बिस्तरा मा पिसाब फेर्नु (Bed wetting)

संपरीक्षक डा. परिमल कोइराला MBBS, MD

    परिचय :

    बिस्तरा मा पिसाब फेर्नु हुँदैन भन्ने जान्दा जान्दै पनि राति निदाएका बेला अकस्मात् पिसाब हुनुलाई बिस्तरा मा पिसाब फेर्नु भनिन्छ । बिस्तरा मा पिसाब फेर्नु पनि दुई किसिम को हुन्छ- बाल्यकाल मा र प्रौढावस्था मा । बाल्यावस्था मा पाँच वर्ष सम्म मा प्रायः बालबालिका ले ओछ्यान मा पिसाब फेर्न छाडिसकेका हुन्छन् । तर पाँच वर्ष भन्दा माथी दश एघार वर्ष को हुन्जेल पनि ओछ्यान मा पिसाब फेरेमा तेसलाई एउटा सामान्य समस्या का रूप मा लिइन्छ । तर ठूलो भइसके पछि पनि कसै कसैले बिस्तरा मा पिसाब फेर्ने गर्छन् । यो एक किसिम को जटिल शारीरिक समस्या का कारण हुने गर्छ । हुर्केका बच्चा मा भएको बिस्तरा मा पिसाब फेर्ने समस्या तेति चिन्तनीय नहुन सक्छ जति प्रौढावस्था मा हुन्छ । राति सुतेका बेला बिस्तरा मा पिसाब फेर्ने रोग लाई स्वास्थ्य विज्ञान मा नक्चर्नल इनुरेसिस का नाम ले जानिन्छ ।

    उमेर पुगेका बालबालिका ले बिस्तरा मा पिसाब फेर्नु लाई तेति ठूलो समस्या नमानिने भए पनि विश्वभरि का लाखौं परिवारहरु हरेक रात बालबालिका को एही समस्या बाट पीडित भएको पाइएको छ । बच्चा लाई लिएर अन्यत्र पाहुना हुन जाँदा यो समस्या ले बुबाआमा लाई झन् पिरोल्छ । वयस्क भइसके पछि बिस्तरा मा पिसाब चुहिने समस्या त झन् लज्जाकारक र चिन्तनीय विषय हो ।

     

    कारण

    बिस्तरा मा पिसाब समस्या को कारण लाई पनि दुई भाग मा बाँडेर हेर्नु पर्ने हुन्छ ।

    पहिलो किशोरावस्था नपुगुञ्जेल हुने समस्या

    बच्चाहरु को शरीर विकास कै क्रम मा हुन्छ । जन्मेको केही महिना सम्म त बच्चा ले पिसाब फेर्न सिकेकै हुँदैन । मूत्राशय को मांसपेशी पिसाब भरिनासाथ आफ से आफ खुम्चन्छ र बच्चा ले पिसाब फेर्छ । बच्चा मा बिस्तारै मूत्राशय को मांसपेशी लाई नियन्त्रण गर्ने क्षमता को विकास हुन्छ । तर पनि रात्रि मा स्वप्न भ्रम का कारण बच्चा ले बिस्तरा मा पिसाब फेर्छ । मूत्राशय भरिए पछि शरीर ले पिसाब फाल्न का लागि बच्चा लाई स्वप्न मा कतै बाहिर भएको र बाहिरै पिसाब फेरेको दृश्य देखाउँछ । फलस्वरूप बच्चा ले झुक्किएर बिस्तरा मा पिसाब फेर्छ ।

    दोस्रो वयस्कावस्था मा हुने समस्या

    वयस्क मानिस मा पनि यो समस्या देखिनु को कारण मूत्रथैली वा मूत्र सम्बन्धी अन्य रोग हुन सक्छ । हर्मोन को असन्तुलन पनि वयस्क हुँदा बिस्तरा मा पिसाब हुनु को कारण हुन सक्छ । एडीएच हर्मोन ले मिर्गौला लाई रात्रि मा पिसाब कम बनाउन उत्प्ररित गर्छ । यदि रात्रि मा यो हर्मोन कम उत्पादन भयो भने पनि बिस्तरा मा पिसाब चुहुने सम्भावना हुन्छ । यदि मूत्राशय बढ्ता क्रियाशील भयो भने पनि यो समस्या हुन सक्छ । हामीले पिसाब फेर्न खोज्दा यो खुम्चन्छ तर हामीले पिसाब फेर्न नखोजेका बेला मा पनि यो खुम्चियो भने अनपेक्षित पिसाब हुने हो । केही औषधिहरु पनि यो समस्या का लागि जिम्मेवार हुन सक्छन्।

     

    लक्षण

    एसको कुनै विशेष अन्य लक्षण हुँदैनन् । लक्षण भनेकै रात्रि मा बिस्तरा मा पिसाब फेर्नु हो । वयस्क का हक मा भने यो समस्या जटिल बन्दै जाँदा दिउँसो मा पनि पिसाब चुहुने हुन थाल्छ ।

     

    रोग को निदान

    बच्चाहरु मा एस समस्या को निदान गर्न कुनै परीक्षण को आवश्यकता पर्दैन । तर पनि बच्चा ठूलै होउञ्जेल बिस्तरा मा पिसाब फेरिरहन्छ भने अल्ट्रासाउण्ड गरेर उसको पिसाब को थैली को अवस्था जाँच्न सकिन्छ ।

    वयस्क का हक मा भने डाक्टर ले विभिन्न परीक्षण गरेर अनैच्छिक रूप मा पिसाब चुहुनु का पछाडी रहेको रोग को निदान गर्ने छन् । पिसाब को परीक्षण, पिसाब कल्चर, अल्ट्रासाउण्ड तथा अन्य आवश्यक जाँचहरु गरेर कुन रोग का कारण यो समस्या देखिएको हो सो को निदान गरिन्छ । प्रोस्टेट ग्रन्थी को समस्या का कारण पनि यो समस्या हुन सक्छ । डाक्टर ले पिसाब फेरिसक्दा पनि पिसाब को थैली मा कति पिसाब बाँकी रहन्छ भन्ने जाँच पनि गर्न सक्छन् ।

     

    उपचार

    बिस्तरा मा पिसाब फेर्ने समस्या को उपचार गर्दा पनि एसलाई दुई भाग मै बाँडेर हेरिन्छ ।

    • बच्चाहरु मा यो समस्या उमेर को वृद्धि सँगै हराएर जाने भए पनि कतिपय बच्चाहरु ठूलै भइञ्जेल पनि बिस्तरा मा पिसाब फेर्ने गर्नाले बच्चा स्वयं हीनताबोध को शिकार हुन सक्छ । एसबाट छुटकारा पाउन बच्चा लाई सुत्ने बेला मा पानी वा अन्य तरल पदार्थ कम पिलाउने सुत्नु भन्दा अगाडी पिसाब फेर्ने बानी बसाल्ने क्याफिन भएका पेय पदार्थ पिउन नदिने र बिस्तरा मा पिसाब नफेरेको दिन पुरस्कार दिने गर्नाले यो समस्या बाट धेरै राहत मिल्न सक्छ ।
    • वयस्कहरु मा भएको यो समस्या का पछाडी अन्य शारीरिक बिमारी हुन सक्ने हुँदा डाक्टर को परामर्श मा उपचार गर्नु पर्ने हुन्छ । जुन रोग का कारण यो समस्या देखिएको हुन्छ त्यो रोग को उपचार गरे पछि यो समस्या स्वतः निर्मूल भएर जान्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper