रगत बान्ता (Hematemesis)

संपरीक्षक डा. नमराज शर्मा पण्डित, MD, DTCD

    परिचय :

    रगत बान्ता अर्थात् बान्ता मा रगत आउनु लाई डाक्टरी भाषा मा हेमाटिमेसिस (Hematemesis) भनिन्छ । रगत बान्ता हुनुका पछाडी अनेक कारण हुन सक्छन् । कहिलेकाहीं फोक्सो बाट रगत आएको सँग पनि झुक्किन सकिन्छ । तर खोक्दा वा श्वासप्रश्वास का बेला मुख बाट रगत आउनु लाई हेमोप्टाइसिस (Hemoptysis) रोग का रुप मा लिइन्छ, जुन अलग्गै रोग हो । हेमोप्टाइसिस मा फोक्सो का प्रकोष्ठहरु फुटेर रगत आउने हुन्छ ।

     

    रगत बान्ता हुनु भनेको एक किसिमको डरलाग्दो अवस्था सोचिन्छ । तर कहिलेकाहीं यो सामान्य समस्या को लक्षण पनि हुन सक्छ । नाथ्री फुटेर बगेको रगत वा मुख भित्र घाऊ भएर निस्किएको रगत निलिए पछि भएको बान्ता मा रगत देखिन सक्छ । जसलाई सामान्य मान्नु पर्छ भने कहिलेकाहीं आन्द्रा मा घाऊ भएर वा कुनै भित्री अंग मा समस्या भएर रगत बान्ता भएको हो भने तेसलाई गम्भीर किसिम को समस्या मान्नु पर्छ ।

     

    लक्षण

    रगत बान्ता को मुख्य लक्षण भनेकै बान्ता गर्दा बान्ता मा रगत मिसिएको हुनु या पूरै रगत बान्ता गर्नु हो । सम्बन्धित व्यक्ति मा रगत बान्ता सँग जोडिएर निम्न लक्षणहरु पनि देखिन सक्छन् –

    • पेट पोल्नु ।
    • छाती दुख्नु ।
    • कमजोरी हुनु ।
    • रगत सँगै खाएको खानेकुरा पनि बान्ता हुनु ।
    • दृष्टि तिरमिराउनु ।
    • हृदय को धडकन तिब्र हुनु ।
    • श्वासप्रश्वास को गति बढ्नु ।
    • शरीर चीसो हुनु ।
    • होश हराउनु ।

     

    कारण

    बान्ता मा रगत आउनुका पछाडी अनेक कारण हुन सक्छन् । ती मध्ये केही कारणहरु तल दिइएका छन् –

    • नाथ्री फुट्नु वा गिँजा को रोग का कारण वा मुख मा घाऊ हुनु आदि बाट बगेको रगत निलिन गए पछि भएको बान्ता मा रगत देखिन सक्छ ।
    • ग्यास्ट्राइटिस (Gastritis) : लामो एसिडिटी का कारण पेट भित्र घाऊ हुनु ।
    • इसोफ्यागस या खाद्यनली मा घाऊ भएर रक्तस्राव हुनु ।
    • लिभर सिरोसिस (Cirrhosis) : लामो समय देखि हुँदै आएको बढ्ता रक्सी सेवन वा कलेजो मा भएको अन्य संक्रमण का कारण पनि बान्ता मा रगत देखिन सक्छ ।
    • स्टोमक क्यान्सर (Gastric Adenocarcinoma) : पेट को क्यान्सर पनि रगत बान्ता को कारण हुन सक्छ ।
    • प्यानक्रियाटिक क्यान्सर ।
    • भिटामिन के को कमी ।
    • दूध को एलर्जी ।
    • माछा को काँडा वा अन्य घातक ठोस कुरा निल्नु ।

     

    रोग को निदान

    बान्ता मा आएको रगत को रंग हेरेर पनि कतिपय अवस्था मा बिरामी लाई भएको समस्या तथा कुन अंग बाट रगत आएको हो सो को अन्दाज गर्न सकिन्छ । एसरी आएको रगत ध्वाँसे रातो, गाढा रातो, देखि लिएर उज्यालो रातो सम्म को हुन्छ । ध्वाँसे रातो रगत छ भने त्यो पेट मा लामो समय देखि भएको घाऊ बाट बगेको हुनुपर्छ भन्ने संकेत मिल्छ र गाढा रातो छ भने पेट वा इसोफ्यागस मा भर्खरै भएको घाऊ हुनुपर्छ भन्ने संकेत मिल्छ । अनि चम्किलो रातो छ भने इसोफ्यागस वा घाँटी को वरिपरि रक्तस्राव भएको हुनुपर्छ भन्ने संकेत मिल्दछ । डाक्टर ले अनेक प्रश्न गरेर बिरामी लाई भएको समस्या बुझ्न खोज्ने छन् । कुनै चोटपटक लाग्ने किसिम को दुर्घटना भएको थियो कि भन्ने प्रश्न पनि सोध्न सक्ने छन् । डाक्टर ले बिरामी को समस्या खुट्याउन बान्ता बाट निस्केको रगत को परीक्षण गराउन तथा विभिन्न किसिम का इमेजिङ जाँच समेत गराउन सक्छन् –

    • सीटी स्क्यान (CT Scan)
    • इन्डोस्कोपी (Endoscopy)
    • अल्ट्रासाउण्ड (Ultrasound)
    • एक्स रे (X-ray)
    • एमआरआई (MRI)

     

    उपचार

    • मुख्य गरेर जुन कारण ले रगत बान्ता हुने समस्या देखिएको हो सो को उपचार गर्ने।
    • बान्ता भएको रगत को परिमाण का आधार मा बिरामी लाई रगत चढाउनु पर्ने अवस्था आउन सक्छ ।
    • शरीर मा रगत सँगै पानी को पनि कमी भएको हुन सक्छ । तेस्तोमा नसा बाट पानी पनि दिन सकिन्छ ।
    • यदि GI को माथिल्लो भाग मा समस्या रहेछ भने इण्डोस्कोपी गरेकै समय मा डाक्टर ले तेसको मुख थुन्ने वा डाम्ने किसिम को उपचार समेत गर्न सक्छन् ।
    • अलि गम्भीर किसिम को समस्या रहेछ भने अपरेशन गर्नुपर्ने समेत हुन सक्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper