लहरे खोकी (Whooping Cough)

संपरीक्षक डा. नमराज शर्मा पण्डित, MD, DTCD

    परिचय :

    लहरे खोकी एक अत्यन्तै संक्रामक ब्याक्टेरिया बाट हुने श्वासप्रश्वास सम्बन्धी रोग हो । शुरु मा रुघा लागेको जस्तो हुने र अन्त्यमा गएर खोकी लाग्ने एसको प्रमुख लक्षण हो । खोक्न थाले पछि नबिसाईकन निरन्तर खोकिरहने हुनाले एसलाई लहरेखोकी नाम दिइएको हो । अर्थात् खोकी को लहरो । एसलाई अंग्रेजी मा हुपिङ कफ (Whooping Cough) अथवा परट्यूसिस (Pertussis) भनिन्छ । खोकिसके पछि सास लिँदा कहिलेकाहीं “हुप” गरेको जस्तो ध्वनि सुनिने हुँदा एसलाई हुपिङ कफ भनिएको हो । तर साना बच्चाहरु ले तेस्तो “हुप” गरेको आवाज निकाल्दैनन्। लहरे खोकी ले जुनसुकै उमेर का व्यक्तिहरु लाई असर गर्न सक्छ तर दुई वर्ष मुनिका बच्चाहरु मा यो निकै गम्भीर हुन्छ । यो खोकी लागे पछि प्रायः १०० दिन सम्म रहिरहने हुनाले गाउँघर तिर एसलाई १०० दिने खोकी पनि भन्ने चलन छ । लहरे खोकी को पनि खोप हुन्छ र खोप लगाएका व्यक्ति मा पनि यो देखिन सक्छ । तर तिनमा यो लामो समयसम्म रहँदैन ।

     

     

    कारण

    लहरे खोकी एक व्यक्ति बाट अर्को व्यक्ति मा सजिलै सर्ने संक्रामक रोग हो । यो खोकी तथा हाच्छ्यूँ गर्दा निस्केका कफ तथा थूक का मसिना छिटा का माध्यम बाट सर्दछ । अर्थात् रोगी को थूक मा भएका मसिना थोपा मा लहरेखोकी का ब्याक्टेरिया रहेका हुन्छन् । एसका ब्याक्टेरियाहरु शरीर मा प्रवेश गरेको ६ देखि २० दिन सम्म मा यो रोग देखा पर्छ । पहिलो पटक लक्षण देखा परेको समय देखि ३-४ साता सम्म रोगी संक्रामक रहन्छ । जब ब्याक्टेरियाहरु श्वासनली को बाटो हुँदै फोक्सो सम्म पुग्छन् तर फोक्सो का नलीहरु तथा प्रकोष्ठहरु सुन्निन्छन् ।

     

     

     

    लक्षण

    शुरु मा लहरे खोकी का लक्षणहरु अरु साधारण रुघाखोकी सँग मिल्दाजुल्दा हुन्छन् । तर बिस्तारै ती लक्षणहरु कडा किसिम को लगातार हुने खोकी मा बदलिन्छ । लक्षणहरु एसप्रकार टिप्न सकिन्छ –

    • सामान्य रुघाखोकी लाग्नु ।
    • नाक बाट पानी बग्नु ।
    • हाच्छ्यूँ आउनु ।
    • हल्का ज्वरो आउनु ।
    • कसैकसै लाई शुरु शुरु मा पखाला लाग्न पनि सक्छ ।
    • ७ देखि १० दिन पश्चात् सामान्य खोकी नरोकिने किसिम को खोकी मा बदलिन्छ ।
    • खोकी सुक्खा हुने हुँदा खासै कफ आउँदैन ।
    • जुन बेला पनि घाँटी खसखसाएको जस्तो महसूस भइरहन्छ ।
    • खोक्दाखोक्दै अनुहार रातो या पहेंलो देखिन सक्छ ।
    • ससाना नानीहरु ले खोक्दाखोक्दै वाक्न पनि सक्छन् ।

     

    एस रोग बाट हुने जोखिम

    लहरे खोकी ६ महीना भन्दा कम का बालबच्चा का लागि मृत्यु को कारण पनि हुन सक्छ । उनीहरु खोक्दाखोक्दै सास तान्नै नसक्ने अवस्था मा पुग्छन् । ६ महीना देखि १८ महीना सम्म का बालबालिका लाई पनि यो गम्भीर समस्या हुने भएकाले तिनलाई कडा निगरानी मा राख्नुपर्ने हुन्छ । सकेसम्म पाँच वर्ष सम्म का बच्चा लाई अस्पताल मै भर्ना गर्नुपर्ने हुन्छ ।

     

    रोग को निदान

    डाक्टर ले बिरामी का लक्षण हेरेर र रक्तपरीक्षण द्वारा रगत मा भएका ब्याक्टेरिया को परीक्षण गरेर एस रोग को निदान गर्न सक्ने छन् । आवश्यक देखेमा छाती को एक्स रे पनि लिन सकिन्छ ।

     

     

    उपचार

    • डाक्टर ले विशेष प्रकार को एन्टिबायोटिक को प्रयोग बाट उपचार गर्ने छन् । यो ब्याक्टेरिया जनित रोग भएकाले ती ब्याक्टेरिया कुन समूह को एन्टिबायोटिक सँग संवेदनशील छन् त्यो पत्ता लगाइन्छ । १४ दिनसम्म एन्टिबायोटिक औषधि चलाउनु पर्ने हुन सक्छ । एन्टिबायोटिक ले संक्रमण को अवधि र लक्षणहरु लाई अधिकाधिक कम गराउन सक्छ ।
    • खोकी को कफ सिरप वा एक्स्पेक्टोरेन्ट आदि ले कुनै काम गर्दैनन् ।
    • नून हालेको तातो पानी पिउनु लाभदायक हुन्छ ।
    • लहरेखोकी लागेका बिरामी को संसर्ग बाट नवजात शिशु तथा बालबालिकाहरु लाई बचाउनु पर्दछ ।

     

    रोकथाम

    खोप नै यो रोग बाट जोगिने सर्वोत्तम उपाय हो । भर्खरै जन्मेको शिशु समेत यो रोग बाट जोगियोस् भन्नका लागि गर्भवती आमा लाई नै खोप दिनु पर्ने हुन्छ । खोप दिने प्रक्रिया एस प्रकार छन् –

    • बच्चा जन्मिएको ६ साता सम्म बच्चा लाई कुनै खोप दिन नमिल्ने हुनाले नवजात शिशु लाई लहरे खोकी बाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको गर्भधारण भएको २८ हप्ता मा लहरे खोकी को खोप लगाउनु हो । गर्भवती महिला का लागि नेपाल सरकार ले निःशुल्क खोप को व्यवस्था गरेको छ ।
    • भ्यागुते रोग (Diphtheria), लहरेखोकी (Pertussis), धनुष्टंकार (Tetanus) को संक्रमण बाट बचाउन नवजात शिशु लाई छैटौं, दशौं र चौधौं साता गरी तीन पटक डीपीटी (Diphtheria, Pertussis & Tetanus, DPT) को खोप दिनु जरुरी हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper