पुस २, २०७५
चिनियाँ वैज्ञानिक ही ले जिन (वंशाणु) लाई सम्पादन गरेर दुई जना जुम्ल्याहा शिशु विकसित गरेका छन् । चिनियाँ वैज्ञानिक हि जिएन्कवे ले हङकङ विश्वविद्यालय मा आयोजित जेनोम सम्मेलन मा आफ्नो जिन सम्पादन को विषय मा जानकारी गराएका हुन् । पछि तेसको आलोचना सुरु भएको छ । हि ले उक्त सम्मेलन मा जिन सम्पादन गरेर जुम्ल्याहा शिशु विकसित गरेको दाबी गरेका थिए । अहिले त्यो विषय वैज्ञानिकहरू बीच आलोचना को विषय भैरहेको छ ।
ती वैज्ञानिक ले जिन सम्पादन मार्फत लुलु र नाना नाम गरेका जुम्ल्याहा शिशुको जन्म भएको बताएका थिए । उनले ती शिशुहरू लाई एचआईभी नलाग्ने दाबी समेत गरेका छन् । पुरानो बेलायती पत्रिका द गर्जियन का अनुसार हि ले क्रिस्पर–क्यास ९ विधि बाट यो अनुसन्धान गरेका हुन् । उनले आफ्नो अनुसन्धान एउटा ‘साइन्टिफिक जर्नल’मा प्रकाशित गर्न पठाएको समेत बताएका छन् ।
साउदर्न युनिर्भसिटी अफ साइन्स एन्ड टेक्नोलोजी का खोजकर्ता हि को यो अनुसन्धान मा सात जोडी दम्पती को भ्रूण को वंशाणु सम्पादन गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालय का ‘प्राक्टिकल इथिक्स’ का प्राध्यापक जुलियन सभुलेस्कू को भनाई लाई उद्धृत गर्दै गर्जियन ले उक्त कार्य ‘दानवीय’ भएको बताएको छ । जिन सम्पादन गरिएको शिशु जन्माएको विषय लाई लिएर संसारभर का वैज्ञानिकहरू ले विरोध जनाएपछि चीन सरकार ले छानबिनको आदेश दिएको छ ।
लन्डनस्थित फ्रान्सिक क्रिक इन्स्टिच्यूट का जिनेटिङ साइन्टिस्ट रोविन बेज ले प्राध्यापक हि ले गलत निर्णय लिएको बताए । जिन लाई सम्पादन गरेको दाबी गरिए पनि तेसको ठोस वैज्ञानिक प्रमाण प्राध्यापक हि ले देखाउन नसकेको उनको भनाई छ ।
को हुन् हि ?
प्रोफेसर हि स्टानफोर्ड विश्वविद्यालय मा धानसम्बन्धी अध्ययन गरेका वैज्ञानिक हुन् । चीन को सेन्जन प्रान्त मा उनका दुई वटा जेनेटिङ कम्पनी छन् । हि ले मुसा, बाँदर तथा मानिस को भ्रूण सम्पादन का लागि धेरै वर्ष सम्म काम गरेको सीएनएन ले जनाएको छ । जिन सम्पादन गर्ने विधि उनले ‘प्याटेन्ट’ नै निर्माण गरेका हुन् । उनले जेनोम सिक्वेन्सिङ तथा क्रिस्पर–क्यास–९ विधि सम्बन्धि अनुसन्धान गर्दै आएका छन् ।
विस्तृत जानकारी का लागि : http://saptahik.ekantipur.com
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्