बाथ मुटुरोग (Rheumatic Heart Disease)

संपरीक्षक डा. नारायण बहादुर बस्नेत, MBBS, Ph.D.

    परिचय :

    पटक पटक र लामो समय सम्म बाथज्वरो भइरह्यो भने एसबाट मुटु मा समेत नराम्रो असर पर्न सक्छ । मुटु को धुकधुकी कडा र छिटो हुने, हातगोडा का जोर्नीहरु दुख्ने र सुन्निने, मन्द ज्वरो आइरहने र सामान्य औषधि ले नियन्त्रण नहुने भएमा र तेसबाट मुटुका भल्भ मा क्षति पुगेमा तेसलाई बाथ मुटुरोग भएको भनिन्छ । बाथज्वरो बाट प्रभावित मानिसहरु मा यो रोग देखिने भएकाले यो पनि प्रायः गरेर ५ वर्ष देखि माथीका र १७ वर्ष मुनिका किशोरहरु मा बढ्ता देखिन्छ । लामो समय देखि घाँटी मा भएको स्ट्रेप्टोकोकस नामक समूह का ब्याक्टेरिया को संक्रमण का कारण यो रोग देखा पर्छ । विकसित मुलुक मा यो समस्या विरलै देखिने भए पनि नेपाल जस्ता विकासोन्मुख मुलुकहरु मा यो एक आम समस्या बनेको छ ।

    माइट्रल तथा एओर्टिक भल्भ बाथ मुटुरोग का कारण बढ्ता क्षति हुने भल्भहरु हुन् । एसरी क्षति हुँदा या त भल्भ राम्रो सित बन्द नहुने बन्छन् या साँघुरा बन्छन् । यदि भल्भ राम्रो सँग बन्द नहुने भयो भने रगत फर्कने अर्थात् रिगर्जिटेशन हुने सम्भावना हुन्छ र भल्भ साँघुरिए भने रगत तान्न वा बाहिर हुत्याउन मुटुलाई बढ्ता परिश्रम गर्नुपर्ने हुन्छ । जसले गर्दा मुटुको चाल कडा हुँदै जान्छ । बाथज्वरो को समय मै उपचार गरिएन भने बाथ मुटुरोग हुने सम्भावना हुन्छ ।

     

    लक्षणहरु

    स्ट्रेप्टोकोकस समूह का ब्याक्टेरिया को संक्रमण भएको दुई हप्ता बिते पछि बाथज्वरो का लक्षणहरु देखिन्छन् भने बाथज्वरो भएको केही महिना वा वर्ष बिते पछि बाथ मुटुरोग का लक्षणहरु देखिन्छन् । बाथ मुटुरोग का लक्षणहरु छिटो वा ढिलो देखिनु का पछाडी संक्रमण को तिब्रता, बिरामी को शारीरिक अवस्था, खानपान र बाह्य सरसफाई मा भर पर्दछ ।

    • बाथज्वरो कै कारण बाथ मुटुरोग हुने भएकाले बाथ मुटुरोग मा पनि बाथज्वरो का सम्पूर्ण लक्षणहरु देखिन्छन् । जस्तो कि घाँटी दुख्ने, जोर्नीहरु दुख्ने, जोर्नीहरु सुन्निने ज्वरो आउने आदि ।
    • मुटुका भल्भहरु पनि स्ट्रेप्टोकोकस समूहका ब्याक्टेरिया द्वारा संक्रमित हुने हुँदा मुटु सुन्निने, छाती गरुंगो हुने र छाती को देब्रे भाग हलुका दुख्ने हुन्छ ।
    • छाला मा छोटो समय सम्म रहने खाल का चालाहरु देखा पर्ने सम्भावना पनि हुन्छ ।

     

    रोग को निदान

    शुरु मा त डाक्टर ले बिरामी लाई स्ट्रेप्टोकोकस समूह का ब्याक्टेरिया को संक्रमण भएको छ कि छैन पत्ता लगाउने प्रयास गर्छन् । यसका लागि रगत को परीक्षण गरेर तेसमा स्ट्रेप्टोकोकस का एन्टीबडी भए नभएको जाँच गर्ने छन् । तत्काल नदेखिएको भए पनि डाक्टर ले बिरामी लाई हुने गरेका पुराना समस्याहरु का बारे मा बुझ्ने छन् । पैला पैला घाँटी दुख्ने गरे नगरेको शरीर का विभिन्न ज्वाइन्टहरु सुन्निने र दुख्ने गरे नगरेको आदि लाई लक्षण लाई रोग को निदान मा सहयोगी का रुप मा लिने छन् । तेसपछि निम्न जाँचहरु गरेर निष्कर्ष मा पुग्न सक्छन्-

    • स्टेथेस्कोप को सहायता ले मुटु को धड्कन को जाँच गरी रिगर्जिटेशन भए नभएको पत्ता लगाउने छन्।
    • छाती को एक्स रे जाँच गरेर मुटुको साइज ठूलो भए नभएको पत्ता लगाउने छन् । सँगसँगै मुटु वा फोक्सो मा पानी जमे नजमेको पनि आँकलन गर्ने छन् ।
    • इकोकार्डियोग्राम गरेर मुटु को आकार भल्भहरु को अवस्था आदि पत्ता लगाउने छन् ।

    उपचार

    • स्ट्रेप्टोकोक्कस समूह का ब्याक्टेरिया को संक्रमण बाट बाथ मुटुरोग हुने भएकाले डाक्टर ले निश्चित समयावधि मा एन्टीबायोटिक को प्रयोग गर्न सक्छन् ।
    • यो रोग मा मुटु सुन्निने तथा फोक्सो मा पानी जम्न सक्ने हुँदा मुटु तथा फोक्सो मा जमेको पानी हटाउन का लागि मुटु को अवस्था हेरेर पिसाब लगाउने दबाई दिन सकिन्छ ।
    • बाथ मुटुरोग का कारण माइट्रल तथा एओर्टिक भल्भ दुवै वा कुनै एक क्षतिग्रस्त भइसकेका रहेछन् भने तिनलाई एन्जिओप्लाष्टी वा भल्भोप्लाष्टी गरेर वा ओपन हर्ट सर्जरी द्वारा मर्मत गर्न सकिन्छ ।
    • भल्भ बिग्रँदा दुई किसिम ले बिग्रने देखिएको छ । एक त भल्भ राम्रो सँग बन्द नहुने र बाहिर फ्याँकेको रगत को केही प्रतिशत पुनः फर्कने र अर्को भल्भ साँघुरिँदै जाने मुटुलाई रगत फाल्न बढ्ता दबाब दिनुपर्ने । एस्तोमा यदि भल्भ लाई मर्मत गरेर पनि मिलाउन सकिने अवस्था रहेनछ भने तिनलाई झिकी तिनका ठाउँ मा प्लाष्टिक वा मेटलिक वा जैविक भल्भ को प्रत्यारोपण गर्न सकिन्छ।
    • एसरी उपचार भइसके पछि पनि बिरामी लाई केही दिन को अन्तराल मा एन्टिबायोटिक लिने सल्लाह दिइन्छ ।

     

    रोकथाम

    • बच्चा अवस्था देखि नै घाँटी दुख्ने, टन्सिल सुन्निने जस्ता समस्या पर्दा समय मै राम्रो उपचार गर्न सकियो भने पछि गएर तेसले बाथ मुटुरोग को रुप लिने सम्भावना हुँदैन ।
    • गिँजा सुन्निने दाँत दुख्ने र दाँत का अन्य समस्या मा पनि समय मै डाक्टर लाई देखाएर उपचार गराइहाल्नु पर्छ जसले गर्दा मुख वरिपरि ब्याक्टेरियल सङ्क्रमण हुन पाउँदैन ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper