काठमाडौँ — महिलाहरू आफ्ना भित्री वस्त्रलाई लिएर निकै संवेदनशील हुन्छन् । कतिपय महिलाले लाजका कारण पनि भित्री कट्टु धोएर घाम लाग्ने खुल्ला ठाउँमा सुकाउन हच्किन्छन् ।
कट्टु लाई प्रत्यक्ष घाम मा नसुकाई लगाउँदा भने विभिन्न शारीरिक समस्या निम्तिने जोखिम बढी हुने अध्ययन ले देखाएको छ । हिउँद याम मा त यो समस्या झनै बढी देखिने गर्छ ।
भित्री लुगा को सरसफाइ मा ध्यान नदिनाले पिसाब सम्बन्धी संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) कोजोखिम समेत रहन्छ । ब्याक्टेरिया बाट फैलिने यो रोग बाट जोगिन भित्री वस्त्र लाई राम्ररी धोएर घाम मा सुकाउनुपर्छ ।
लुगाफाटो मा लवण रहेकैअवस्था मा उपयोग गर्दा छाला को संक्रमण समेत देखिने सम्भावना धेरै हुन्छ । यौनांग छेउछाउ को छाला धेरै कमलो हुने भएकाले त्यहाँ छाला को संक्रमण अन्य ठाउँ को दाँजो मा छिटो हुन्छ । एसैले छाला को संक्रमण को मुख्य कारण मध्ये एउटा सरसफाई को कमी लाई समेत मानिएको छ ।
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्