खोकी (Cough)
परिचय
खोकी भनेको हाम्रो शरीरले गर्ने एक प्रकार को रक्षात्मक प्रतिक्रिया हो । यदि चिढचिढाहट पैदा गर्ने खालका उद्वेजक पदार्थ श्वासनली को सम्पर्क मा आए भने तिनलाई बाहिर फ्याँक्ने उद्देश्य ले शरीर ले खोक्ने व्यवस्था मिलाएको हुन्छ । एलर्जी उत्पन्न गर्ने तत्वहरू, जीवाणुहरू, चिढचिढाहट वा अत्यधिक खकार पैदा गर्ने बाह्य पदार्थ आदि का कारण स्नायु तन्तु का टुप्पा मा हुने उत्तेजना को प्रतिक्रिया स्वरूप खोकी निस्कन्छ । त्यहाँको उत्तेजना को सूचना मस्तिष्क मा पुगेमा ती अनावश्यक पदार्थ फाल्न का लागि मस्तिष्क ले छाती र पेटका मांसपेशी मा दबाब सिर्जना गर्न संदेश पठाउँछ । श्वासनली को मुख (श्वासनली को माथिल्लो भाग) बाट पुरै खुलेको अवस्था मा सास लिएर, बन्द श्वासनली को मुख बाट सास फालेमा खोकी बन्दछ । बल गरेर खोक्दा निस्केको हावा को गति प्रति घण्टा ५०० मिल सम्म हुन्छ ।
खोकी ‘सुख्खा’(खकार विहिन) वा ‘कफ सहितको’(खकार युक्त) जुन पनि हुन सक्दछ । कुनै रोग का कारण लागेका खोकीहरू सामान्यतयाः अल्पकालीन प्रकृतिका हुन्छन् र तीन हप्ता भन्दा बढी रहँदैनन् । यदि खोंकी ८ हप्ताभन्दा बढी समयसम्म रहिरहेमा तेसलाई पुरानो वा दीर्घकालीन खोंकी मानिन्छ जसका केही फरक कारणहरू हुन सक्दछन् र तेसको निदान पनि अल्पकालीन प्रकृतिको खोकी भन्दा बेग्लै हुन्छ ।
सामान्य कारणहरू :
१. तिब्र खोकीः श्वास नली मा भएको संक्रमण नै तिब्र खोकीको आम कारण हो ।
- शीघ्र (acute) ब्रोन्काइटिस्/ल्यारिन्जाइटिस/ट्रेकिआटिस जस्ता सह मार्ग मा हुने संक्रमण
- निमोनिया
- सामान्य रूघाखोकी (श्वासनलीमा भएको भाइरल संक्रमण)
- लहरे खोकी प्रायजसो बालबालिका मा एलर्जी का कारण कण्ठनली को प्रवेश द्वार सुन्निने वा फोक्सो भित्र का साना साना नली मा हुने आंशिक रोकावट का कारण हुने खोकी
- कडा प्रकृतिको पिनास
- उत्तेजक (उद्वेजक) पदार्थहरू श्वास मार्ग मा पुग्नु (रसायन र धुवाँ)
- बाह्य पदार्थको श्वासनली मा प्रवेश (सर्को आदि)
- न्यूमोथोय्राक्स (फोक्सो ढाक्ने जालो को भित्र हावा को संकलन) ।
- हृदयघात ।
२. पुरानो वा दीर्घकालीन खोकी :
- फोक्सो को पुरानो रोग । जस्तैः
- सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग (COPD).
- दम
- फोक्सो मा देखिने ब्रोन्किएक्टासीस भन्ने रोग
- फोक्सोको क्यान्सर
- फोक्सोको क्षयरोग (माइकोव्याक्टेरियम ट्युबर्कुलोसिस का कारण पुरानो खोकी र कफ मा रगत)
- भोजननली प्रत्यावहन रोग (GERD)
- पुरानो पिनास । नाकबाट थोपा थोपा पानी चूहिनु
- औषधी– जस्तैः एनालप्रिल, जसको प्रयोग उच्च रक्तचापको उपचारको लागि गरिन्छ ।
- अन्यः सारकोइडोसिस (शरीरको धेरै भागहरूमा लसिका ग्रन्थिहरू बढ्नु), फोक्सोमा असमान्य तवरले रेसादार तन्तुहरू बन्नु ।
चिकित्सक लाई कति बेला भेट्ने ?
यदि खोकी संगै निम्न लक्षण देखिएमा अविलम्ब चिकित्सकीय उपचार गर्नुपर्दछ ।
- खकार मा रगत आएमा
- राती पसिना आएमा
- ज्वरो आएमा
- तौल घटेमा
- श्वास लिन गाह्रो भएमा वा धोद्रो श्वास भएमा
- खाेकी लामाे समय सम्म रहिरहेमा
- छाती दुखेमा
रोग को निदान :
बिरामी को वृत्तान्त का आधारमा चिकित्सक द्वारा तलका मध्य एक वा एक भन्दा बढी परीक्षण द्वारा खोकी लाग्नुको कारण निदान गरिन्छ । जस्तैः
- छातीको एक्स–रे
- रगत तथा खकार जाँच
- फोक्सो को कार्य क्षमता को जाँच
- छाला मा एलर्जी को जाँच
- छाती को सीटी स्क्यान
- ब्रोन्कोस्कोपी (वायुनली को इन्डोस्कोपी)
उपचार का विकल्प :
खोकी भनेको कुनै रोग का कारण उत्पन्न प्रतिक्रियात्मक लक्षण भएकाले सम्बन्धित रोगको उपचार पछि यो स्वतः निको भएर जान्छ । तेसैले उपचार तिनै कारक रोगको उपचार तर्फ लक्षित हुन्छ ।
- जीवाणु संक्रमित श्वसनतन्त्रको उपचार एण्टिबायोटिक द्वारा गरिन्छ ।
- सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग र दमको उपचार, इन्हेलर्स द्वारा गरिन्छ ।
- रगत मा अक्सिजन को स्तर कम भएमा अक्सिजन दिएर उपचार गर्नु पर्दछ ।
- यदि Enalapril जस्ता औषधी ले धेरै खोकी भएमा तेस्ताे औषधि को विकल्प खोज्ने ।
- अम्लीय प्रतिप्रवाह भएमा अम्ल हटाउने औषधी दिइन्छ ।
- उत्तेजक पदार्थ, धुवाँ बाट बच्ने वा बाह्य पदार्थ सास नली बाट हटाउने ।
- क्षयरोग, मुटु रोग वा फोक्सो को क्यान्सरको उपचार गरेर ।
- फोक्सो को वरिपरि हावा, पानी वा पीप जमेमा सोको निष्काशन गर्ने ।
- कुनै अरु कारण नदेखिएमा खोकी कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ ।
Send us your feedback on this article