रो समाज मा दुई भाग मा बाँडिएको पाइन्छ :

    • सुके लुतो । एसमा लुतो प्रभावित छाला मा ससाना धनु जस्तै सेता दाग सोझै आँखा ले देख्न सकिन्छ । यो लुतो ले दिउँसो भन्दा रात मा बढ्ता सताउँछ ।
    • पकुवा लुतो । लुतो आएको ठाउँ मा बढ्ता कन्याउने गर्नाले वा अन्य जीवाणु को संक्रमण हुनाले लुतो भएका ठाउँ मा पाकेका बिबिरा देखिन सक्छन् । एसलाई पकुवा लुतो भन्ने चलन छ ।

     

    लक्षण

    लुतो का सामान्य लक्षणहरु एसप्रकार छन् :

    • चिलचिलाहट ।
    • मसिना बिबिरा तथा चाला ।
    • छाला मा खुरदुरापन ।
    • अन्य संक्रमण बाट पाक्ने र पानी बग्ने समस्या ।

     

    कारण

    लुतो को मुख्य कारण नै सार्कोप्टेस स्क्याबी नामक आठ खुट्टे सूक्ष्म परजीवी को संक्रमण हो । केवल १५ देखि २० वटा यी परजीवी लुतो को समस्या ल्याउनका लागि पर्याप्त हुन्छन् । इनीहरु को उपस्थिति, इनका अण्डा तथा उत्सर्जित फोहर सँग छाला मा हुने एलर्जी का कारण हामीलाई चिलाएको अनुभव हुन्छ । महिला परजीवी ले छाला को बाहिरी सतह भन्दा भित्र अण्डा पार्छे । अण्डा बाट परजीवी जन्मे पछि ती पुनः छाला को बाहिरी सतह मा निस्कन्छन् र शरीर मा यत्रतत्र फैलन्छन् या सम्पर्क मा आउने अन्य व्यक्ति मा सर्दछन् ।

     

    निदान

    लुतो भएको मानिस को लक्षण हेरेरै डाक्टर ले लुतो हो होइन निश्चय गर्न सक्ने छन् ।

     

    उपचार

    लुतो को उपचार मा ५ प्रतिशत पर्माथ्रिन क्रीम, क्रोटामिटन क्रीम, लिन्डेन लोशन आदि को प्रयोग गर्न सकिन्छ । कुनै कुनै केसहरु मा २५ प्रतिशत बेन्जाइल बेन्जोनेट लोशन अथवा १० प्रतिशत सल्फर मलम को प्रयोग पनि गरिन्छ । कसैलाई इभरमेक्टिन को खाने औषधि दिनु पर्ने पनि हुन्छ ।

     

    रोकथाम

    लुतो को उपचार मा ५ प्रतिशत पर्माथ्रिन क्रीम, क्रोटामिटन क्रीम, लिन्डेन लोशन आदि को प्रयोग गर्न सकिन्छ । कुनै कुनै केसहरु मा २५ प्रतिशत बेन्जाइल बेन्जोनेट लोशन अथवा १० प्रतिशत सल्फर मलम को प्रयोग पनि गरिन्छ । कसैलाई इभरमेक्टिन को खाने औषधि दिनु पर्ने पनि हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper