पोलियो (Polio Infection)

संपरीक्षक डा. परिमल कोइराला, MBBS, M.D.

    परिचय :

    पोलियो भन्नासाथ हामी बालकहरु लाई खुवाइने पोलियो थोपा भन्ने सम्झन्छौं । वास्तव मा पोलियो नहोस् भनेर खुवाइने औषधि लाई नै हामीले पोलियो भनेका हौं । पोलियो रोग पोलियो भाइरस बाट हुने एक प्रकार को गम्भीर सरुवा रोग हो । यो पोलियो नामक भाइरस का कारण हुने गर्छ । पोलियो विषाणु ले मुख्यतयाः साना बालबालिका लाई संक्रमित पार्ने गर्छ । हुनतः गत केही वर्ष देखि नेपाल मा पोलियो को प्रकोप देखिएको छैन । यो रोग नदेखिनुका पछाडी को मुख्य कारक भनेको तेसका विरुद्ध मा लगाइँदै आएको नियमित खोप हो । रोग देखिएको छैन भनेर आफ्ना बालबच्चा लाई पोलियो को थोपा खुवाउन छाड्नु हुँदैन । किनभने यो रोग लागिसके पछि एसको प्रभावकारी उपचार छैन ।

    विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्व मा एकजना बालबालिका पनि एस रोग ले संक्रमित रहेसम्म हरेक मुलुक का बालबालिका एसबाट प्रभावित हुने सम्भावना रहिरहन्छ । डब्लूएचओ कै तथ्यांक का अनुसार विश्वभरि १ करोड भन्दा धेरै व्यक्ति कुनै न कुनै प्रकार ले पोलियो का कारण विकलांगता ले ग्रस्त छन् ।

     

    लक्षण

    पोलियो भाइरस मानव शरीर मा मुख को माध्यम ले प्रवेश गर्छ अनि आन्द्रा मा गएर तेसले आफ्नो संख्या बढाउन थाल्छ । पोलियो भाइरस को संख्या यथेष्ट पुगे पछि निम्न लक्षणहरु देखिन थाल्छन् –

    • ज्वरो आउनु ।
    • रुघाखोकी लाग्नु ।
    • टाउको दुख्नु ।
    • अत्यधिक थकाई लाग्नु ।
    • पेट दुख्नु तथा बान्ता हुनु ।
    • घाँटी अररो हुनु ।
    • खुट्टा दुख्नु ।

    पोलियो ले बालबालिका मा अनेक किसिम का शारीरिक समस्या ल्याउन सक्छ । केही बालबालिका मा एसले लुलो पक्षाघात गराई अपाङ्ग पनि गराउँछ भने कहिलेकाहीं बालबालिका को मृत्यु समेत हुन सक्छ ।

     

    कारण

    एसको मुख्य कारक भनेको पोलियो नामक भाइरस नै हो । पोलियो को भाइरस घाँटी र आन्द्रा मा हुन्छ र यो सामान्यतः एक व्यक्ति बाट अर्कोमा संक्रमित व्यक्ति को दिसा बाट फैलन्छ । सिँगान, थुक र रियाल बाट पनि यो रोग फैलन सक्छ । सामान्यतया यो रोग ससाना बालबालिका लाई लाग्ने गर्छ जसको प्रतिरोध क्षमता शक्ति को राम्रो विकास भइसकेको हुँदैन । जुन बालबालिका लाई टन्सिल को अपरेशन गराउनु परेको हुन्छ तिनलाई पनि पोलियो हुने खतरा अरु बढेर जान्छ । जन्मे देखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो थोपा पूरा मात्रा मा नखाएका बालबालिका एस रोग को उच्च जोखिम मा हुन्छन् ।

     

    पोलियो को उपचार तथा रोकथाम

    पोलियो रोग लागे पछि एसको उपचार सम्भव छैन । तेसैले यो रोग लाग्नै नदिनका लागि आवश्यक सतर्कता अपनाउनु उचित हुन्छ । पोलियो रोग का विरुद्ध तालिका अनुसार पोलियो थोपा खुवाउनु नै एसको रोकथाम को मुख्य उपाय हो । सुई दिनु सँगै पोलियो थोपा खुवाउनु पनि एक प्रकार को खोप नै हो ।

     

    नेपालमा पोलियो रोग बिरुद्ध दुई किसिम का खोपहरु उपलब्ध छन् –
    (१) ओ.पि.भि
    यो मुखबाट खुवाइने पोलियो रोग विरुद्धको खोप हो । नियमित खोप कार्यक्रम मार्फत पोलियो थोपा बच्चा जन्मेको ६,१० र १४ हप्ता मा जम्मा ३ पटक दिनुपर्छ । एस अतिरिक्त ५ वर्ष मुनि का बालबालिका लाई हरेक पोलियो खोप अभियान मा पोलियो का दुई थोपा खुवाउन बिर्सनु हुँदैन ।
    (२) एफ.आई.पि.भी 
    एफ.आई.पी.भी खोप ६ र १४ हप्ता को उमेर मा सुई को माध्यम बाट दिइने खोप हो यो खोप मुख बाट खुवाउने पोलियो खोप को अतिरिक्त दुई पटक दिनुपर्छ । एफ.आई.पी.भी ले पोलियो रोग विरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper