लू लाग्नु (Heat-Stroke)

संपरीक्षक डा. परिमल कोइराला, MD

    परिचय :

    गर्मी को मौसम मा चल्ने तातो हावा लाई लू भनिन्छ । धेरै गर्मी हुने स्थानहरू मा गर्मी याम मा घाम चर्केका बेला तातो हावा अर्थात् लू चल्ने सम्भावना हुन्छ । एस्तो समय मा मानिस हिँड्दा, काम गर्दा, खेल्दा वा घर मै भएका बेला पनि तातो हावा तथा घाम को असर ले मूर्च्छा पर्ने वा बेहोश हुने सम्भावना हुन्छ, जसलाई लू लाग्नु भनिन्छ ।

    स्वस्थ अवस्था मा हाम्रो शरीर को तापक्रम ९८ दशमलव ६ डिग्री फरेन्हाइट वा ३७ डिग्री सेल्सियस मा स्थिर रहन्छ । चाहे वातावरण को तापक्रम घटोस् वा बढोस् हाम्रो शरीर को तापक्रम मा कुनै परिवर्तन हुँदैन । वातावरण को अधिक वा न्यून तापक्रम बाट शरीर को तापक्रम प्रभावित नहोस् भन्ने उद्देश्य ले हाम्रो शरीर मा तापक्रम लाई नियन्त्रण गर्ने प्रणाली हरबखत सक्रिय रहिरहेको हुन्छ । बढ्ता जाडो हुँदा शरीर मा कम्प गराएर र बढ्ता गर्मी हुँदा शरीर बाट पसिना निकालेर शरीर को तापक्रम लाई यथारुप मा राख्ने काम सो प्रणाली ले गरिरहेको हुन्छ ।

    शरीर ले गर्मी खेपिरहेको बेला मा शरीर बाट पसिना निष्काशन गर्नका लागि हाम्रो शरीर मा यथेष्ट पानी हुनु आवश्यक हुन्छ । तर यदि शरीर मा पानी कम भयो या तापक्रम नियन्त्रण गर्ने शरीर को प्रणाली ले काम गर्न सकेन भने वातावरण को तातो सँगै हाम्रो शरीर को तापक्रम पनि बढ्न शुरु हुन्छ र हाम्रो शरीर ले खप्न सक्ने भन्दा धेरै अर्थात् १०४ डिग्री फरेन्हाइट भन्दा बढ्ता तापक्रम मा शरीर पुग्ने सम्भावना हुन्छ । तेस्तो अवस्था मा शरीर बाट पसिना आउन बन्द हुन्छ र मानिस बेहोश हुन सक्छ । यो अवस्था प्रायः लू चलेको बेला मा हुने गर्छ र तेसलाई हामी लू लागेको भन्छौं ।

    नेपाल मा जेठ को पहिलो साता देखि मनसुनी वर्षा शुरु नहुँदा सम्म को समय मा लू लाग्ने सम्भावना अत्यधिक हुने देखिएको छ । लू लाग्दा १० देखि १५ मिनट को समय मा शरीर को तापक्रम बढेर १०६ डिग्री

    फरेन्हाइट पुग्ने सम्भावना हुन्छ र समय मै आकस्मिक उपचार नगरिए ‘लू’ ले प्रभावित व्यक्ति को मृत्यु समेत हुन सक्छ ।

     

    कारण र प्रभाव :

    हाम्रो शरीर को तापक्रम लाई सन्तुलित राख्ने काम हाम्रो मस्तिष्क केन्द्र ले गर्दछ । सो केन्द्र को आदेश लाई पूरै शरीर ले पालना गरिरहेको हुन्छ । तेसका लागि तापक्रम को वृद्धि सँगै शरीर ले पसिना उत्सर्जन गर्न थाल्छ र शरीर को तातो लिएर शरीर को पानी पसिना का रुप मा बाफ बनेर निस्कन्छ । यदि शरीर मा पानी कम भयो वा शरीर मा लवण पानी को अनुपात बिग्रियो र पसिना निस्कन बन्द भयो भने वातावरण को गर्मी सँगै शरीर को तापक्रम बढ्न थाल्छ । शरीर को तापक्रम शरीर ले थेग्न सक्ने सीमा भन्दा माथी गयो भने रातो रक्तकणिका रक्तनली मै टुक्रिन थाल्छ र रक्तकणिका मा भएको पोटाशियम रक्तप्रवाह मा मिल्न थाल्छ जसले गर्दा मुटु को चाल सँगै अन्य अङ्ग दुष्प्रभावित हुन थाल्छन् ।

    यो समस्या बाट जो कोही पनि प्रभावित हुन सक्ने भए पनि बालबच्चा गर्भवती महिला तथा ६० वर्ष कटेका वृद्धवृद्धा लाई लू को जोखिम बढ्ता हुन सक्छ । प्रभावित व्यक्ति अचेत हुने वा कमा मा जाने सम्भावना सँगै तत्काल उपचार नगरिएमा मृत्यु हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

     

    लक्षण :

    • शरीर को तापक्रम बढ्दै गएर १०३ डिग्री फरेनहाइट भन्दा पुग्नु ।
    • छाला सुख्खा देखिनु र पसिना नआउनु ।
    • पिसाब नहुनु र बढ्ता तिर्खा लाग्नु ।
    • छाला को रोगन रातो तिर ढल्कनु ।
    • नाडी को चाल तिब्र हुनु ।
    • टाउको दुख्नु सँगै वाकवाकी लाग्नु र चक्कर आउनु ।
    • अचेतावस्था मा पुग्नु ।

     

    लू लागेमा के गर्ने :

    • जति सक्दो चाँडो प्रभावित व्यक्ति लाई छायाँ भएको शीतल ठाउँ मा लैजाने ।
    • शरीर का लुगा लाई खुकुलो पार्ने र पंखा ले हम्केर शीतल दिने ।
    • टाउको मा पानी पट्टी लगाउने तथा शरीर लाई पानी मा भिजाएको चीसो रुमाल ले पुछिदिने ।
    • प्रभावित व्यक्ति होश मा छ वा होश मा आयो भने चीसो स्वस्थकर पेय पदार्थ पिलाउने ।
    • होश मा नआएमा चाँडो भन्दा चाँडो नजीक को स्वास्थ्य चौकी वा अस्पताल मा पुर्याउने कोशिश गर्ने ।

     

    रोकथाम :

    • गर्मी मौसम मा बढ्ता पानी वा तरल पदार्थ पिउने बानी बसाल्नु पर्छ ।
    • लू लाग्ने सम्भावना भएका ठाउँ मा घर बाट बाहिर निस्कँदा मोही भए मोही र नभए पानी पिएर निस्कने ।
    • शरीर मा पातला, हलुका र खुकुला कपडा लगाउने । जसले गर्दा पसिना निस्कन सहज होस् ।
    • दिउँसो चर्को घाम भएका बेला शारीरिक परिश्रम हुने खाल का काम नगर्ने ।
    • बिहान बेलुका को खाना मा काँचो प्याज लाई समावेश गर्ने ।
    • रक्सी सेवन नगर्ने वा सकेसम्म कम गर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper