शरीर मा नीला धब्बा (Bruises)

संपरीक्षक डा. दमन पौडेल, MBBS, MD

    परिचय :

    प्रायः बाह्य चोटपटक का कारण रगत जम्नाले छाला को सतह मा देखिने नीलो डाम कतिपय अवस्था मा बिना चोटपटक पनि देखिने गर्छन् । हाम्रो समाज मा एसरी बिना चोटपटक देखिने नीला धब्बा लाई बोक्सी ले टोकेको भन्ने चलन छ । तर वास्तव मा त्यो कुनै बोक्सी ले टोकेको लक्षण होइन । बोक्सी हाम्रै दिमाग को भ्रम मात्रै हो । प्रायः पाखुरा, साँप्रा, छाती, पिंडुला वा घाँटी वरिपरि देखिने एस्ता नीला धब्बाहरु कहिलेकाहीं शरीर का अन्य भागहरु मा पनि देखिन सक्छन् । एस्ता निशानहरु चोटपटक लाग्दा देखिनु स्वाभाविक हो । कहिलेकाहीं हामीले चोटपटक लागेको थाहै नपाई पनि एस्ता निशान देख्छौं र कसैका आँखा लागेको शंका गर्छौं । हाम्रो शरीर मा भएका अन्य उतारचढाव वा रोग का कारण एस किसिम का नीला धब्बा देखिने हुन् । छाला को माथिल्लो सतह भन्दा भित्र रहेको तह मा रक्तकोशिकाहरु फुट्न गई रगत जम्मा हुनाले एस किसिम को धब्बा देखिने हो।

    कारक तत्त्व :

    शरीर मा एस्ता नीला धब्बा देखिनु चोटपटक सँगै हाम्रो शरीर मा भएका अन्य विकार को संकेत हुन सक्छ । बढ्दो उमेर, खानेकुरा मा आवश्यक पोषक तत्त्व को कमी, हेमोफिलिया रोग वा क्यान्सर पनि नीलो धब्बा देखिनुका कारण हुन सक्छन् । यी कारक तत्त्वहरु लाई निम्न बमोजिम टिप्न सकिन्छ –

    • बाह्य चोटपट्टक : कहिले थाहा पाएर वा कहिले थाहै नपाईकन लागेका चोटपटक का कारण छाला मा नीला धब्बा देखिन सक्छन् ।
    • भिटामिन तथा मिनरल को कमी : भिटामिन के भिटामिन सी तथा मिनरल ले रगत लाई बढ्ता पातलो हुन बाट रोक्छन् र छाला भित्र रक्तकोशिका फुट्ने र रगत चुहुने प्रक्रिया रोकिन्छ । तर इनको कमीले गर्दा रगत बढ्ता पातलो हुने र भित्रभित्रै चुहुने समस्या हुन्छ ।
    • औषधिहरु को प्रभाव : कहिलेकाहीं रगत लाई पातलो पार्ने औषधि को सेवन पनि नीला धब्बा देखिनु का कारण हुन सक्छन् । वार्फरिन, एस्पिरिन जस्ता रगत लाई पातलो पार्ने औषधि का कारण एस्तो हुने देखिएको छ ।
    • हेमोफिलिया रोग : हेमोफिलिया एक प्रकार को आनुवंशिक रोग हो जसमा शरीर मा कतै काटियो भने रगत बग्न रोकिंदैन । जन्मजात यो रोग लिएर आएका मानिस मा पनि धब्बा देखिन सक्छन् ।
    • रगत मा थ्रोम्बोप्लाष्टिन को कमी : हेमोफिलिया को प्रमुख कारण भनेकै रगत मा थ्रोम्बोप्लाष्टिन को कमी हो । यदि हेमोफिलिया नभए पनि खानेकुरा मा कुनै पोषक तत्त्व को कमीले रगत मा थ्रोम्बोप्लाष्टिन को कमी भयो भने छाला मा नीला धब्बा देखिन सक्छन् ।
    • रगत मा प्लेटलेट्स को कमी : रगत लाई जम्न मद्दत गर्ने काम प्लेटलेट्स को मानिएको छ । यदि रगत मा प्लेटलेट्स को कमी भयो भने पनि छाला मा नीला धब्बा देखिने हुन्छ ।
    • बढ्ता मुलायम छाला : यदि छाला बढ्ता नरम छ भने पनि थोरै दबाब का कारण पनि छाला भित्र रहेका कोशिकाहरु फुट्ने सम्भावना हुन्छ । एस किसिमको समस्या प्रायः महिलाहरु मा बढ्ता देखिएको छ । किनकि महिलाहरु को छाला पुरुष का तुलना मा बढ्ता मुलायम हुन्छ ।

    निदान र उपचार :

    सामान्य चोटपटक का कारण वा अन्य शारीरिक समस्या का कारण देखिएका एस्ता नीला धब्बा केही दिन मा बिस्तारै हराउँदै जाने हुन्छन् । चोटपटक का कारण भएको नीलो धब्बा लाई शुरु मै आइस प्याक ले सेक्नु राम्रो हुन्छ । शुरु का २४ घण्टा चिसो ले सेक्नु पर्छ भने २४ घण्टा पछाडी तातो नूनपानी ले सेक्नु राम्रो मानिन्छ । बिना चोटपटक देखिएका धब्बा लाई पनि सोही मुताबिक शुरु मा चिसो ले र पछि तातो ले सेक्नु राम्रो हो । तेसरी सेके पछि म्वाइस्चराइजिङ क्रीम लगाउन सकिन्छ । तर यदि शरीर मा धेरै नै नीला धब्बा देखिए वा लामो समयसम्म पनि हराएर गएनन् वा धब्बा सँगै दुखाई पनि भयो भने डाक्टर को परामर्श लिनु उपयुक्त हुन्छ । डाक्टर ले विभिन्न परीक्षण गरेर नीला धब्बा हुनुको कारण पत्ता लगाउने छन् र सोही मुताबिक उपचार गर्ने छन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper