हैजा (Cholera)

संपरीक्षक Dr. Parimal Koirala, MD, General Physician

    परिचय :

    हैजा भनेको भिब्रियो कलेरी Vibrio cholerae नामक ब्याक्टेरिया को संक्रमण बाट सानो आन्द्रा मा हुने झाडा पखाला सँग सम्बन्धित गम्भीर प्रकृति को रोग हो । हाम्रो समाज मा एसलाई तारन्तार दिसा र वमन भइरहने एक प्राणघातक समस्या का रूप मा लिइन्छ । यो रोग बाट प्रायःजसो बालबालिकाहरु बढ्ता प्रभावित हुने भए पनि सबै उमेर समूह का मानिस लाई लाग्न सक्छ ।

    हैजा का कीटाणु मानिस बाहेक शङ्खेकीरा तथा प्लाङ्टन मा पाइएको छ । यो साधारणतया वर्षा याम मा हैजाका कीटाणुयुक्त खाना वा पानी सँगै मानिस मा प्रवेश गर्दछ । विश्व स्वास्थ्य संगठन का अनुसार वर्षेनी ३० लाख जति मानिस हैजा बाट प्रभावित हुने गरेका छन् र ५ प्रतिशत जति बिरामी को मृत्यु हुने गरेको छ । नेपाल मा केही दशक अगाडी सम्म हैजा एक महामारी का रूप मा फैलने गरेको थियो । केही वर्ष एता एसले महामारी को रूप नलिएको भए पनि वर्षेनी हजारौं मानिस एसबाट प्रभावित हुने गरेको पाइएको छ । तेसैले नेपाल लाई अहिले पनि हैजा को जोखिम मा भएको मुलुक का रूप मा लिइन्छ । डब्लूएचओ का अनुसार करीब ८० प्रतिशत रोग जीवनजल को प्रयोग बाट निको हुन्छ । किनकि हैजा का कारण शरीर मा पानी को कमी हुँदै जान्छ जसलाई डिहाइड्रेशन भनिन्छ । यही डिहाइड्रेशन का कारण बिरामी को मृत्यु हुन सक्छ । गर्मी याम मा बजार मा पाइने बरफ आइसक्रीम लगायत का खानेकुरा जथाभावी खानुले हैजा हुने सम्भावना हुन्छ ।

     Image result for vibrio cholerae

    लक्षण

    शरीर मा करोडौं को संख्या मा हैजा का ब्याक्टेरिया प्रवेश गरेको दुई देखि पाँच दिन सम्म मा एसका लक्षणहरु देखिन थाल्छन् जो एसप्रकार छन् –

    • एक्कासि पातलो दिसा हुनु ।
    • शुरु मा खैरो र पछि चौलानी जस्तो दिसा हुनु ।
    • वाकवाकी लाग्नु र वान्ता समेत हुनु ।
    • अत्यधिक तिर्खा लाग्नु र तिर्खैका कारण मूर्च्छा समेत हुनु ।
    • शरीर मा अत्यधिक पानी को कमी ले छाला, मुख र घाँटी सुक्न थाल्नु ।
    • पिसाब धेरै कम हुनु र हुँदा गाढा पहेंलो हुनु ।
    • मुटु को धडकन तिब्र हुनु ।
    • हातखुट्टा का मांसपेशी दुख्नु ।

     

    कारण

    हैजा को प्रमुख कारक भनेकै भिब्रियो कलेरा नामक ब्याक्टेरिया हो । खानेकुरा तथा पिउने पानी का माध्यम बाट करोडौं को संख्या मा यो ब्याक्टेरिया हाम्रो शरीर मा प्रवेश गरे पछि हामीलाई हैजा लाग्ने हो । सरसफाइ को अभाव ले हैजा लागेको मानिस को दिसा मिसिएर प्रदूषित भएको खानेकुरा तथा पानी को सेवन गर्नाले हामीमा हैजा का ब्याक्टेरिया को प्रवेश हुन्छ । राम्ररी नपकाइएका माछा मासु मा पनि हैजा का ब्याक्टेरिया हुन्छन् ।

     

    रोग को निदान

    बिरामी का लक्षण हेरेर र दिसा परीक्षण गरेर डाक्टर ले बिरामी लाई हैजा भए नभएको निश्चय गर्न सक्छन् । यदि दिसा मा ब्याक्टेरिया पाइयो भने ती ब्याक्टेरिया मा एन्टिबायोटिक प्रतिरोध क्षमता भए नभएको पत्ता लगाउन थप परीक्षणहरु गरिन्छ ।

     

    उपचार

    हैजा लागेको बिरामी लाई प्रथमतः पुनर्जलीय उपचार गर्नु पर्छ । सबैभन्दा राम्रो उपचार भनेकै दिसापिसाब भए भन्दा केही बढी जीवनजल खुवाउनु हो । हैजा लागेका बच्चा लाई जिंक को कमी देखिने हुँदा जिंक भएका भिटामिन सप्लिमेन्ट दिन सकिन्छ । यदि रोग ले बढ्ता उग्र रूप लिएको छ भने डाक्टर को सल्लाह लिएर एन्टिबायोटिक औषधि को पनि प्रयोग गर्न सकिन्छ । तेस्तो बिरामी लाई नशा बाट सलाइन पानी दिनु पर्ने पनि हुन्छ ।

     

    हैजा लाग्नु बाट बच्ने उपाय

    • खाना खानु भन्दा अगाडी र खाना खाइसके पछि राम्रो सँग हात धुने ।
    • झिँगा भन्केको बासी वा चिसो पदार्थ नखाने ।
    • पानी उमालेर मात्र पिउने र पर्याप्त मात्रा मा पिउने ।
    • हरिया सागपात राम्ररी धोएर तथा पकाएर र फलफूल सफा पानी ले धोएर मात्र खाने।
    • शौचालय बाट फर्केपछि साबुन पानी ले राम्ररी हात धुने ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper