प्रसूति (Delivery)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    जब गर्भवती महिला ले बच्चा जन्माउँछिन् तेसलाई हामी प्रसूति वा सुत्केरी भएको भन्छौं । बच्चा जन्माउने बेला हुने शारीरिक परिवर्तन लाई प्रसूति वा सुत्केरी बेथा लागेको भनेर बुझ्दछौं । बच्चा जन्माउने क्रिया अर्थात् प्रसूति लाई सामान्य रूप मा लिनु हुँदैन । पहिले पहिले गाउँघर मा बिना दक्ष प्रसूतिकर्मी घर मै बच्चा जन्माउने गरिन्थ्यो र त्यो बेला शिशु तथा मातृ मृत्यु दर चर्को थियो । तर अचेल प्रायः सबै नागरिक सचेत भएको अवस्था मा प्रसूति बेथा लाग्दा अस्पताल वा हेल्थ पोष्ट लैजान सकिने सुविधा बनिसकेको छ । एस्तोमा समय मै गर्भवती महिला लाई अस्पताल वा हेल्थ पोष्ट लगेर असुरक्षित प्रसूति को खतरा बाट जोगाउन सकिन्छ ।

    सुत्केरी हुनु वा प्रसूति हुनु भनेको महिला को अत्यन्त जोखिम र संवेदनशील अवस्था हो । एस्तो अवस्था मा उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ भने महिला लाई पूर्ण आराम र रेखदेख को व्यवस्था गर्नु पर्ने हुन्छ ।

    साधारणतया अन्तिम महिनाबारी को पहिलो दिन बाट ९ महिना ७ दिन जोडेर बच्चा जन्माउने दिन अडकल गर्न सकिन्छ । तेही दिन वा त्यो दिन को १० दिन वरिपरि पर्ने दिन मा बच्चा जन्मन सक्छ ।

    यो कुनै रोग नभए पनि यो बेला मा चिकित्सक को सल्लाह अति आवश्यक हुन्छ ।

     

    लक्षण

    प्रसूति का बेला देखिने लक्षणहरु लाई दुई प्रकार मा बाँड्न सकिन्छ । एउटा स्वाभाविक र अर्को अस्वाभाविक । स्वाभाविक लक्षण देखिनु प्रसूति खतरामुक्त रहेको संकेत हो भने अस्वाभाविक लक्षण देखिनु प्रसूति मा खतरा को संकेत हो ।

    स्वाभाविक लक्षण

    प्रसूति हरेक परिवार का लागि ठूलो खुशी को क्षण सँगै महिला का लागि केही डर, केही उत्सुकता र केही छटपटी को समय हो । गर्भवती आमा ले आफू लाई नानी पाउने बेथा लागेको नभनेसम्म अरु सदस्य ले थाहा पाउँदैनन् । गर्भवती आमा लाई पहिलो प्रसूति रहेछ भने बेथा लाग्दा कस्ता लक्षण हुन्छन् थाहा नहुन सक्छ । तेसैले सबैले निम्न लक्षण का बारे मा जानकार हुनु आवश्यक छ –

    • प्रसव हुनु भन्दा एक हप्ता अगाडी देखि नै बच्चा को टाउको तल तिर सर्न थाल्छ । एसको अनुभव गर्भवती महिला लाई हुन सक्छ । उनलाई पेट केही तल झरे जस्तो महसूस हुन्छ ।
    • बच्चा बसिरहेको ठाउँ फुटेर पानी बग्न थाल्यो भने छिटै नै बच्चा जन्मँदै छ भन्ने जाने हुन्छ । त्यो पानी लाई एम्नियोटिक फ्ल्यूड भनिन्छ । योनी बाट पानी खस्ने बित्तिकै नजीक को स्वास्थ्य संस्था वा अस्पताल पुग्ने व्यवस्था मिलाइहाल्नु पर्छ ।
    • बच्चा जन्मिनु पूर्व योनी को मुख फैलन थाल्छ र ठूलो हुँदै जान्छ । यो कुरा पनि सुत्केरी हुने महिला ले महसूस गर्न सक्छिन् । चिकित्सक वा प्रसूतिकर्मी ले पनि सुत्केरी गराउनु पूर्व योनीद्वार खुले नखुलेको हेर्ने गर्दछन् ।
    • कम्मर दुख्ने प्रक्रिया बेला बेला मा रोकिने र बढ्ने भइरहन्छ । कम्मर र पछाडी को ढाड एक्कारी दुख्ने र फेरि एकछिन का लागि रोकिने हुन्छ । एसको अर्थ हो बच्चा जन्मिन का लागि आवश्यक पर्ने मांसपेशीहरु तयार भइरहेका छन् ।
    • प्रसूति को अन्तिम समय मा रुन मन लाग्ने वा कसैको साथ हुन मन लाग्ने हुन्छ । कोही कोही चिच्याएरै रुन्छन् ।

    अस्वाभाविक लक्षण

    प्रसूति का बेला यदि निम्न लक्षण देखिए भने बच्चा पाउने आमा तथा जन्मने बच्चा लाई खतरा हुने भएकाले घर मै सुत्केरी गराउनु भन्दा अस्पताल वा हेल्थपोष्ट मा दक्ष चिकित्सक को निगरानी मा सुत्केरी गराउनु उचित हुन्छ । नेपाल सरकार ले स्वास्थ्य संस्था मा प्रसूति सेवा निःशुल्क गरेको छ । नवजात शिशु को निःशुल्क उपचार को व्यवस्था पनि सरकार ले गरेको हुँदा आर्थिक व्ययभार को चिन्ता लिनु पर्दैन । प्रसूति का बेला हुने खतरा का लक्षण एस प्रकार छन् –

    • बच्चा जन्माउने बेला अत्यधिक रक्तस्राव हुनु ।
    • एक घण्टा भन्दा बढी प्रसूति बेथा लाग्नु ।
    • कम्पन हुनु वा मूर्च्छा हुनु ।
    • बेस्सरी टाउको दुख्नु ।
    • आँखा धमिलो देखिनु ।
    • बच्चा जन्मिँदा शुरु मा टाउको ननिस्किएर हात खुट्टा निस्कनु ।
    • नाल पहिला निस्कनु ।
    • साल अड्कनु ।
    • पाठेघर खस्नु ।

     

    सुत्केरी को सेवा

    १.       सुत्केरी अवस्था मा कम्ती मा पनि ३ पटक अनिवार्य सुत्केरी जाँच गराउनु पर्छ । सुत्केरी जाँच गराउँदा पहिलो पटक २४ घण्टा भित्र दोस्रो पटक ३ दिन मा र तेस्रो पटक ७ दिन मा गराउनु पर्छ ।

    २.       सुत्केरी अवस्था मा साबिक भन्दा कम्ती मा थप २ पटक पोषणयुक्त खाना खान दिनु पर्छ । एसले आमा लाई चाँडो सामान्य हुन सहयोग मिल्छ भने शिशु को विकास राम्रो हुन्छ ।

    ३.       सरसफाई मा अत्यधिक ध्यान दिनु पर्छ । जसले गर्दा आमा तथा शिशु लाई संक्रमण हुनु बाट जोगाउँछ ।

    ४.       सुत्केरी भएको केही दिन सम्म गह्रौं भारी उचाल्नु हुँदैन । एसले पाठेघर खस्ने खतरा निम्तिन सक्छ । एसलाई हामी सामान्य बोलीचाली को भाषा मा आङ खस्नु भन्छौं ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper