डा. टेकराज पन्थी स्त्रीरोग विशेषज्ञ । काठमाण्डू । साधारणतया मानिस एकपटक मा एउटा बच्चा जन्माउने प्राणी हो । यद्यपि, मानिस कै गर्भ बाट जुम्ल्याहा बच्चा समेत जन्मिने गर्छन् । यदाकदा त्यो भन्दा बढी पनि जन्मिन्छन् । एकैपटक दुईभन्दा बढी बच्चा जन्मिनु सामान्य अवस्था होइन । किनकि, एस्तो सधैँ हुँदैन ।
किसिम
जुम्ल्याहा बच्चा दुई किसिमका हुन्छन्, मोनोजाइगोटिक र डाइजाइगोटिक ।
१ मोनोजाइगोटिक
मोनोजाइगोटिक बच्चा एउटै डिम्ब बाट बन्ने हुनाले एउटै खालका हुने गर्छन् । हेर्दा दुरुस्त उस्तै देखिन्छन् । यी छोरा–छोरा वा छोरी–छोरी मात्र हुने गर्छन् ।
२ डाइजाइगोटिक
डाइजाइगोटिक बच्चा दुइटा डिम्ब बाट जन्मिने भएकाले यिनीहरू एक–आपसमा फरक हुन्छन् । जस्तै, कालो वा गोरो, छोरा वा छोरी हुने आदि ।
कारण
एकैपटक धेरै डिम्ब विकसित हुनु जब महिला को पाठेघर मा गर्भ बस्छ, तब उत्पादन का क्रम मा एकभन्दा बढी डिम्ब विकसित भएमा जुम्ल्याहा वा सोभन्दा बढी गर्भ रहने सम्भावना रहन्छ । यसर्थ, पछिल्लो समय मा तीन–चारवटा बच्चा एकैपटक जन्मिएका समाचार आउने गरेको सुनिन्छ । तीनवटा सम्म स्वस्थ रहे पनि त्योभन्दा बढी बच्चा बाँच्ने सम्भावना कम हुन्छ । विश्वभर मा दुई सय ५० आमामध्ये एकले मात्र जुम्ल्याहा बच्चा जन्माउने गरेको पाइन्छ ।
वंशानुगत गुुण
वंशानुगत गुण का कारण समेत कतिपय आमा ले जुम्ल्याहा बच्चा जन्माउँछन् । खासगरी यो आमा पट्टि को परिवार मा निर्भर गर्छ । कहिलेकाहीँ त यो प्रक्रिया पुस्तौँपुस्ता सम्म पनि चल्न सक्छ । कुनै–कुनै नश्लीय समूह मा जुम्ल्याहा बच्चा जन्मिनु लाई सामान्य मानिन्छ ।
गर्भनिरोधक औषधि
विभिन्न चक्की, सुुई आदि जस्ता गर्भ रहन नदिन प्रयोग गरिने औषधिका कारण हर्मोनमा गडबडी हुने गर्छ । यसले गर्दा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना रहन्छ ।
हिजोआज धेरै महिला मा बाँझोपनको समस्या देखिने गरेको छ । तसर्थ, गर्भ बसाउन अधिकांशले औषधि प्रयोग गरिरहेका हुन्छन् । एस्ता चक्की ले महिला मा एकभन्दा बढी अन्डा उत्पादन गराउँछ । लाखौँ शुक्रकीट को सम्पर्क मा आउँदा डिम्बहरू विकसित हुने गर्छन् । फलस्वरूप एकभन्दा बढी गर्भ रहने सम्भावना हुन्छ ।
आइभिएफ प्रविधि
इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी विधि बाट समेत जुम्ल्याहा बच्चा जन्मिन्छन् । यो कृत्रिम प्रक्रिया हो । यो प्रक्रिया अपनाउँदा अन्डा लाई बाहिर फर्टिलाइज गराएर पाठेघर मा राखिन्छ । खासगरी, गर्भ नरहने समस्या भएका महिला मा यो विधि अपनाइन्छ । यस विधि बाट बच्चा जन्माउँदा जुम्ल्याहा हुने बढी सम्भावना रहन्छ ।
गर्भमा जुम्ल्याहा बच्चा हुँदा…
जुम्ल्याहा गर्भ रहेमा पहिलो तीन महिना वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर आउने समस्या बढी देखिने गर्छ । कतिपय गर्भवती मा यस्तो असर खासै नपरे पनि अधिकांश लाई भने गाह्रो हुने गर्छ । जुम्ल्याहा गर्भ रहँदा बच्चा उल्टो बस्ने, साल बेरिने, बच्चाको तौल बढी हुने, पाठेघर मा बच्चा तेर्सो बस्ने आदि सम्भावना हुन्छ । तसर्थ, गर्भ रहेको ६ देखि ८ हप्ताभित्रै अल्ट्रासाउन्ड गर्न जरुरी छ । एसले गर्भको अवस्था बारे थाहा पाउन सकिन्छ । त्यस्तै, गर्भ तीन देखि ६ महिना को पुगेपछि भिडियो एक्सरे र नियमित रगत जाँच अनिवार्य गर्नुपर्छ ।
विस्तृत विवरण : nayapatrikadaily.com/news
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्