मस्तिष्काघात (Stroke)

संपरीक्षक डा. परिमल कोइराला, MD

    परिचय :

    अंग्रेजी मा स्ट्रोक भनेर जानिने यो समस्या लाई नेपाली मा मस्तिष्काघात भनिन्छ । अन्य अंग मा जस्तै हाम्रो मस्तिष्क मा पनि अक्सीजन र पोषक तत्त्व को आपूर्ति गर्ने काम रगत कै हो । हामीले लिएको अक्सीजन को २० प्रतिशत भन्दा बढी खपत हाम्रो मस्तिष्क ले गर्दछ । मस्तिष्कसम्म रगत पुर्याउने काम विभिन्न रक्तनलीहरु ले गर्दछन् । मस्तिष्क सम्म रगत पुर्याउने काम मा अवरोध हुँदा वा मस्तिष्क मा रगत लैजाने रक्त नली फुटेर मस्तिष्क मा अक्सीजन र पोषण को आपूर्ति मा समस्या आयो भने मस्तिष्क का केही कोष को एक्कासी मृत्यु हुने सम्भावना हुन्छ । यदि एक मिनट मा २० लाख को हाराहारी मा मस्तिष्क का कोषहरु को मृत्यु भयो भने मस्तिष्काघात को समस्या देखिने हो ।

    प्रायः जाडो बढ्ने क्रम सँगै मस्तिष्काघात को समस्या मा पनि झण्डै २० प्रतिशत ले वृद्धि हुने गरेको कुरा तथ्यांक ले बताउँछ । जाडो याम मा रगत केही बाक्लो हुने र रगत को नशा खुम्चिएर रगत को बगाई मा अवरोध सिर्जना हुने हुँदा यो समस्या बढ्न गएको हो ।

    विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मस्तिष्काघात बाट हुने मृत्यु दोस्रो नम्बर मा र मस्तिष्काघात बाट हुने अपांगता तेस्रो नम्बर मा आउँछन् । यस किसिमको समस्या ले आक्रान्त हुने मुलुकहरु मा नेपाल पनि एउटा हो । महिला भन्दा पुरुषहरु मस्तिष्काघात का बढ्ता शिकार हुने गरेका छन् ।

     

    मस्तिष्काघात का प्रकार :

    मस्तिष्काघात मुख्यतः तीन प्रकार का हुन्छन् इस्किमिक, हेमोरेजिक र ट्रान्जिएन्ट इस्किमिक ।

    • इस्किमिक मस्तिष्काघात – मस्तिष्क मा रगत जाने नशा मा अवरोध उत्पन्न भएर रगत जान नपाउनाले एस प्रकार को मस्तिष्काघात हुने गर्छ । रक्तनली मा बोसो का कारण ले रगत जम्दै गयो भने एस किसिम को समस्या उत्पन्न हुन्छ । नेपाल मा एस अवस्था को मस्तिष्काघात भएर चिकित्सक कहाँ पुग्नेको संख्या करीब ४५ प्रतिशत छ ।
    • हेमोरेजिक मस्तिष्काघात – मस्तिष्क मा रगत को नली अचानक फुट्दा वा बिस्तारै रगत चुहिंदा हुने समस्या ले एस प्रकार को मस्तिष्काघात लाई बुझाउँछ । चोटपटक लाग्नाले वा रक्तचाप अचानक बढ्ना ले वा कुनै कारणवश रक्तनलीहरु पातला र कमजोर हुनाले यो समस्या आइपर्न सक्छ । नेपाल मा एस्तो समस्या भएर चिकित्सक कहाँ पुग्ने को संख्या झण्डै ५० प्रतिशत छ ।
    • ट्रान्जिएन्ट इस्किमिक मस्तिष्काघात – एसलाई मिनी मस्तिष्काघात अर्थात् टीआईए (TIA- Transient Ischemic Attack) पनि भन्ने गरिन्छ । मस्तिष्काघात का करीब एक तिहाई बिरामी लाई ठूलो स्ट्रोक हुनुभन्दा अगाडी एस किसिम को हलुका स्ट्रोक हुन सक्छ । तर यो समस्या अस्थायी हुने हुँदा चिकित्सक सम्म पुग्ने प्रवृत्ति कमै देखिएको छ । नेपाल मा एस्तो समस्या भएर चिकित्सक कहाँ पुग्ने बिरामी को संख्या मात्रै ५ प्रतिशत रहेको छ । तर वास्तव मा यो सानो स्ट्रोक नै भविष्य मा हुने ठूलो स्ट्रोक को संकेत भएकाले एसपछि बिरामी निकै सचेत रहनु आवश्यक हुन्छ ।

     

    मस्तिष्काघात का कारण :

    • उच्च रक्तचाप ।
    • मुटु रोग हुनु ।
    • मधुमेह देखिनु ।
    • निष्क्रिय जीवनशैली ।
    • धूमपान वा तम्बाकू को सेवन गर्नु ।
    • मोटोपन बढ्नु ।
    • रगत मा एलडीएल कोलेस्टेरोल को मात्रा बढ्नु ।
    • बढ्ता मद्यपान गर्नु ।
    • बढ्दो उमेर ।
    • वंशमा मस्तिष्काघात भएको इतिहास हुनु ।

     

    मस्तिष्काघात का लक्षण :

    मस्तिष्काघात अकस्मात् हुने भएकाले एसका लक्षणहरु लामो समय देखि देख्न पाइने खालका हुँदैनन् । जतिबेला मस्तिष्काघात को समस्या हुन्छ तेति नै बेला निम्नानुसार का लक्षण देखिन सक्छन्-

    • अकस्मात् टाउको दुख्नु र वान्ता हुनु ।
    • मुख बांगिनु ।
    • हातगोडा झम्झमाउनु र एक्कासि एउटा हात वा खुट्टा लुलो हुनु ।
    • शरीरलाई सन्तुलन मा राख्न नसक्नु ।
    • रिंगटा लाग्नु वा वेहोश हुनु ।
    • बोली लरबराउनु वा स्वरै गुम्नु ।
    • दृष्टि मा अचानक समस्या आउनु र एउटा आँखा ले नदेख्ने हुनु ।
    • एक्कासि कुरा बुझ्न अपठेरो हुनु ।
    • अनियन्त्रित रुप मा दिसापिसाब हुनु ।

     

    मस्तिष्काघात रोग को निदान :

    तत्काल हुने समस्या भएकाले मस्तिष्काघात हो होइन भन्ने जान्नका लागि तपाईंले निम्न कुरा को परीक्षण गरेर हेर्न सक्नुहुन्छ –

    • बिरामी ले हाँस्न खोज्दा वा बोल्न खोज्दा अनुहार मा एकापट्टि का मांसपेशी मात्र चल्नु ।
    • बिरामी लाई दुवै हात माथी उठाउन पठाउँदा एउटा हात मात्र माथी उठाउन सक्नु ।
    • बिरामी बोल्न खोज्दा बोली लरबरिनु ।

    यदि माथी यी तीनै लक्षणहरु देख्नुभयो भने बिरामी लाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ । अस्पताल मा डाक्टर ले निम्न परीक्षण गरेर मस्तिष्काघात भए नभएको यकीन गर्ने छन् –

    • भौतिक जाँच : डाक्टर ले बिरामी का प्रारम्भिक लक्षणहरु सुन्ने छन्, रक्तचाप जाँच्ने छन्, घाँटी मा भएका क्यारोटिड रक्तनली को आवाज सुन्ने छन् तथा आँखा को परेला का केशिकाहरु को जाँच गर्ने छन् र रक्तनली मा रगत जमे नजमेको पत्ता लगाउने छन् ।
    • डाक्टर ले रगत कति समय मा जम्छ भन्ने जान्न रगत को जाँच गर्न सक्छन् ।
    • सीटी स्क्यान : मस्तिष्क का विभिन्न किसिम का एक्स-रे हरु गरेर मस्तिष्कभित्र रक्तस्राव भए नभएको पत्ता लगाउनु सँगै मस्तिष्क भित्र भएका ट्यूमर, रगत जमेको अवस्था आदि हेर्ने छन् ।
    • एमआरआई स्क्यान : MRI स्क्यान गरेर क्षतिग्रस्त मस्तिष्क का कोषहरु को अवस्था पत्ता लगाउने छन् ।
    • क्यारोटिड अल्ट्रासाउण्ड : क्यारोटिड आर्टेरीहरु मा रगत को प्रवाह जान्न का लागि क्यारोटिड अल्ट्रासाउण्ड को उपयोग गर्न सक्छन् ।
    • सेरेब्रल एन्जिओग्राम : डाई को इन्जेक्शन दिएर मस्तिष्क तथा घाँटी का नशाहरु को अवस्था एक्स रे मा स्पष्ट देख्न सकिने व्यवस्था मिलाउने छन् ।
    • इकोकार्डियोग्राम : जमेका रगत का ढिकाहरु मुटु मा भए नभएको जाँच गर्न यो जाँच गर्न सक्ने छन् ।

     

    उपचार :

    मस्तिष्काघात भए पछि बिरामी लाई जति चाँडो चिकित्सककहाँ लगिन्छ उति नै उपचार मा सहजता हुन्छ । शुरु मा त बिरामी को रक्तचाप अधिक भएको भए रक्तचाप ओराल्ने औषधि दिइन्छ । मस्तिष्काघात भएको तीन घण्टा को समय लाई सुवर्ण समय मानिन्छ । किनकि यो समय भित्र जमेको रगत गलाउने टिस्सू प्लाज्मिनोजेन एक्टिभेटर सूई दिएर मस्तिष्क का कोषिका लाई हुने रक्त आपूर्ति को पुनर्बहाली गर्न सजिलो हुन्छ । तर यो इन्जेक्शन ४.५ घण्टा भन्दा पछाडी दिएर कुनै काम हुँदैन । धेरै बढी मात्रा मा रक्तकोषिका अवरुद्ध भएकाहरु लाई न्यूरो इन्टर्भेन्सन प्रविधि बाट जमेको रगत बाहिर निकालिन्छ । उपचार मा जति ढिलाई हुन्छ उति नै धेरै संख्या मा न्यूरानहरु को मृत्यु हुँदै जान्छ । वयस्क व्यक्ति मा न्यूरान को पुनर्उत्पादन हुन नसक्ने हुँदा ढिलो भएको उपचार ले बिरामी विकलांगता को शिकार हुन सक्ने सम्भावना हुन्छ ।

     

    पुनर्स्थापनीय उपचार :

    मस्तिष्काघात भएर तत्कालीन उपचार गरिसके पछि पनि बिरामी पूर्णतया निरोगी भइसकेको हुँदैन । मस्तिष्काघात ले कतिपय शारीरिक र मानसिक समस्याहरु सिर्जना गरेको हुन्छ जसलाई लामै समय लगाएर पुनर्स्थापनीय उपचार गर्नुपर्ने हुन्छ जसले गर्दा मस्तिष्काघात बाट भएको क्षति लाई न्यूनीकरण गर्न सकियोस् –

    • बोल्ने अभ्यास : बिरामी लाई पहिले जसरी नै बोल्न सकोस् भन्ने उद्देश्यले विभिन्न आवाज निकाल्ने अभ्यास गराउनु पर्छ । नियमित रुप मा मुख को व्यायाम गराएर मुख का मांसपेशी लाई सक्रिय बनाउन सकिन्छ ।
    • शारीरिक अभ्यास : यदि मस्तिष्काघात का कारण कुनै अंग कमजोर भएको छ भने त्यो अंग लाई संचालन गर्न बिरामी लाई पूरै ध्यान दिन लगाइन्छ । सँगसँगै हलुका शारीरिक अभ्यास पनि गराउनु लाभदायक हुन्छ ।
    • दैनिक क्रियाकलाप को पुनर्स्थापना : मस्तिष्काघात पछि बिरामीलाई पहिले झैं नै उसका सम्पूर्ण दैनिक क्रियाकलापहरु रुटिन मिलाएर गराउनु आवश्यक हुन्छ ।
    • एकाकी हुन नदिने : बिरामी लाई एक्लो भएको अनुभव नहोस् भन्न का लागि परिवार का अरु सदस्यहरु ले समय छुट्याएर बिरामीसँग बोल्ने मनोरंजन गर्ने काम गर्नु पर्छ ।

     

    मस्तिष्काघात को रोकथाम :

    मस्तिष्काघात हुन दिनु भन्दा जीवन मा यो समस्यै आउन नदिनु बुद्धिमानी हुन्छ । तेसका लागि आफ्नो जीवनचर्या मा निम्न बमोजिम सुधार गर्नु आवश्यक हुन्छ –

    • निष्क्रिय जीवनशैली को परित्याग गरी सक्रिय जीवनशैली अपनाउनु ।
    • मद्यपान तथा धूमपान त्याग गर्नु ।
    • रक्तचाप को समय समय मा जाँच गरी उच्च रक्तचाप भएको थाहा भएमा चिकित्सक को सल्लाह बमोजिम औषधि को नियमित सेवन गर्नु ।
    • मधुमेह को समस्या छ भने पनि डाक्टर को निगरानी मा रहिरहनु ।
    • निदाएका बेला श्वासप्रश्वास सम्बन्धी समस्या हुने रहेछ भने तेसको उचित उपचार गरिरहनु ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper