भोक नलाग्नु वा अरुचि (Anorexia Nervosa)

संपरीक्षक डा. ज्योति भट्टराई MBBS, ABIM (USA)

    परिचय :

    आमाशय अथवा हाम्रो पाचनतन्त्र मा गडबडी भयो भने हामीलाई खान मन लाग्दैन । एकदुई छाक वा दुईचार दिन एस्तो हुनु सामान्य पनि हुन सक्छ तर यो लामो समय सम्म जारी रह्यो भने एसलाई हामी भोक नलाग्नु वा अरुचि का रूप मा बुझ्दछौं । एसलाई स्वास्थ्य विज्ञान मा एनोरेक्जिया नर्भोसा का नाम ले जानिन्छ । हामीलाई काम गर्नका लागि ऊर्जा चाहिन्छ । हामीले खाएको खानेकुरा बाट हामीले ऊर्जा प्राप्त गर्छौं । यदि हामीलाई अरुचि भयो र कम खान थालियो भने हाम्रो शरीर लाई आवश्यक पर्ने पौष्टिक पदार्थ को कमी हुँदै जान्छ र हामी कमजोर बन्दै जान्छौं ।

    खायो भने बढ्ता मोटाइन्छ कि भन्ने डर ले जब खानेकुरा मा कटौति गर्न थालिन्छ तब कतिपय मा एसले विस्तारै एउटा समस्या को रूप लिन थाल्छ । यो समस्या सामान्यतया किशोर अवस्था देखि शुरु हुने गर्दछ र पुरुष भन्दा महिला यो समस्या ले ग्रसित हुन्छन् । यो रोग ले मानिस लाई कुनै पनि खानेकुरा प्रति लगाव बाँकी रहँदैन । चाहे त्यो जति नै मीठो र चित्ताकर्षक नै किन नहोस् । यदि समय मै एसको उपचार गरिएन भने एसले कुपोषण को समस्या निम्त्याउँछ र अन्य शारीरिक समस्याहरु को शिकार बनाउँछ । अरुचि ले हड्डी कमजोर हुनु, मिर्गौला मा अनेक समस्या हुनु, मुटु ले राम्रो काम नगर्नु र मस्तिष्क ले यथेष्ट मात्रा मा पौष्टिक तत्त्व नपाउनु जस्ता अनेक समस्या निम्त्याउँछ । यदि कसैमा पनि यो समस्या देखियो भने तत्कालै उपचार का लागि चिकित्सक को सहयोग लिनु आवश्यक हुन्छ । किनकि यो जति लामो समय रहन्छ उति नै एसको उपचार जटिल बन्दै जान्छ ।

     

    कारण

    • यदि परिवार मा अरु पनि कसैलाई खाना खाने आदत को समस्या छ भने । यहाँसम्म कि बुलिमिया नर्भोसा Bulimia Nervosa भएको छ भने एनोरेक्जिया नर्भोसा हुने सम्भावना हुन्छ ।
    • शरीर लाई सदासर्वदा फीट राख्ने चाहना ले पनि मानिस लाई विस्तारै भोक नलाग्ने वा अरुचि बढ्ने समस्या तिर डोर्याउँछ ।
    • डाइटिङ गरेर तौल घटाउने उपक्रम मा पनि विस्तारै भोक कम लाग्ने हुँदै जान्छ र यो रोग को शिकार बनाउँछ ।
    • यदि कुनै ठूलै मानसिक आघात को शिकार भइयो र समय तनाव मा बित्न थाल्यो भने पनि अरुचि हुने सम्भावना हुन्छ ।
    • मोडेलिङ गर्ने वा कलाकार को भूमिका निर्बाह गर्ने उद्देश्य ले शरीर लाई बढ्ता ध्यान दिँदा पनि विस्तारै यो समस्या को शिकार हुन सकिन्छ ।

     

    लक्षण

    • कतै तौल बढ्छ कि भन्ने चिन्ता ले हरबखत सताइरहने ।
    • भोक मा कमी हुँदै जाने र भोक लाग्दै नलाग्ने ।
    • जे खाइन्छ त्यो पनि बल गरेर खानु पर्ने ।
    • असामान्य तवर ले तौल घट्दै जाने ।
    • कपाल पातलो हुने वा खुइलिने ।
    • हेर्दै एकदमै कमजोर जस्तो र दुब्लो पातलो देखिने ।
    • धेरै जसो समय व्यायाम गरेर बिताउने ।
    • अरुसँग सँगै बसेर खान नखोज्ने ।
    • कब्जियत हुने ।

     

    अरुचि को निदान

    अरुचि हो कि होइन भन्ने कुरा त बिरामी का लक्षण हेरेर वा इतिहास सुनेर थाहा पाइन्छ । तर यो कुन स्तर मा छ र एसले कति प्रभावित पारेको छ भन्ने कुरा निम्न जाँच गरेर निर्क्यौल गरिन्छ –

    • रगत मा एल्बुमिन को जाँच ।
    • हाड को घनत्व को जाँच ।
    • रगत को सीबीसी जाँच ।
    • किड्नी फंक्सन टेष्ट ।
    • लिभर फंक्सन टेष्ट ।
    • शरीर को कूल प्रोटीन जाँच ।
    • थाइरोइड फंक्सन टेष्ट ।

     

    उपचार

    अरुचि को उपचार मा पहिलो चुनौति भनेकै बिरामी लाई तपाईंलाई रोग लागेको छ भन्ने कुरा बुझाउनु हो । कतिपय एनोरेक्सिया भइरहेका मानिसहरु पनि आँफू यो समस्या बाट पीडित छू भन्ने कुरा स्वीकार गर्न सक्दैनन् । तेसैले यो समस्या एकदमै जटिल अवस्था मा पुगेपछि मात्रै बिरामी चिकित्सक को मा पुग्ने गर्दछ । तेसैले कतिपय लाई उपचार का लागि लामो समय अस्पताल मै बस्नुपर्ने हुन सक्छ । नशा बाटै ग्लुकोज पानी चढाउने देखि लिएर पौष्टक तत्त्वहरु को आपूर्ति गर्न सकिन्छ । अस्पताल बाट विदा दिनुसँगै चिकित्सक ले निम्न उपायहरु सुझाउन सक्छन् –

    • शारीरिक परिश्रम घटाउने ।
    • सामाजिक सक्रियता बढाउने ।
    • सबै सँगै बसेर खाना खाने आदत बसाल्ने ।
    • केही फूड सप्लिमेन्टहरु खुवाउने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper