यौन संक्रामक रोगहरु (Sexually Transmitted Diseases)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    रोगी व्यक्ति सँग भएको यौन सम्पर्क का कारण सर्ने रोगहरु लाई यौन संक्रामक रोगहरु भनिन्छ । यी रोगहरु यौन संक्रामक रोगहरु लागेकी आमा बाट तिनका पाठेघर मा रहेको भ्रूण या जन्मेको सन्तान मा पनि सर्ने सम्भावना रहन्छ । यी रोगहरु लाई अंग्रेजी मा Sexually Transmitted Diseases, STDs अथवा Sexually Transmitted Infections, STIs भेनेरल डिजिजेज, Veneral Diseases भनेर जानिन्छ । एस किसिम का समस्या मा जीवाणुहरु यौनाङ्ग तथा मुख मा भएको म्यूकस मेम्ब्रेन को बाटो भएर शरीर मा प्रवेश गर्छन् । यौन संक्रामक रोगहरु पैदा गर्ने जीवाणुहरु मा ब्याक्टेरिया, भाइरस, फन्जाई तथा अन्य परजीवी आदि पर्दछन् ।

    यी रोगहरु लाई समय मै उपचार गरिएन भने इनले थप जटिल समस्या पैदा गर्दछन् । एकातिर यौन समागम मा बाधा उत्पन्न गर्छन् भने अर्कातिर आमा संक्रमित भएको अवस्था मा बच्चा मा समेत रोग लाग्ने डर रहिरहन्छ ।

    रोग जीवाणु
    गनोरिया ब्याक्टेरिया
    भिरिङ्गी स्पाइरोचिट
    इपिडिडाइमिस क्लामिडिया
    हेपाटाइटिस बी भाइरस
    एचआईभी एड्स भाइरस
    ट्राइकोमोनियासिस प्रोटोजोआ
    स्क्याबिज, लुतो परजीवी

     

     

    जोखिम का पक्षहरु :

    • यौन संक्रामक रोगहरु एकैजना सँग होस् वा धेरै जना सँग होस् यौन संक्रमित व्यक्ति सँग को यौन सम्पर्क का कारण सर्दछ ।
    • वेश्यावृत्ति मा संलग्न वा वेश्यागमन मा प्रवृत्त व्यक्तिहरु यदि कण्डोम विना सम्पर्क गर्दछन् भने रोग लाग्ने वा सर्ने सम्भावना बढ्ता हुन्छ ।
    • केही यौन संक्रामक रोगहरु जस्तो कि गनोरिया, क्लामिडिया, एचआईभी एड्स, भिरिङ्गी ले पीडित आमा बाट गर्भावस्था का बेला वा बच्चा जन्माउँदा नवजात शिशु मा सो रोग सर्ने सम्भावना अत्यधिक हुन्छ र एस्तोमा त्यो रोग बच्चा का लागि अत्यन्त घातक हुनुसँगै मृत्यु को कारण समेत बन्न सक्छ ।
    • आपस मा यौनक्रिया गर्ने पुरुष पुरुष का बीच यौन रोग संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ ।
    • इन्जेक्शन द्वारा लागूपदार्थ लिनेहरु हेपाटाइटिस तथा एचआईभी संक्रमण का शिकार हुने सम्भावना धेरै हुन्छ ।

     

     

    लक्षण

    यौन संक्रामक रोगहरु मध्ये जीवाणु को शरीर मा प्रवेश भए पश्चात् कुनै चाँडै र कुनै केही साता पछि मात्रै आफ्नो प्रभाव देखाउने हुन्छन् । सँगसँगै रोग अनुसार लक्षण मा पनि अन्तर हुन्छ । केही रोगहरु र तिनका लक्षण एसप्रकार छन् –

    • गनोरिया, क्लामिडिया : यौनाङ्ग बाट हल्का सेतो पानी बग्नु, पिसाब गर्दा पीडा हुनु, यौनाङ्ग को अगाडी को भाग सुन्निनु ।
    • भिरिङ्गी : यौनाङ्ग मा घाऊ हुने, पिसाब गर्ने ठाउँ दुख्ने, सुन्निने, मसिना विमिराहरु देखिने हुन्छ ।
    • इपिडिडाइमिस : अण्डकोष सुन्निनु र दुख्नु ।
    • एचआईभी : अन्तस्रावी ग्रन्थीहरु सुन्निनु र दुख्नु ।
    • स्क्याबिज : अत्यधिक चिलाउनु र राता चाला पर्नु ।

     

     रोग को निदान

    बिरामी का लक्षण हेरेर र बिरामी बाट उसका समस्या सुनेर उसलाई यौन संक्रामक रोग लागेको छ कि छैन र लागेको भए कुन रोग लागेको हो सो निश्चय गर्न सजिलो पर्छ । यौनाङ्ग को परीक्षण सँगै विभिन्न प्रकार का ल्याब परीक्षणहरु आवश्यक हुन्छन् । यौनाङ्ग मा घाऊ भएको छ वा यौनाङ्ग बाट बाक्लो पानी बगेको छ भने सो को ल्याब परीक्षण पनि आवश्यक हुन सक्छ । रोग का बारे मा थप निश्चित हुन रगत तथा पिसाब को परीक्षण, विभिन्न किसिम का इमेजिङ जाँच आदि समेत गर्नु पर्ने हुन्छ ।

     

    उपचार

    विभिन्न यौन संक्रामक रोगहरु अलग अलग जीवाणु तथा परजीवी बाट हुने भएकाले उपचार का लागि अलग अलग प्रक्रिया अवलम्बन गर्नु पर्छ । तिनको संक्षिप्त विवरण एस प्रकार छ-

    • गनोरिया तथा क्लामिडिया : इनको उपचार मा एन्टिबायोटिक को प्रयोग गरिन्छ । रोग का लक्षणहरु हराइसकेपछि पनि डाक्टर को सल्लाह मा थप केही दिन एन्टिबायोटिक सेवन गर्नुपर्ने हुन्छ ।
    • भिरिङ्गी : भिरिङ्गी को उपचार मा पेन्सिलिन को प्रयोग बढ्ता प्रभावकारी देखिएको छ ।
    • यौनांग को सुजन : ब्याक्टेरिया को संक्रमण का कारण यौनांग को सुजन भएको रहेछ भने मेट्रोनिडाजोल को प्रयोग लाभदायक हुन्छ ।
    • यौनांग मा हुने पानीफोका तथा चाला : एसका लागि एन्टिभाइरल एसाइक्लोभिर, भ्यालासाइक्लोभिर खुवाउनु पर्ने हुन्छ ।
    • हेपाटाइटिस बी : लिभर जोगाउने उद्देश्य ले लिभर केन्द्रित भएर उपचार गर्नु पर्छ ।
    • स्क्याबिज तथा लुतो : पर्माथ्रीन औषधि को प्रयोग गर्नु पर्छ ।
    • एचआईभी एड्स : एसका लागि एन्टिरिट्रो भाइरल उपचार (ART) को अनुसरण गरिन्छ ।

     

    बचावट अथवा रोकथाम

    तल उल्लिखित उपायहरु को अवलम्बन गरेर यौन संक्रामक रोगहरु बाट बच्न सकिन्छ –

    1. जो सँग पनि यौन समागम गर्ने बानी सुधार गरेर ।
    2. यौन रोग नलागेको व्यक्ति सँग मात्रै यौन समागम गरेर ।
    3. यौन समागम गर्दा कण्डोम को प्रयोग गरेर ।
    4. आफ्नो यौनाङ्ग को नियमित सरसफाई मा ध्यान दिएर ।
    5. हेपाटाइटिस बी को खोप स्वयं ले पनि लगाउने तथा आफ्नो यौन पार्टनर लाई पनि लगाउन सिकाउने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper