सास फेर्न गाह्रो हुनु (Dyspnea)

परिचय :
छिटो छिटो सास फेर्नु वा सास फेर्न गाह्रो हुनु जस्ता श्वासप्रश्वास मा हुने असामान्य अनुभव लाई डिस्पनिया भनिन्छ । एसलाई विभिन्न मानिस ले विभिन्न किसिम बाट बुझ्ने गरेका छन् । कसैले एसलाई पर्याप्त वायु ग्रहण गर्न नसकेको वा उकुसमुकुस हुनु भनेका छन् भने कसैले छाती कस्सिएको वोध हुनु वा खुलेर सास फेर्न नसक्नु भनेका छन् । सास लिने सामान्य शरीर को क्रिया द्वारा शरीर लाई चाहिने अक्सिजन प्राप्त नभएमा डिस्पनिया हुन्छ । कठीन व्यायाम, धेरै उँचाई र मोटोपना को दौरान हुने डिस्पनिया चिकित्सकीय समस्या को संकेत हो । डिस्पनिया को धेरै जसो कारण मुटु र फोक्सो को असामान्य अवस्था हो ।
कारणहरु :
- डिस्पनिया गराउने फोक्सो का अवस्थाहरू-
- सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग (COPD)
- दम
- निमोनिया, क्षयरोग
- बालबालिकामा हुने ह्वाङह्वाङे खोकी
- ट्यूमर का कारण हुने स्वासनली को उपल्लो भाग को अवरोध
- फोक्सो को आर्टेरी मा हुने व्यवधान
- घाँटी को मध्यभाग मा हुने हावा को गोला
- फोक्सो खुम्चिने समस्या, फोक्सो को फाइब्रोसिस
- फोक्सो मा हुने उच्च रक्तचाप
- डिस्पनिया गराउने मुटु का अवस्थाहरू-
- मुटु ले शरीर को आवश्यकता मुताबिक रगत पम्प गर्न नसक्नु
- हृदयाघात
- मुटु को धमनी सम्बन्धी रोग/मुटु को तिब्र पीडा
- हृदयगति मा असन्तुलन
- भल्भ सम्बन्धी हृदयरोग जस्तैः मुटु को वाथरोग
- अन्य अवस्थाहरू-
- गम्भीर रक्ताल्पता
- स्नायु का मांसपेशी सम्बन्धी रोगहरू । जस्तैः केही मांसपेशीहरू को असामान्य अवस्था, शरीर को प्रतिरक्षा प्रणाली ले आफ्नै स्नायु प्रणाली मा आक्रमण गर्ने रोग (गुइलेन वार्रे सिण्ड्रोम)
- विषाक्तता जस्तैः कार्बन मोनोक्साइड को विषाक्तता
- चिन्ता/डर/आतंक
- गम्भीर एलर्जिक प्रतिक्रियाहरू– शरीर अति संवेदनशील हुनु
डाक्टर लाई कहिले देखाउने ?
यस रोग को लक्षण देखिनासाथ जति सक्दो चाँडो डाक्टर लाई देखाउनु पर्छ ।
- यदि अकस्मात् सास फेर्न गाह्रो भएमा ।
- यदि सास फेर्न गाह्रो हुनु सँगै छाती मा गम्भीर दुखाई भएमा वा रिंगटा लागेमा ।
- सास फेर्न गाह्रो हुनाका कारण कुनै काम गर्न असमर्थ भएमा ।
निम्न लक्षणहरू देखिएमा चिकित्सक को सल्लाह लिनु उपयुक्त हुन्छ ।
- खुट्टा वा पाइताला सुन्निएमा ।
- सास फेर्दा घर्घर वा घुरघुर जस्ता असामान्य ध्वनि सुनिएमा ।
- उच्च ज्वरांश सँगै सास फेर्न गाह्रो भएमा ।
- सास फेर्न गाह्रो हुनाले दैनिक कामकाज मा व्यवधान भएमा ।
- पहिल्यै निदान गरिएका मुटु, फोक्सो का पुराना वा मृगौला का समस्याहरू बल्झेमा ।
ध्यान दिनुपर्ने कुराहरू :
- सास फेर्न गाह्रो हुँदा सम्म भोजन वा तरल पदार्थ नदिने ।
- आराम सँग बस्ने, कस्सिएको लुगा खुकुलो पार्ने ।
- बिरामी का वरिपरि भीड नगर्ने ।
- बिरामी लाई हावा को ओहोर दोहोर हुने ठाउँ मा राख्ने ।
- उपलब्ध भएमा अक्सिजन दिने ।
- धुम्रपान गर्न नदिने ।
- पुरानो रोग बाट बच्न धूलो र रसायन बाट बच्ने । धूलोयुक्त वातावरण मा काम गर्नु परे हानिकारक कणहरू सँग बच्न मास्क प्रयोग गर्ने ।
उपचार का विकल्पहरू :
डिस्पनिया को उपचार सो को कारण मा निर्भर गर्दछ ।
- दम र सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग को उपचार धुम्रपान त्यागेर र सुँध्ने ब्रोंकोडिलेटर्सको प्रयोगबाट गरिन्छ ।
- रक्त अल्पता को उपचार रगत चढाउनु सँगै आइरन वा अन्य पोषकतत्व दिएर गरिन्छ ।
- श्वासप्रश्वास प्रणाली को संक्रमण को उपचार एण्टिबायोटिक द्वारा गरिन्छ (यदि ब्याक्टेरिया बाट भएमा) ।
- फोक्सो को आवरण को झिल्लीको गुहामा हावा वा पीप संचय भएको अवस्था मा ट्युव राखेर वा शल्यक्रिया बाट निकास दिनुपर्दछ र एण्टिबायोटिक द्वारा उपचार गर्नु पर्दछ ।
- रगत पातलो गर्ने औषधीहरू को प्रयोग ले फोक्सो मा भएको रक्तपिण्ड को उपचार गर्न गरिन्छ ।
- विषाक्तपना को उपचार विषनाशक द्वारा गरिन्छ ।
- बाह्य पदार्थ द्वारा डिस्पनिया भएमा श्वासप्रश्वास प्रणाली बाट बाह्य पदार्थ हटाउनु पर्दछ ।
- चरम चिन्ता द्वारा भएको डिस्पनिया का लागि चिन्ता प्रतिरोधक औषधी र आराम गरेर उपचार गर्नुपर्दछ ।
Send us your feedback on this article