स्वप्नदोष (Nocturnal Emission)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    राति निदाएका बेला कुनै स्वप्न का कारण वा अन्य घर्षण का कारण पुरुष को लिंग बाट वीर्यस्खलन वा महिला को योनि बाट स्राव हुनुलाई स्वप्नदोष भनिन्छ । तर स्वप्नदोष लाई प्रायः पुरुष सँग मात्रै जोडेर हेर्ने चलन छ किनकि यो महिला का अपेक्षा पुरुष मा अत्यधिक बढ्ता देखिन्छ र महिला मा बहिर्स्राव नहुने हुँदा उति समस्या का रुप मा पनि हेरिँदैन । अंग्रेजी मा एसलाई नक्चर्नल इमिशन (Nocturnal Emission) या वेट ड्रिम्स (Wet Dreams) का नाम ले जानिन्छ । यो प्रायः युवावस्था मा हुने प्राकृतिक प्रक्रिया हो । चिकित्साविज्ञान मा एसलाई समुचित यौनविकास भइरहेको संकेत का रुप मा लिइन्छ । स्वप्नदोष हुँदा पुरुष ले कुनै केटी सँग जिस्किएको वा यौन क्रियाकलाप मा लीन भएको वा  केटी सँग लसपस गरेको जस्ता उत्तेजनायुक्त सपना देख्छन् । एकाध घटना मा भने कुनै किसिम को उत्तेजनायुक्त सपना नभईकन पनि वीर्य स्खलित हुन सक्छ । सबै उत्तेजनायुक्त सपना मा स्वप्नदोष हुन्छ भन्ने पनि हुँदैन । युवावस्था मा बढ्ता देखिने एस्ता सपनाहरु का कारण स्वप्नदोष हुने सम्भावना उमेर छिप्पिनु सँगै घट्दै जान्छ ।

     

    स्वप्नदोष का बारे मा हाम्रा मिथ्या धारणाहरु

    हर समय यौन का बारे मा सोचिराख्ने र सेक्स मा मग्न रहने चाहना हुनु नै अति यौन चाहना को प्रमुख लक्षण हो । एसका अन्य केही लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –

    • स्वप्नदोष एक शारीरिक दोष हो : नाम स्वप्नदोष भए पनि यो कुनै दोष होइन । यो समुचित यौन विकास भइरहेको एउटा संकेत हो । किशोरावस्था देखि युवावस्था मा पुगुन्जेल अपवाद छाडेर जो कोही ले पनि स्वप्नदोष को अनुभव गरेकै हुन्छन् ।
    • महिला मा स्वप्नदोष हुँदैन : महिला मा पनि स्वप्नदोष हुन्छ । उनीहरुले पनि स्वप्न मा कसैसँग यौनक्रियाकलाप मा मग्न भएको देख्छन् र योनि बाट चिप्लो पानी बग्नु सँगै पूर्ण आन्तरिक स्राव भएर पूर्ण सन्तुष्टि मिलेको अनुभूति लिन्छन् ।
    • स्वप्नदोष हुनु कुनै रोग को संकेत हो : हरेक दिन हुनु वा दिनकै धेरै पटक स्वप्नदोष हुनुका पछाडी हर्मोन को सन्तुलन मा विचलन वा कुनै मानसिक समस्या को संकेत भए पनि कहिलेकाहीं स्वप्नदोष हुनु कुनै रोग होइन । यो एक स्वाभाविक प्राकृतिक प्रक्रिया हो ।
    • स्वप्नदोष ले कमजोरी ल्याउँछ : खाएको एति अन्न बाट एति रगत बन्छ र एति रगत खर्च भएर एक थोपा वीर्य बन्छ भन्ने मिथ्या धारणा ले हाम्रो समाज मा जरा गाडेको छ । स्वाभाविक रुप मा कहिलेकाहीं हुने स्वप्नदोष ले कुनै कमजोरी ल्याउँदैन ।
    • स्वप्नदोष केवल किशोरावस्था देखि युवावस्था सम्म मात्रै हुन्छ : किशोरावस्था देखि युवावस्था सम्म अत्यधिक रुप मा स्वप्नदोष हुने भए पनि प्रौढावस्था मा लागे पछि स्वप्नदोष हुँदैन भन्ने छैन । कहिलेकाहीं प्रौढावस्था मा पनि स्वप्नदोष हुन सक्छ ।
    • स्वप्नदोष हुनका लागि उत्तेजना ले भरिएको सपना देख्नु पर्छ : प्रायः स्वप्नदोष का लागि जिम्मेवार सपनाहरु उत्तेजना ले भरिएका हुन्छन् । तर यो जरुरी छैन । कतिपय अवस्था मा तेस्ता सपना नदेखिएका बेला मा पनि स्वप्नदोष हुन सक्छ ।
    • घोप्टो परेर सुत्दा बढ्ता स्वप्नदोष हुन्छ : घोप्टो परेर सुत्दा यौनांग मा घर्षण हुने सम्भावना बढी हुने भएर एसो भनिएको हुन सक्छ । तर घोप्टो परेर सुत्दा स्वप्नदोष बढ्ता भएको कुनै यथार्थ सार्वजनिक भएको छैन ।

     

    अत्यधिक स्वप्नदोष हुनु बाट कसरी जोगिने ?

    स्वप्नदोष अधिक हुनुबाट जोगिन निम्न उपाय अवलम्बन गर्न सकिन्छ –

    • सुत्नु अघि हातखुट्टा चिसो पानी ले धुने ।
    • हरेक दिन बिहान मा नुहाउने ।
    • सुत्ने कोठा बाट उत्तेजक तसबीरहरु हटाउनु पर्छ ।
    • यौनांग थिचिने गरी वा घोप्टो परेर सुत्नु हुँदैन ।
    • यौन को मामिला मा अनुशासित हुनु पर्छ ।
    • सुत्नुभन्दा अगाडी गुलिया खाने कुरा खानु हुँदैन ।
    • उत्तेजना बढाउने खाल को साहित्य पढ्ने वा चलचित्र हेर्ने गर्नु हुँदैन ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper