भिरिङ्गी (Syphilis)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D.

    परिचय :

    भिरिङ्गी यौन सम्पर्क का माध्यम बाट फैलने र पुरुष तथा महिला दुवै का यौनांग मा हुने एक सरुवा रोग हो । यसलाई अंग्रेजी मा सिफिलिस भनिन्छ । प्रायः घुमिरहने र जो सँग पनि यौन सम्पर्क राख्ने व्यक्ति लाई एसको संक्रमण को सम्भावना धेरै हुन्छ । किनकि भिरिङ्गी भएको व्यक्ति सँग को यौन सम्पर्क बाट निरोगी व्यक्ति मा यो रोग सर्ने गर्दछ । राम्रो उपचार गरिएन भने यसले गम्भीर समस्या निम्त्याउने मात्र होइन रोगी को मृत्यु नै हुने खतरा पनि हुन्छ ।

    कुनै बेला यो एक प्रमुख जनस्वास्थ्य समस्या का रुप मा परिचित थियो । पछि पेनसिलिन जस्ता प्रभावकारी एन्टिबायोटिक का कारण यसको समस्या न्यून बन्दै गएको हो ।

     

    कारण :

    ट्रिपोनेमा प्यालिडम, Treponema pallidum नामक ब्याक्टेरिया को संक्रमण का कारण यो रोग लाग्ने गर्दछ । यो ब्याक्टेरिया बाट संक्रमित रोगी सँग यौन सम्बन्ध राख्दा यो रोग सर्दछ । गहिरो चुम्बन मात्रै पनि यो रोग सर्ने कारण बन्न सक्छ । गर्भवती महिला लाई यो रोग लागेको छ भने ऊ बाट जन्मने शिशु मा पनि यो रोग सर्ने सम्भावना हुन्छ । तर बिरामी का कपडा, स्वीमिङ पुल, बाथ टब, खानेकुरा आदि कुरा को साझेदारी गर्दैमा यो रोग सर्दैन ।

     

    लक्षण :

    भिरिङ्गी को लक्षण रोग को चरण अनुसार अलग अलग हुन्छ । भिरिङ्गी लाई तीन चरण मा बाँडिएको छ ।

    • प्रारम्भिक चरण, Primary Stage : भिरिङ्गी लागेको व्यक्तिसँग को यौन सम्पर्क को झण्डै तीन साता पछि पुरुष वा स्त्री को यौनांग मा ससाना घाउ जस्ता फोका देखिन्छन् । यी फोकाहरु ओठ हुँदो पनि देख्न सकिन्छ । यी फोकाहरु खासै पीडादायी हुँदैनन् । यिनीहरु गोलाकार का हुन्छन् । एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने प्रचुर सम्भावना भएको चरण यही हो । कण्डोम को सहयोग लिँदा पनि यो रोग सर्ने गर्छ । किनकि मुख मा समेत यो ब्याक्टेरिया को प्रभाव हुन्छ । यो चरण केही साता मा आफ से आफ हराएर जान्छ तर थप क्षति गर्ने हिसाब ले अर्को चरण को तयारी भित्रभित्रै भइरहेको हुन्छ ।
    • माध्यमिक चरण, Secondary Stage : ब्याक्टेरिया को संक्रमण को झण्डै छ साता पछि शुरु भएर तीन महिनासम्म माध्यमिक चरण का लक्षणहरु देख्ने गरिएको छ । यो चरण मा ब्याक्टेरियाहरु शरीर का सबै भाग मा फैलिसकेका हुन्छन् । यौनांग, गुदद्वार तथा मुख मा पुनः फोकाहरु तथा राता दाद देखिन सक्छन् । हत्केला तथा पैताला मा तामा रंग का चाला देखिन्छन् । यौनांग तथा मुख भित्र सेतो दाग आउने, लसिका ग्रन्थी सुन्निने, ज्वरो आउने, कपाल झर्ने, टाउको एवं मांसपेशी दुख्ने तथा तौल घट्ने हुन सक्छ । यो चरण पनि आफ से आफ हराएर जाने गर्दछ । यदि उपचार बिना हराएको हो भने रोग तेस्रो चरण मा प्रवेश गर्ने तयारी मा छ भन्ने बुझ्नु पर्छ । तर कुनै कुनै मा भिरिङ्गी ले यो चरण मा कुनै लक्षण देखाउँदैन । तेसलाई ल्याटेन्ट भिरिङ्गी भनिन्छ ।

      mouth sores 
      मुख मा जस्तै घाउ यौनांग तथा गुदद्वार मा पनि देखिन्छ
    • तेस्रो चरण, Tertiary Stage : उपचार नगरिएको अवस्था मा सिफिलिस यो चरण मा पुग्दछ । भिरिङ्गी को दोस्रो चरण पार गरेका झण्डै १५ प्रतिशत मानिस मा तेस्रो चरण देखिएको छ । यो चरण सिफिलिस को संक्रमण भएको दशौं वर्ष पछि पनि देखिन सक्छ । यो बेला ब्याक्टेरिया ले मुटु, कलेजो, स्नायुतन्तु, हाड, जोर्नी तथा मस्तिष्क सबैतिर असर गर्दछ । पक्षाघात, बिर्सने रोग, अन्धोपन, बहिरोपन, लिङ्ग उत्तेजित नहुने देखि मृत्यु सम्म हुन सक्छ ।

     

    निदान :

    डाक्टर ले तपाईं को यौन इतिहास का सम्बन्ध मा विस्तृत जानकारी लिने छन् । यो रोग को निदान का लागि डाक्टर ले रगत को VDRL test  गराउने छन् । VDRL भनेको Veneral Diseases Research Laboratory हो । यो परीक्षण syphilis (भिरिङ्गी) लागेको छ कि छैन भनी छुट्टयाउन गरिन्छ । यो यौनरोग लाग्दा यसको कारक  Treponema को संक्रमण ले शरीरमा बन्ने प्रतिजैविकी (antibodies) को संख्या हेरेर रोग छ कि छैन भनी छुट्टयाइन्छ । VDRL परीक्षणले संक्रमण को सक्रियता लाई पनि देखाउँछ ।

     

    उपचार :

    सिफिलिस को उपचार भनेको एन्टिबायोटिक को सेवन नै हो । डाक्टर ले बिरामी को अवस्था हेरेर पेनिसिलिन वा अन्य कुनै औषधि दिन सक्ने छन् । सुई बाट दिइने पेनिसिलिन जी भिरिङ्गी का तीनै वटा चरण का लागि उपयोगी सिद्ध भएको छ । साता बिराएर तीन पटक यो सुई लिए पछि यो रोग बाट पूरै आराम मिल्न सक्छ । कोही कोही पेनिसिलिन प्रति संवेदनशील हुन्छन् । तिनीहरु लाई डाक्टर ले अन्य एन्टिबायोटिक चलाउने गर्छन् ।

     

    रोकथाम :

    भिरिङ्गी कहिल्यै नहोस् भन्नका लागि अहिले सम्म कुनै खोप को आविष्कार भएको छैन । यो रोग लाग्नु बाट बच्नु भनेकै असुरक्षित यौन सम्पर्क बाट जोगिनु हो । जो कसैसँग यौन सम्पर्क नराख्नु र चुम्बन नगर्नु नै रोग बाट जोगिने सर्वोत्तम उपाय हो । सामान्यतया एत्तिकै हेरेर कसैमा पनि भिरिङ्गी भए नभएको जान्न सकिन्न । तेसैले नयाँ यौन सम्पर्क मा हुँदा कण्डोम को उपयोग केही हदसम्म प्रभावकारी हुन सक्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper