हस्तमैथुन (Masturbation)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D. Dermatologist & Venereologist

     

    हस्तमैथुन भनेको के हो ?

    आफ्ना यौनांग लाई आफ्नै हात को सहायताले दबाब दिएर वा घर्षण पैदा गरेर यौन आनन्द दिने प्रक्रिया लाई हस्तमैथुन भनिन्छ । यसलाई अंग्रेजीमा Masturbation वा Hand Practice पनि भनिन्छ । हस्तमैथुन का बारे मा नसुनेका वा नजानेका वयस्क मानिसहरु भेट्न मुश्किलै पर्छ । अध्ययन का अनुसार झण्डै ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला ले जीवन मा कुनै न कुनै बेला हस्तमैथुन को अनुभव लिएका हुन्छन् । पुरुषका तुलना मा महिलाले हस्तमैथुन केही कम गर्ने भए पनि महिलाहरु को हस्तमैथुन गर्ने तरीका मा विविधता हुन्छ । उनीहरुले आफ्ना विभिन्न यौनअङ्ग लाई प्रयोग मा ल्याउँछन् । तर पुरुष ले प्रयोग मा ल्याउने अंग भनेको आफ्नो शिश्न अर्थात् लिङ्ग मात्रै हो ।

    हस्तमैथुन गर्दा पुरुष ले स्त्री र स्त्री ले पुरुष को परिकल्पना गर्ने गर्दछन् । अथवा आँफू कसैसँग भएको घटना लाई सम्झने कोशिश गर्दछन् । महिला ले हस्तमैथुन गर्दा हात कै ‍औंला को उपयोग गर्नु पर्छ भन्ने छैन । महिला का लागि बजार मा हस्तमैथुन लाई रोमाञ्चक बनाउनका लागि विभिन्न विद्युतीय साधन अर्थात् डिल्डो, भाइब्रेटर, जी स्पट स्टिमुलेटर, जेली आदि पाइन्छन् । सामान्यतया हस्तमैथुन का बेला महिला तथा पुरुष दुवैले तेल वा थुक को प्रयोग गर्ने चलन पनि छ ।

     

    हस्तमैथुन के हानिकारक हो ?

    हस्तमैथुन का बारे मा हाम्रो समाज मा अनेक धारणा व्याप्त छन् । कोही हस्तमैथुन का कारण लिंग बांगो हुने बताउँछन् भने कोही हस्तमैथुन कै कारण पछि गएर नपुंसक भइने बताउँछन् । फेरि कोही हस्तमैथुन कै कारण शीघ्रपतन को रोगी भइने र स्वास्थ्य कमजोर हुने पनि बताउँछन् । कोही कोही हस्तमैथुन का कारण हुने क्षति का सम्बन्ध मा संस्कृत को श्लोक नै भट्टयाउँछन् –

    रसाद्रक्तं ततो मांसं मांसान्मेदः प्रजायते ।
    मेदस्यास्थिः ततो मज्जा मज्जायाः शुक्र संभवः ।।

    अर्थात् पचेको भोजन बाट रस बन्न पाँच दिन लाग्छ । उक्त रस को पाचन भएर पाँच दिन मा रगत बन्दछ । अनि पाँच दिन लाग्छ रगत बाट मासु बन्न र मासु बाट मेद बन्न पनि पाँचै दिन लाग्छ । मेद बाट हड्डी बन्न पाँच दिन, हड्डी बाट मासी बन्न पाँच दिन र मासी बाट पुरुष मा ‘वीर्य’ र स्त्री मा ‘रज’ बन्न अरु पाँच दिन । श्लोक मा भन्न खोजिएको कुरा यति महत्त्वपूर्ण वीर्य लाई हस्तमैथुन गरेर फाल्नु कुनै पनि हालत मा सही हुनै सक्दैन । तर वास्तव यो कुरा को पुष्टि नहुने थुप्रै तथ्यहरु छन् । र यसलाई आधार मानेर एक थोपो वीर्य नोक्सान हुँदा पनि थुप्रै रगत को नाश हुन्छ भनेर सोच्नु बुद्धिमानी होइन ।

    संस्कृत मै अर्को श्लोक छ ‘अति सर्वत्र वर्जयेत् ।’ अर्थात् धेरै गर्नु कहीं पनि राम्रो होइन । त्यो कुरा यहाँ पनि लागू हुन्छ । हस्तमैथुन ले नोक्सान नहुने भए पनि धेरै हस्तमैथुन भने स्वास्थ्य का लागि लाभदायक हुँदैन । तैपनि सामान्य रुप मा साता मा दुई तीन पटक गरिने हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो । वैज्ञानिक खोज र अनुसन्धान ले यथार्थ लाई बाहिर नल्याएसम्म हस्तमैथुन लाई पनि रोग र असन्तुलित मानसिकता को उपज भनेर हेय दृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो । तर, अहिले हस्तमैथुन सम्बन्धी नचाहिंदा भ्रमहरु निवारण भइसकेका छन् ।

     

    हस्तमैथुन का सकारात्मक पक्ष के के हुन् ?

    • हस्थमैथुन ले अनावश्यक गर्भधारण, देहव्यापारी सँगको यौनसम्बन्ध, एस्ता क्रियाकलाप मा खर्च हुने धन तथा समय को दुरुपयोग बाट बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्न बाट पनि बचिन्छ ।
    • यौनेच्छा लाई दबाउने गर्दा मानसिक तनाब सँगै प्रोस्टेट सम्बन्धी समस्या देखा पर्न सक्छ । हस्तमैथुन गर्ने पुरुष मा प्रोस्टेट को क्यान्सर हुने सम्भावना कम हुन्छ ।
    • हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ ।
    • हस्तमैथुन बिल्कुल सामान्य शारीरिकप्रक्रिया हो । विवाह हुनु अगाडी का यौन आकांक्षाहरु सरल रुप मा पूरा गर्ने मध्यम हस्तमैथुन नै हो । एसर्थ हस्तमैथुन गरेकोमा आफूलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु र दोषी महसूस गर्नुमा कुनै तुक छैन ।
    • वीर्य शरीर मा जम्मा गरेर राख्ने अनि पछि धेरै बनाएर प्रयोग गर्ने चीज होइन। यो आवश्यकता अनुसार नियमित रुपमा बनिरहन्छ । तर लगातार हस्तमैथुन गर्नु हुँदैन । तेसले गर्दा वीर्य को मात्रा मा कमी आउन सक्छ र वीर्य केही पातलो हुन सक्छ ।
    • उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधि भनेकै हस्तमैथुन हो । हस्तमैथुन ले यौनातुर पुरुष र स्त्री लाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यता बाहिर परेको यौन सम्बन्ध बाट बचाउँछ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper