हिस्टेरिया (Hysteria)

संपरीक्षक डा. देशराज बहादुर कुँवर, वरिष्ठ मानसिक रोग विशेषज्ञ

     

    परिचय :

    हिस्टेरिया एक किसिम को मानसिक रोग हो । यो पुरुषहरु मा भन्दा स्त्रीहरु मा बढ्ता देखिने समस्या हो । विशेष गरेर १८-२५ वर्ष की युवती मा यो समस्या देखिएको छ । एसलाई आम रुप मा यौन दमन बाट सिर्जित रोग का रुप मा हेर्ने गरिन्छ । तर यो केबल सेक्स को दमन बाट मात्रै हुन्छ भन्ने छैन । यो रोग जुनबेला पनि लागिराख्ने हुँदैन । कुनै कुनै बेला कुनै घटना देखेर वा सोचेर यो रोग भएका मानिस मा एसको लक्षण देखिन्छ । तेसरी लक्षण देखिने कुरा लाई रोग ले छोपेको भन्ने पनि चलन छ । यो रोग लाग्दा रोगी काम्ने वा हल्लने पनि गर्छन् । हाम्रो समाज मा एसलाई देवी देउता चढेको वा बोक्सी लागेको भन्ने अन्धविश्वास ले जरा गाडेको छ ।

    यसलाई पहिले पहिले हिस्टेरिया का नाउँ ले बढ्ता चिनिने भए पनि केही वर्ष यता आएर हिस्टेरिया का ठाउँ मा कन्भर्सन डिस्अर्डर (Conversion Disorder) भन्ने नामको प्रयोग हुन थालेको छ । शुरु शुरु मा एस किसिम को समस्या महिला मा मात्रै देखिएकाले यो रोग बुझाउन महिला को पाठेघर लाई बुझाउने ग्रीक शब्द हिस्टेरा (hystera) लाई आधार बनाएर हिस्टेरिया शब्द बनाइएको थियो ।

    Related image

    लक्षण :

    यो रोग को कुनै निश्चित लक्षण छैन । अलग अलग मानिस मा अलग अलग लक्षण देख्न सकिन्छ ।

    • यो रोग ले छोपेका बेला रोगीलाई उज्यालो मन पर्दैन ।
    • आवाज र हल्लाखल्ला सुन्न खोज्दैनन् ।
    • बोली लर्बरिन्छ ।
    • थुक निल्न पनि गाह्रो अनुभव हुन्छ ।
    • कतै हेर्न मन लाग्दैन । हेर्दा पनि धमिलो वा तिरमिराएको जस्तो देखिन्छ ।
    • टाउको, छाती, पेट, काँध तथा पिठ्यूँ का मांसपेशी मा तिब्र पीडा महसूस हुन्छ ।
    • रोग ले छोप्ने बेला बिरामी चिच्याउने र रुने गर्न सक्छ ।
    • कसै कसैलाई धेरै बाडुली लाग्ने पनि हुन सक्छ ।
    • रोगी बेहोश जस्तै देखिन सक्छ ।
    • रोगी छारेरोग लागे जस्तै दाँत किटेर काम्न र अनौठा आवाज निकाल्न वा कहराउन सक्छ ।
    • रोग ले छोपुन्जेल पिशाब लाग्दैन भने रोग ले छोडे पछि खुलेर पिशाब हुन्छ ।
    • रोग ले छोपुन्जेल हात गोडा चिसा हुने र एकनास सँग हल्लने हुन सक्छ ।
    • हात गोडा झम्झमाउने, निदाउने तथा पक्षाघात भएका बिरामी का जस्ता हुन सक्छन् ।

     

    कारण :

    यो रोग को मूल कारण चिन्ता हो । सेक्स को दमन का कारण उत्पन्न चिन्ता सँगै जीवन को भविष्य सँग जोडिएका चिन्ता ले गर्दा यो रोग को जन्म हुन सक्छ । एसका थप कारणहरु एसप्रकार छन् –

    • विवाह मा ढिलाई ।
    • पति बाट यौन सन्तुष्टि नमिल्नु ।
    • असमय मै पति को मृत्यु हुनु ।
    • ठूलो घटना का कारण मानसिक पीडा हुनु ।
    • महिनाबारी मा गडबडी हुनु ।
    • पति द्वारा उपेक्षित हुनु ।
    • यौन का बारे मा बढ्ता सोच्ने बानी हुनु ।

    Related image

    निदान तथा उपचार :

    यो रोग को निदान गर्ने कुनै निश्चित विधि छैन । अरु रोग को आशंका हटाउँदै गएर यो रोग को निश्चय गर्ने तरीका अपनाइन्छ । भन्नाले यो रोग हो कि भनेर हेरिन्छ र त्यो रोग नभए पछि अर्को हो कि भनेर हेरिन्छ । त्यो पनि हैन भन्दै गएर अन्त्य मा कन्भर्सन डिस्अर्डर नै रहेछ भन्ने निर्क्यौल निकालिन्छ ।

    यदि बिरामी मा कुनै गम्भीर प्रकृति को शारीरिक अशक्तता देखिएको छैन भने एसको उपचार कठिन हुँदैन । एसका लागि कुनै औषधि भन्दा पनि मानसिक रुप मा शान्त्वना दिएर र चिन्ता मुक्त हुन आवश्यक प्रक्रिया अपनाएर गर्ने उपचार प्रमुख हो । एस अन्तर्गत निम्न कुराहरु गर्न सकिन्छ –

    • शारीरिक व्यायाम तथा विभिन्न योगासन गराउने ।
    • बिरामी सँग विभिन्न विषय मा वार्तालाप गरिरहने ।
    • सम्मोहन चिकित्सा को प्रयोग गर्ने ।
    • तनावमुक्त गराउने खालका औषधि को सेवन गराउने ।

     

    रोकथाम कसरी गर्ने ?

    • सकेसम्म तनाव मुक्त रहने प्रयास गर्ने ।
    • मानसिक मनोरञ्जन मा पनि केही समय खर्च गर्ने ।
    • कुनै पनि मानसिक रोग देखियो भने तेसको समय मै उपचार गर्ने ।
    • जीवन लाई सन्तुलित बनाउन प्रयास गर्ने ।
    • सबैसँग सकारात्मक सम्बन्ध राख्न खोज्ने र सकारात्मक सोचाई लिने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper