बाँझोपन (Infertility)

संपरीक्षक डा. संगीता बराल, MBBS, Ph.D., यौनरोग विशेषज्ञ

     

    परिचय :

    यदि पुरुष वा महिला मा बच्चा जन्माउने क्षमता मा कमी भयो भने तेसलाई बाँझोपन भएको वा प्रजनन क्षमता को कमी का रुप मा लिइन्छ । असुरक्षित रुप मा वर्ष दिन सम्म यौन सम्बन्ध राख्दा पनि महिला ले गर्भधारण गरेनन् भने तेसलाई बाँझोपन भएको मानिन्छ । बाँझोपन दुई प्रकार का हुन्छन्- प्राथमिक र माध्यमिक ।

    यदि दम्पत्ति शुरु देखि नै गर्भधारण गर्नमा असफल भएका छन् भने तेसलाई प्राथमिक बाँझोपन भनिन्छ भने यदि दम्पत्ति ले शुरु मा गर्भधारण गरेको भए पनि पछि गएर गर्भधारण गर्न असफल भएका छन् भने तेसलाई माध्यमिक बाँझोपन भनिन्छ । बाँझोपन भएका दम्पत्ति मध्ये धेरैजसो मा प्राथमिक बाँझोपन देखिने गरेको छ ।

     

    बाँझोपन को कारण :

    बाँझोपन को कारण महिला मात्रै हुँदैनन् । पुरुष पनि बाँझोपन का लागि दोषी हुन सक्छ । हाम्रो गाउँघर मा सन्तान भएनन् भने प्रायः महिला लाई दोष दिने चलन अज्ञानता को द्योतक हो । बाँझोपन स्त्री वा पुरुष मध्ये जसमा पनि हुन सक्ने हुँदा तेसलाई अलग अलग हेर्नु वेश हुन्छ-

    • महिला बाँझोपन का कारण :
    1. यौन सञ्चारित संक्रमण का कारण यदि फेलोपियन ट्यूब मा क्षति पुग्यो भने महिला मा बाँझोपन देखिन सक्छ ।
    2. महिला मा यदि हर्मोन को असन्तुलन भयो भने पनि गर्भधारण गर्न समस्या पैदा हुन्छ र बाँझोपन देखिन सक्छ ।
    3. पोलिसिस्टिक ओभरी सिन्ड्रोम (PCOS) पनि महिला मा बाँझोपन ल्याउने एक कारक तत्त्व हो ।
    4. गर्भाशय को असामान्य संरचना का कारण पनि महिला मा गर्भधारण नहुन सक्छ ।
    5. गर्भाशय को मुख जसलाई ग्रीवा भनिन्छ संकुचित हुनु वा रोगग्रस्त हुनु पनि बाँझोपन को कारण हुन सक्छ । ग्रीवा को बाटो भएर शुक्रकीट महिला को पाठेघर मा प्रवेश गर्ने हुन् ।
    • पुरुष मा हुने बाँझोपन का कारण :
    1. पुरुष मा हुने बाँझोपन को प्रमुख कारण भनेको वीर्य मा शुक्रकीट को कमी हुनु हो । यदि वीर्य मा शुक्रकीट को संख्या २ करोड भन्दा कमी रहेछ भने तेसलाई पुरुष बाँझोपन को कारण मान्न सकिन्छ ।
    2. शुक्राणु को गतिशिलता मा कमी भयो भने पनि ती उचित समय भित्र डिम्ब भएका ठाउँ मा पुग्न सक्दैनन् र डिम्ब निषेचित हुन पाउँदैन । डिम्ब निषेचित भएन भने महिला मा गर्भ रहँदैन ।
    3. वीर्य मा भएका शुक्रकीट मध्ये कतिपय अत्यन्त साना र कतिपय अत्यन्त ठूला हुन्छन् । यदि शुक्रकीट को आकार असामान्य भयो भने पनि डिम्ब निषेचन हुनुमा कठिनाई हुन्छ। गर्भधारण का लागि ६० प्रतिशत भन्दा बढी शुक्राणुहरु सामान्य आकार का हुनु आवश्यक मानिन्छ ।
    4. यदि पुरुष को शुक्रवाहिनी नली खुम्चिएको छ वा सानो छ भने पनि वीर्य मा यथेष्ट मात्रा मा शुक्रकीट नहुन सक्छन् र महिला मा गर्भ नरहन सक्छ ।

     

    बाँझोपन को निदान कसरी गरिन्छ ?

    यदि कुनै दम्पत्ति ले विवाह गरेको केही वर्ष सम्म बच्चा पाउने अभिप्राय मा सँगै बस्दा पनि बच्चा पाउन सकेनन् भने तेसले उनीहरु मध्ये कुनै एक मा बाँझोपन भएको तर्फ संकेत गर्दछ । विरलै अवस्था मा मात्रै दुवै मा बाँझोपन भएको हुने सम्भावना हुन्छ । बाँझोपन का लागि को जिम्मेवार हो भन्ने थाहा पाउन डाक्टर ले दुवै लाई अलग अलग किसिम ले परीक्षण गर्नुपर्ने हुन्छ ।

    • महिलाहरु मा बाँझोपन को परीक्षण : महिलाहरु मा बाँझोपन हुनुका कारणहरु पत्ता लगाउन अनेक परीक्षण गरिन्छन्-
      1. पारिवारिक इतिहास र महिला को विगत मा यौन संक्रमण को जानकारी लिइन्छ । कतै कुनै संक्रमण का कारण फेलोपियन ट्यूब अर्थात् डिम्बबाहिनी नली संकुचित छ कि भन्ने पत्ता लगाइन्छ ।
      2. योनि को ग्रीवा को जाँच गरेर ग्रीवा संकुचित भए नभएको पत्ता लगाइन्छ ।
      3. हिस्टेरोसलपिंगोग्राफी नामक विशेष प्रकार को एक्स रे गरेर महिला को गर्भाशय, डिम्बबाहिनी नली आदि को अवस्था पत्ता लगाइन्छ ।
      4. डिम्ब को गुणवत्ता तथा मात्रा जाँच गर्ने विधि को उपयोग गर्न सकिन्छ ।
      5. हर्मोन को स्तर मापन गरेर महिला मा भएको हर्मोन को अवस्थित पत्ता लगाइन्छ ।
    • पुरुषहरु मा बाँझोपन को परीक्षण : पुरुष मा बाँझोपन हुनुका पछाडी अनेक कारण हुन सक्छन् जसलाई अलग अलग परीक्षण बाट पत्ता लगाइन्छ ।
      1. पारिवारिक इतिहास र पुरुष को विगत मा यौन संक्रमण को जानकारी लिइन्छ ।
      2. वीर्य को विश्लेषण गरी शुक्राणु को संख्या कति छ र शुक्राणु को आकार सामान्य छ छैन भन्ने पत्ता लगाइन्छ ।
      3. अण्डकोष थैली को अल्ट्रासाउण्ड गरेर शुक्रवाहिनी नली को अवस्था पत्ता लगाइन्छ ।
      4. हर्मोन परीक्षण । शुक्राणु उत्पादन का लागि आवश्यक टेस्टोस्टेरोन हर्मोन तथा अन्य हर्मोन को स्तर मापन गरी पुरुष मा बाँझोपन हुनुको कारण पत्ता लगाउने कोशिश गरिन्छ ।

      

    बाँझोपन को उपचार :

    • खानपान मा ध्यान दिनु : प्रजनन क्षमता बढाउने खालको आहार लिनु लाभदायी हुन्छ ।
    • व्यायाम तथा आसन : महिला को संकुचित ग्रीवा लाई सामान्य बनाउन केही व्यायाम तथा आसन उपयोगी हुने देखिएको छ ।
    • तनाव बाट मुक्ति : बाँझोपन बाट मुक्ति का लागि तनाव बाट मुक्त हुने दिशा मा लाग्नु पर्छ ।
    • औषधि को प्रयोग : पुरुष वा महिला मा हुने बाँझोपन का पछाडी कुनै संक्रमण रहेछ भने तेसको उपचार का लागि एन्टीबायोटिक वा अन्य औषधि को प्रयोग अपरिहार्य हुन्छ ।
    • हर्मोन द्वारा उपचार : हर्मोन प्रतिस्थापन वा हर्मोन को सन्तुलन मिलाउने औषधि को प्रयोग ले पनि पुरुष वा महिला दुवै मा लाभदायी हुन सक्छ ।
    • सहायक प्रजनन प्रविधि (ART) को प्रयोग : एसमा महिला को योनि भित्र सिरिन्ज को सहायता ले पुरुष वीर्य पठाइन्छ ।
    • शल्यक्रिया : पुरुष को शुक्रवाहिनी नली मा भएको समस्या र महिला को पाठेघर तथा पाठेघर को मुख ग्रीवा मा भएको समस्या लाई उपचार गर्न शल्यक्रिया को पनि सहायता लिन सकिन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper