अत्याधिक पिसाब लाग्नु

संपरीक्षक

यदि तपाईंलाई सामान्य भन्दा बढी अर्थात् दिनमा लिटर भन्दा बढी वा उमेर अनुसार मि लि प्रती के जि भन्दा बढी पिसाब लाग्दछ भने त्यो असामान्य हुन्छ तपाईंलाई सामान्य भन्दा धेरै छिटोछिटो पिसाब लाग्छ प्रत्येक पटक  असामान्य तरिकाले बढी मात्रामा पिसाब लाग्दछ यो समस्या कुनै पनि उमेर समुहमा विभिन्न कारणले हुन सक्छ जुन दिनमा वा रातमा हुन सक्छ

जब शरीरले बढी मात्रामा पिसाब उत्पादन गर्दछ तब त्यति नै मात्रामा पानी खाइएन भने जलविनियोजन हुन सक्छ धेरै पिसाब हुंदा कडा जलविनियोजन हुने स्थिती कमै हुन्छ तर यदि त्यस्तो भएमा तुरुन्तै उपचार गर्नुपर्दछ नत्र अन्य गम्भीर समस्याका साथै मृत्यु पनि हुन सक्छ

कारणहरु:

  • मद्यपान चिया कफी पिउनु
  • विभिन्न औषधीको प्रयोग जस्तै सुन्निएको बेलामा खाने औषधी, एक्सरे गर्दा प्रयोग गरिने औषधी, मानसिक रोगमा खाने औषधी
  • मधुमेह
  • diabetes insipidus नामको रोग जसमा पिट्युटरी ग्रन्थीले उत्पादन गर्ने हर्मोनको कमी भएर मृगौलाले शरीरमा पानीको मात्रा सन्तुलन गर्न सक्दैन
  • मृगौलाले काम गर्न नसक्नु
  • धेरै तिर्खा लागेको महसुस हुने मानसिक रोग
  • शरीरमा क्याल्सियमको मात्रा घट्बढ हुनु
  • पिसाबको संक्रमण जसमा छिटो छिटो पिसाब लाग्दछ
  • गर्भावस्था
  • मधुमेहमा अत्याधिक पिसाब हुनु: अत्याधिक पिसाब हुनु मधुमेहको पहिलो लक्षण हो यदि मधुमेह पत्ता लागिसकेको भने चिनीको मात्रा बढ्न गएको संकेत हो रगतमा चिनीको मात्रा बढी भएमा शरीरले धेरै पानी प्रयोग गरी पिसाब उत्पादन गरी चिनीको मात्रा घाटाउंछ

 

डाक्टर सँग कहिले भेट्ने ?

यदि तपाईंलाई सामान्य भन्दा बढी पिसाब हुन थालेको भने तपाईं आफुले  दैनिक रुपमा कति पानी पिउनुहुन्छ कति पिसाब फेर्नुहुन्छ भन्ने कुरा केहि दिन विचार गर्नुहोस् यदि औषधी वा धेरै पानी नपिउंदा पनि पिसाब धेरै भैरहेको भने डाक्टरसँग सम्पर्क गर्नुपर्दछ निम्न अवस्थामा डाक्टरसँग सल्लाह लिनु पर्दछ स्

  • दिन मा देखी २० लिटर सम्म अत्याधिक मात्रामा पिसाब हुनु
  • धेरै पानी पिउंदा पनि तिर्खा नमेटिनु
  • दिनमा वा रातमा धेरै छिटो छिटो पिसाब हुनु
  • जलविनियोजन हुनु
  • थकान, अनिद्रा ध्यान दिन सक्ने क्षमता घट्नु
  • टाउको दुख्नु, बान्ता हुनु, आंखा धमिलो हुनु
  • बच्चा झिंझिनु, पिसाब रोक्न नसक्नु, राती निद्रामा पिसाब फेर्नु, खानामा रुचि घट्नु, बढ्न नसक्नु, तौल घट्नु
  • यदि तपाईंलाई यी लक्षण भर्खरैको टाउकोको चोट वा मस्तिस्कको अप्रेसन पछि देखिएका छन् भने तुरुन्त डाक्टरकहाँ जानु पर्छ तपाईंलाई गम्भीर झाडा बान्ता भएको भने पनि तुरुन्त डाक्टरकहाँ जानुपर्छ

 

जांच र उपचार:

तपाईंको डाक्टरले अत्याधिक पिसाब उत्पादन धेरै पानी पिउनाले गर्दा हो वा पानी पिएको अनुपात भन्दा पिसाब धेरै नै भएको हो भन्ने यकिन गर्नेछन् तपाईंको सम्पूर्ण लक्षणहरु, खाइरहनु भएका औषधीको बारेमा सोध्नेछन् सम्पूर्ण शारीरिक जांच पनि गर्नेछन् तपाईंलाई निम्न मध्ये केहि जांचहरु गर्न लगाइनेछ:

  • रगतमा चिनीको मात्रा
  • मृगौलाको जांच
  • पिसाब मा चिनी, प्रोटिन, रक्तकोश आदिको जांच
  • पिउने पानीको मात्रा घाटाएर पिसाबको मात्रा नाप्ने जांच
  • रगतमा Antidiuretic  हर्मोनको जांच
  • मस्तिस्क को CT Scan / MRI

 

बढी मात्रा मा पिसाब हुने समस्या को उपचार यसको कारण मा भर पर्दछ

मधुमेहमा हुने अत्याधिक पिसाब लाग्ने समस्यालाई खाना बारेर, औषधी इन्सुलिन प्रयोग गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गरी उपचार गरिन्छ

यदी मस्तिस्कको ट्युमरले भएको हो भने अप्रेसन गर्नु पर्दछ, टाउकोको चोट वा अप्रेसनका कारणले हो भने चाहीं त्यो अस्थायी हुन्छ

कुनै औषधीको नकारात्मक असरको कारणले भएको हो भने डाक्टरको सल्लाह लिइ औषधी बन्द गर्नुपर्छ कम गम्भीर समस्यामा खानामा नुन प्रोटिन कम गर्ने प्रशस्त पानी पिउने गर्नुपर्छ बढी गम्भीर अवस्थामा औषधी खानुपर्छ जसले मृगौलाबाट उत्पादन हुने पिसाबको मात्रा घटाउंछ

 

रोकथाम र स्वउपचार:

जलविनियोजनबाट जोगिन प्रशस्त पानी पिउने, गर्मीमा विशेश ध्यान दिने

शरीरमा पानीको मात्रा बढी हुन नदिने, जसको लक्षण टाउको दुख्ने, रिंगटा लाग्ने, तौल बढ्ने, बेहोस हुने आदि हुन सक्छन्

Desmopressin खांदै हुनुहुन्छ भने डाक्टरले बताए अनुसार पानीको मात्रा नियन्त्रण गर्नुपर्दछ

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper