युरिक एसिड बढ्नाले हुने बाथ (Hyperuricemia)

संपरीक्षक डा. परिमल कोइराला MBBS, MD

    परिचय :

    रगत मा लामो समय सम्म यूरिक एसिड को मात्रा चाहिने भन्दा बढ्ता हुन गयो भने घुँडा, कुहिना, नाडी, गोलीगाँठा आदि शरीर का जोर्नीहरु मा करकरी लुछे जस्तो पीडा हुने हिँडडुल गर्दा दुख्ने सम्भावना हुन्छ । एसलाई हाम्रो समाज मा बाथ भनेर चिनिन्छ । बाथ का अनेक प्रकार मध्ये यो पनि एउटा हो र यो युरिक एसिड बढ्नाले भएको बाथ हो । एसलाई अंग्रेजी मा हाइपरयुरिसेमिया Hyperuricemia भनिन्छ । नेपाल मा युरिक एसिड का कारण हुने बाथरोगीहरु को संख्या उच्च रहेको पाइएको छ ।

    हामीले खाएको खानेकुरा मा भएको प्यूरिन रगत मा पुगे पछि थप रासायनिक प्रक्रिया बाट यूरिक एसिड मा बदलिन्छन् । सामान्यतया हाम्रो रगत मा महिला का हक मा २.४ – ६.० मिग्रा प्रति डेसिलिटर तथा पुरुष का हक मा ३.४ – ७.० मिग्रा प्रति डेसिलिटर यूरिक एसिड हुने गर्छ । तर हाइपरयुरिसेमिया हुँदा रगत मा यूरिक एसिड को मात्रा तोकिएको भन्दा बढ्ता हुन्छ । बाथ जुनसुकै अवस्था मा जुनसुकै उमेर का मानिस लाई हुन सक्ने र नसर्ने खालको दीर्घ रोग हो ।

     

    कारण

    हामीले खाएको खानेकुरा मा रहेको प्यूरिन रगत मा पुगे पछि टुक्रिएर यूरिक एसिड बन्दछ । तेसरी बनेको यूरिक एसिड लाई रगत बाट छानेर पिसाब सँगै बाहिर फ्याँक्ने काम मिर्गौला को हो । तर सामान्य भन्दा बढ्ता यूरिक एसिड बन्न थाल्यो र मिर्गौला ले छानेर फाल्न भ्याएन वा मिर्गौला मा कुनै समस्या भयो र मिर्गौला ले राम्ररी काम गर्न सकेन भने रगत मा यूरिक एसिड को मात्रा बढ्न थाल्छ । रगत मा तेसको एउटा निश्चित मात्रा भन्दा बढ्ता भयो भने समस्या हुने हो । रगत मा बग्दै बग्दै शरीर का विभिन्न भाग मा पुगेको यूरिक एसिड जोर्नीहरु खुम्चने सोझिने गर्दा हुने अवरोध का कारण थोरै मात्रा मा जम्मा हुँदै जाने हुन्छ । तेसरी जम्मा भएको यूरिक एसिड ती जोर्नीहरु मा मसिना क्रिष्टल का रुप मा जम्दै जान्छन् जसले घोच्ने र दुखाउने सम्भावना हुन्छ । सँगसँगै तिनमा भएको अम्लियपन ले पनि पोल्ने र दुख्ने कुरा मा भूमिका खेल्दछ । रगत मा यूरिक एसिड को वृद्धि हुनुका पछाडी निम्न कारक तत्त्वहरु जिम्मेवार हुन सक्छन् –

    • मुटु को रोग, मधुमेह वा मिर्गौला सम्बन्धी समस्या ।
    • खानेकुरा मा प्यूरिन को अत्यधिक मात्रा । निम्न खानेकुरा मा प्यूरिन बढ्ता पाइन्छः
      1. रातो मासु ।
      2. कलेजो तथा गिदी को मासु ।
      3. माछा, प्राउन आदि को मासु ।
      4. सिमी, राजमा तथा बोडी ।
      5. च्याउ ।
    • बियर को बढ्ता सेवन ।
    • आफ्नो वंश मा अरुलाई पनि हाइपरयुरिसेमिया हुनु ।
    • मोटापा बढ्नु ।
    • रगत मा लिड को मात्रा बढ्नु ।
    • अप्रत्याशित रूप मा तौल घट्नु ।

     

    लक्षण

    कतिपय अवस्था मा रगत मा युरिक एसिड निर्धारित मात्रा भन्दा बढ्ता भए पनि कुनै लक्षण देखिँदैनन् । लगातार युरिक एसिड बढ्ता भइरह्यो भने निम्न लक्षणहरु देखिन सक्छन् –

    • हात खुट्टा का जोर्नीहरु दुख्नु ।
    • खुट्टा सुन्निनु ।
    • पिसाब पोल्नु ।
    • कोखो दुख्नु ।
    • सिँढी चढ्न वा ओर्लन गाह्रो हुनु ।

     

    रोग को निदान

    रगत को जाँच गरी रगत मा भएको यूरिक एसिड को मात्रा मापन गरेर हाइपरयुरिसेमिया भए नभएको निदान गरिन्छ । हाइपरयुरिसेमिया का कारण शरीर का अन्य अंग मा पुगेको क्षति पत्ता लगाउन निम्न जाँचहरु पनि गरिन्छन् –

    • सीबीसी काउण्ट ।
    • सिरम क्रियटिनिन लेबल ।
    • लिभर फंशन टेष्ट ।
    • सिरम ग्लुकोज लेबल ।
    • लिपिड प्रोफाइल ।
    • क्लाल्शियम तथा फोस्फेट लेबल ।
    • थाइरोइड स्टिमुलेटिङ हर्मन लेबल ।

     

     

    एस रोग का कारण निम्तिने थप समस्याहरु

    यो रोग का कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन् –

    • पिसाब सम्बन्धी समस्या ।
    • कलेजो तथा मुटु सम्बन्धी समस्या ।
    • प्रोस्टेट सम्बन्धी समस्या ।

     

    उपचार

    हाइपरयुरिसेमिया को उपचार भनेकै रगत मा पुगे पछि यूरिक एसिड बन्न सहयोग गर्ने खानेकुरा सकेसम्म कम खानु हो । दूध मा यूरिक एसिड बन्ने प्यूरिन को मात्रा धेरै कम हुन्छ भने दही मा ल्याक्टिफाइङ् ब्याक्टेरिया का कारण ले धेरै हुन्छ । तेसैले दूध खान हुन्छ तर दही खाँदा विचार पुर्‍याउनु पर्छ । अण्डा को सेतो भाग का तुलना मा पहेंलो भाग मा प्यूरिन बढी हुन्छ । तेसैले अण्डा खाँदा पहेंलो भाग खानु हुँदैन र खानै मन लागे कम खानु पर्छ । खानेकुरा मा प्रोटीन धेरै भएका तर प्यूरिन कम भएका कुरा समावेश गर्दै जाना साथ केही दिन मै रगत मा यूरिक एसिड को मात्रा घट्न जान्छ । रगत मा भएको यूरिक एसिड लाई घटाउन डाक्टर ले पिसाब लगाउने पोटाशियम साइट्रेट जस्ता अल्कलाइजिङ एजेन्ट युक्त औषधि वा यूरिक एसिड बन्न अवरोध गर्ने किसिम का औषधिहरु दिन सक्छन् । दुखेका ठाउँहरु मा तातो पानी ले सेक्ने गर्नु लाभदायक हुन्छ ।

     

    रोकथाम

    • खाने कुरा मा प्यूरिन कम भएको खानेकुरा खाने ।
    • सन्तुलित खानेकुरा खाने ।
    • यथेष्ट मात्रा मा पानी पिउने ।
    • फ्रक्टोज हालेर गुलियो बनाइएका पेय पदार्थ नपिउने ।
    • मादक पदार्थ को सेवन नगर्ने ।
    • शारीरिक तौल लाई सन्तुलित राख्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper