ब्रोन्काइटिस (Bronchitis)

संपरीक्षक डा. नमराज शर्मा पण्डित, MD, DTCD

    परिचय :

    ब्रोन्काइटिस श्वासप्रश्वास सम्बन्धी बिमारी हो । फोक्सो बाट नाकमुख सम्म सास आउने जाने गर्ने नली लाई ब्रोन्काई (Bronchi) भनिन्छ । तिनै ब्रोन्काईहरु सुन्निने र फुल्ने समस्या लाई ब्रोन्काइटिस का नाम ले जानिन्छ । एस रोग मा सासनली को बाहिरी सतह सुन्निन्छ र सास हिँड्ने बाटो साँघुरो हुन्छ । ब्रोन्काइटिस भएका बिरामीहरु लाई श्वासप्रश्वास मा बाधा हुन्छ र तिनीहरु ले राम्ररी खोकेर सास नली मा भएको श्लेष्मा लाई बाहिर फ्याँक्न पनि सक्दैनन् । यो रोग ब्याक्टेरिया या भाइरस जस्ता जीवाणु या धूलो का कणहरु को कारण ले हुन सक्छ । छोटो अवधि को तर कडा खालको ब्रोन्काइटिस चिसो या भाइरल संक्रमण पछि देखिन्छ । अन्यथा ब्रोन्काइटिस लामो समय सम्म चलिरहने बिमारी हो । यो वातावरणीय प्रभाव वा अन्य रोग का कारण हुने गर्छ । धूमपान गर्नेहरु लाई चिरकालिक ब्रोन्काइटिस हुने सम्भावना हुन्छ ।

     

    लक्षण

    छोटो समय को कडा ब्रोन्काइटिस र लामो समय को जीर्ण ब्रोन्काइटिस दुवै मा देखिने लक्षणहरु उस्तै उस्तै हुन्छन् –

    • निको नहुने खोकी जसमा हल्का पहेंलो रंग को कफ पनि आउँछ ।
    • सास फेर्दा स्याँ स्याँ को आवाज आउनु ।
    • हल्का ज्वरो आउनु तथा कम्प हुनु ।
    • घाँटी भित्र घाऊ हुनु ।
    • जिऊ दुख्नु ।
    • सास नपुगेको जस्तो महसूस हुनु ।
    • टाउको दुख्नु ।
    • नाक तथा साइनस बन्द हुनु ।

     

     

    ब्रोन्काइटिस का प्रकारहरु

    ब्रोन्काइटिस दुई प्रकार का हुन्छन् –

    • एक्यूट ब्रोन्काइटिस । चिसो अथवा कुनै भाइरस को संक्रमण पश्चात् छिटै देखापर्ने र कडा हुने किसिम को ब्रोन्काइटिस । एसमा श्लेष्मायुक्त खोकी, छाती अकडिएको अनुभव सँगै श्वासप्रश्वास छिटो हुने हुन्छ । हलुका ज्वरो पनि आउँछ र यो केही हप्ता मा निको हुन्छ ।
    • क्रोनिक ब्रोन्काइटिस । यो गम्भीर किसिम को लामो समयसम्म रहिरहने ब्रोन्काइटिस हो । एसमा श्लेष्मायुक्त खोकी हरेक वर्ष ३-४ महिनासम्म लागिरहन सक्छ । र यो प्रक्रिया २-३ वर्ष सम्म रहिरहन्छ ।

     

    कारण

    भाइरस वा ब्याक्टेरिया वा धूलो का कारण सासनली को बाहिरी सतह मा एलर्जी उत्पन्न भएर सुन्निएका अवस्थामा ब्रोन्काइटिस हुन्छ । अल्पकालीन र कडा किसिम को ब्रोन्काइटिस प्रायः भाइरस का कारण हुन्छ भने दीर्घकालीन र हत्पति निको नहुने किसिम को ब्रोन्काइटिस धूमपान एवं लामो समयसम्म भोगिरहनु परेको वायुप्रदूषण का कारण हुन्छ ।

     

    कस्तो अवस्था मा डाक्टर लाई भेट्ने ?

    • लामो समय देखि खोकी लागिराखेको छ र खोक्दा बाक्लो कफ आउँछ ।
    • राति राम्ररी सुत्न सकिँदैन ।
    • तीन साता भन्दा लामो समय देखि खोकी चलिरहेको छ ।
    • खोक्दा छाती दुख्छ ।
    • छाती बाट घ्यार् घ्यार् को आवाज आउँछ र सफासँग बोल्न सकिँदैन ।
    • तौल घट्दै गइरहेको छ ।

     

    रोग को निदान

    डाक्टर ले बिरामी का लक्षणहरु हेर्ने छन् । खोकी लाग्दा निस्कने कफ का बारे मा बुझ्ने छन् र निम्न परीक्षणहरु गरेर ब्रोन्काइटिस भए नभएको यकीन गर्ने छन् –

    • रोगी को स्वास्थ सम्बन्धी इतिहास का बारे मा पनि जानकारी लिने ।
    • धूमपान गर्ने नगर्ने बानी का बारे मा बुझ्ने ।
    • स्टेथेस्कोप को सहायता ले सास फेर्दा हुने फोक्सो को आवाज सुन्ने ।
    • कफ को परीक्षण गर्ने ।
    • रगत मा अक्सिजन को स्तर मापन गर्ने ।
    • छाती को एक्स रे ।
    • पीएफटी (Pulmonary Function Test) लिने ।

     

    एस रोग का कारण निम्तिने थप समस्याहरु

    ब्रोन्काइटिस का कारण निम्तिने थप समस्या मा निमोनिया प्रमुख रहेको छ । जब संक्रमण फैलँदै गएर फोक्सो भित्र पुग्छ तब निमोनिया को समस्या देखिन्छ । झण्डै ५ प्रतिशत ब्रोन्काइटिस ले निमोनिया को समस्या निम्त्याउने गर्छन् ।

     

    जोखिम

    ब्रोन्काइटिस का कारण जोखिम मा पर्ने व्यक्तिहरु –

    • वृद्धवृद्धा ।
    • धूमपान गर्ने व्यक्ति ।
    • मुटु, कलेजो तथा मिर्गौला मा समस्या भएका व्यक्तिहरु ।
    • रोग प्रतिरोध क्षमता शक्ति न्यून भएका व्यक्तिहरु ।

     

     

    उपचार

    ब्रोन्काइटिस बाट ग्रसित बिरामीहरु लाई सामान्यतया आराम लिन, मनतातो पानी पिउन र न्यानो आर्द्र कोठा मा बस्न लगाइन्छ । उपचार का अन्य विकल्परहरु मा –

    • खोकी कम गर्ने औषधि को सेवन ।
    • ब्रोन्कोडाइलेटर को प्रयोग ।
    • सुन्निन कम गर्ने औषधि को प्रयोग ।
    • अक्सिजन थेरापी ।
    • एन्टिबायोटिक को प्रयोग ।
    • ह्यूमिडिफायर को प्रयोग ।
    • श्वास्प्रश्वास को अभ्यास ।

     

    बचावट

    ब्रोन्काइटिस लाई रोक्ने कुनै खोप नभए पनि निम्न उपायहरु अवलम्बन गर्नाले आँफूलाई ब्रोन्काइटिस हुन बाट जोगाउन सकिन्छ –

    • यदि धूमपान को आदत छ भने धूमपान छाडिदिने ।
    • धूलो, धुवाँ तथा अन्य वायु प्रदूषण बाट जोगिने ।
    • हात मुख राम्ररी धोएर मात्रै खाना खाने ।
    • निमोनिया को खोप लगाउने ।
    • फ्लू को खोप पाइने स्थान मा फ्लू को भ्याक्सिन लगाउने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper